Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • मुख्यमन्त्रीको कारखाना बन्दै संघीयता
मुख्यमन्त्रीको कारखाना बन्दै संघीयता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

काठमाडौं– राजनीतिक दाउपेचका कारण संघीयता मुख्यमन्त्री उत्पादन गर्ने कारखाना बनेको छ । पछिल्लो निर्वाचन सम्पन्न भएको १६ महिना नपुग्दै प्रदेश सरकार परिवर्तनमा ‘रेकर्ड’ नै कायम भएपछि संघीयता मुख्यमन्त्रीको कारखाना बनेको हो । अघिल्लो निर्वाचनमा पाँच वर्षमा १४ मुख्यमन्त्री बन्दा यसपटक १६ महिनामै १५ जना मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

अझ सरकारको नेतृत्व त १७ पटक नै परिवर्तन भइसकेको छ । कर्णाली र सुदूरपश्चिमको प्रदेशको नेतृत्व कसले लिने भन्ने विषय अझै निश्चित भइसकेको छैन । अझ कोशीमा के हुने हो अझै अन्योल छ ।

कोशी प्रदेशसभाले यो अवधिमा पाँचवटा सरकार बनाइसकेको छ । सुरुमा पुस २४ गते हिक्मत कार्कीको नेतृत्वमा कोशी सरकार गठन भएको थियो । असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री त बने तर ९३ सदस्यीय प्रदेशसभा सदस्यमध्ये आवश्यक ४७ सांसद नभएपछि सभामुख बाबुराम गौतमकोसमेत समर्थन लिए ।

सर्वोच्च अदालते सभामुखको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक ठहर गरेपछि थापा ११ साउनमा पदमुक्त भए । त्यसपछि सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गरायो र माओवादी सांसदको हैसियतमा समर्थन गरेपछि १६ साउनमा फेरि थापा नै दोस्रोपटक मुख्यमन्त्री बने ।

Hardik health

प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गरे पनि थापाले प्रदेशसभामा विश्वासको मत लिने बेलामा पुनः सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरे । त्यसलाई पनि सर्वोच्चले असंवैधानिक भनेपछि २१ भदौमा थापा पुनः दोस्रोपटक पनि पदमुक्त भए ।
त्यसपछि सर्वोच्चको आदेशअनुसार नै प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा एमालेका हिक्मत कार्की २२ भदौमा मुख्यमन्त्री नियुक्त भए । विश्वासको मत पाउने सम्भावना नदेखेपछि कार्कीले २० असोजमा राजीनामा दिए ।

२७ असोजमा कांग्रेस नेता डा. शेखर कोइराला पक्षका आठ जना र एमालेका सांसदहरुको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बने । संविधानको धारा १६८ (५) अनुसार विश्वासको मत पाउने आधार पेस गर्ने प्रदेशसभा सदस्यको रुपमा कार्की मुख्यमन्त्री बनेका थिए, जुन प्रदेशसभामा सरकार गठनको अन्तिम विकल्प पनि हो । 

मधेस प्रदेशमा जनता समाजवादीका सरोजमोहन यादव र बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नै मुख्यमन्त्री छन् । मधेस र बागमतीमा भने यो अवधिसम्म मन्त्रीहरु मात्र फेरबदल भए । यता गण्डकीमा तीन वटा सरकार बन्दा मुख्यमन्त्री भने दुई जना बनेका छन् । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी आइतबार दोस्रोपटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । अधिकारी यसअघि २०७९ पुस २५ देखि २०८० वैशाख १४ सम्म मुख्यमन्त्री थिए । त्यतिबेला उनी एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि राजनीतिक घटनाक्रमले माओवादी कांग्रेससँग मिल्दा अधिकारीको सरकार ढलेको थियो ।

कांग्रेसले सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाएको थियो । बहुमत पु¥याउन नसकेपछि पाण्डेले केही दिनअघि राजीनामा दिएका थिए । यहाँ पनि मन्त्रीहरु थुप्रै फेरबदल भइसकेका छन् । पाण्डे अदालत गएमा यहाँ कोशी प्रकरण दोहोरिन सक्छ ।लुम्बिनीले यो अवधिमा तीन जना मुख्यमन्त्री पाएको छ । सुरुमा एमालेका लीला गिरी मुख्यमन्त्री बनेका थिए । पछि संघीय गठबन्धनमा कांग्रेसको प्रवेशपछि डिल्ली चौधरी मुख्यमन्त्री बने । अहिले चौधरीले राजीनामा दिएसँगै माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन् ।

कर्णालीमा माओवादीका राजकुमार शर्माले राजीनामा दिएर एमालेका यमलाल कँडेल मुख्यमन्त्री बन्ने तयारीमा छन् । आन्तरिक सहमति जुट्दा यमलालको नियुक्ति रोकिएको छ ।सुदूरपश्चिममा पनि सरकार अन्योलको अवस्थामा छ । सुरुमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । पछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बने । नागरिक उन्मुक्तिको सहयोगमा सरकार टिकाउने प्रयास जारी राखे पनि नसकेपछि शाहले राजीनामा दिइसकेका छन् । नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख नजिर मियाँले शुक्रबार १० दिनको समय तोकेका छन् । अघिल्लो निर्वाचनमा पाँच वर्षमा २३० जना मन्त्री बनेका थिए । यसपटक मन्त्रीको रेकर्ड अघिल्लोपटक भन्दा बढ्ने देखिन्छ ।

को–को बने मुख्यमन्त्री ?

mantriharu-2074-89-1712538475.jpg
 


 


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP