Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध
मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

क्विटो - क्विटोस्थित दूतावासमा प्रहरी आक्रमणपछि मेक्सिकोले  इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोडेकाे छ ।  भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चालेका हुन्  । 

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका जर्ज ग्लासलाई गिरफ्तार गर्नका लागि इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेपछि राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले शुक्रबार साँझ इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरे । 

घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास सम्भवतः इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुन् र इक्वेडरका अधिकारीहरूले अहिले पनि उहाँविरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन् । इक्वेडरको राजधानीमा मेक्सिकाली कूटनीतिक मुख्यालयबाहिर ढोका फोरेर ग्लासलाई लिन प्रहरी मुख्य आँगनमा प्रवेश गरेको थियो । 

“यो सम्भव छैन, यस्तो हुन सक्तैन, यो पागलपन हो”, क्विटोमा मेक्सिकाली कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई भने, “उनीहरूले ग्लासलाई मार्न सक्छन् भनेर म अत्यन्त चिन्तित छु, यस्तो गर्ने कुनै आधार छैन, यो सम्पूर्णरूपमा मानकभन्दा बाहिर छ ।”

Hardik health

आफ्नो फैसलाको बचाउ गर्दै इक्वेडरका राष्ट्रपतिले एक विज्ञप्तिमा भने, “इक्वेडर एक सार्वभौम राष्ट्र हो र हामी कुनै पनि अपराधीलाई स्वतन्त्र रहन अनुमति दिने छैनौँ ।”  मेक्सिकाली राष्ट्रपति लोपेज ओब्रेडोरले ग्लासको हिरासतलाई ‘तानाशाही कार्य’ र ‘अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको घोर उल्लङ्घन’ भन्दै जवाफ फर्काए । 

मेक्सिकोको विदेश सम्बन्ध सचिव एलिसिया बार्सेनाले सामाजिक सञ्जाल एक्समा प्रहरी दूतावास प्रवेश गर्ने क्रममा धेरै कूटनीतिज्ञलाई चोट लागेको भन्दै यसले कूटनीतिक सम्बन्धमा भियना महासन्धिको उल्लङ्घन गरेको बताए । 

भियना महासन्धिअन्तर्गत कूटनीतिक परिसरहरू ‘अभेद्य’ मानिन्छन् र स्थानीय कानून प्रवर्तन एजेन्सीलाई राजदूतको अनुमतिबिना कूटनीतिक परिसरमा प्रवेश गर्ने अनुमति छैन । विकिलिक्सका संस्थापक जुलियन असान्जे सात वर्षसम्म लन्डनस्थित इक्वेडरको दूतावासभित्र बस्नुभएको छ । त्यसैले बेलायती प्रहरी उहाँलाई पक्राउ गर्न दूतावासभित्र प्रवेश गर्न सकेन । 

बार्सेनाले मेक्सिकोले अन्तर्राष्ट्रिय कानून उल्लङ्घनका लागि इक्वेडरको जिम्मेबारीलाई निन्दा गर्न मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने जानकारी दिए । उनले मेक्सिकाली कूटनीतिज्ञहरू इक्वेडर सरकारबाट उनीहरूको घर फिर्तीका लागि आवश्यक ग्यारेन्टी प्राप्त गर्न पर्खिरहेको बताए  । 

इक्वेडरको विदेश मन्त्रालय र गृह मन्त्रालयले यसबारेमा तत्काल कुनै जवाफ दिएका छैनन् । क्विटोमा मेक्सिकाली दूतावास शुक्रबार राति प्रहरीको सुरक्षामा रह्यो ।एक दिनअघि मेक्सिकोका राष्ट्रपतिले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ निर्वाचित भएको गत वर्षको निर्वाचनलाई इक्वेडरले ‘धेरै दुर्भाग्यपूर्ण’ ठानेको बताएपछि दुई मुलुकबीच तनाव बढेको थियो । जवाफमा इक्वेडर सरकारले मेक्सिकाली राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ । 


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP