Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’
चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

खोटाङ - खोटाङ सेवा समाज बेलायत (युके)ले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ । 

बेलायतमा बसोबास गर्दै आएका खोटांगेहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले आज दिक्तेलमा आयोजित कार्यक्रममा शिक्षाविद् चतुरभक्तलाई रु एक लाख राशिको खोटाङ नागरिक सम्मान र कवि रानोहँछालाई रु ५० हजार राशिको खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै शिक्षाविद् चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदररुवरुप कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिए । 

सम्मानित शिक्षाविद् चतुरभक्त र पुरस्कृत कवि रानोहँछालाई प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईलगायतले नगदसहित ताम्रपत्र प्रदान गरेका छन् । 

Hardik health

समाजले साहित्य, कला, सङ्गीत, शिक्षा, खेलकुद, समाजसेवालगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । समाजले यस वर्षको सम्मान र पुरस्कार जिल्लामा आयोजना गरिएको ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’ समापनको अवसर पारेर प्रदान गरेको हो । 

समाजमा आवद्ध २५ जना सदस्यबाट संकलन गरिएको रकमबाट स्थापना गरिएको रु ११ लाखको कोषको ब्याजले हरेक तीन/तीन वर्षमा एकजनालाई सम्मान र एकजनालाई पुरस्कृत गर्ने गरिएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभएको छ । 

पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

समाजले यसवर्ष जिल्लामा आयोजना गरेको ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’बाट छ हजार छ सय ३८ जना जिल्लावासीले सेवा लिएका छन् । जिल्लाका दशवटै स्थानीय तहका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ जिल्लाका विभिन्न ११ ठाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको आयोजक खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए। 

“शिविरमा सहभागी बिरामीलाई निःशुल्क उपचारका साथै औषधि वितरण गरिएको छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो”, उहाँले भन्नुभयो, “जिल्लाका ११ ठाउँमा आयोजना गरिएको शिविरमा करिब रु तीन करोड १० लाख बराबरको रकम खर्च भएको छ । जिल्लामा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविर सफल पार्न सहयोग गर्नुहुने सबैलाई आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ ।”

‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ समाजले यही चैत–१६ गतेदेखि २३ गतेसम्म बृहत् स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा सबैभन्दा बढी दन्त रोग भएका नागरिकहरु लाभान्वित भएको जनाइएको छ ।  समाजले अस्पताल जानका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयास स्वरुप विसं २०७३ चैत २६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो । 

बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर र स्वदेशका विभिन्न ठाउँमा बसोबास गर्ने चार सय ४५ खोटांगेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ । जिल्लाको समग्र विकास निर्माणमा समेत सहयोग गर्दै आएको समाजले जिल्ला अस्पताल खोटाङलाई एकवटा अल्ट्रासाउण्ड मेसिनसमेत प्रदान गरेको थियो । 

रोजगारीको सिलसिलामा बेलायतमा बसेपनि आफूहरु खोटांगे भएकाले खोटांगेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । कोभिड–१९ को महामारीका बेला पनि अक्सिजन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:४४
#खोटाङ #खोटाङ_नागरिक_सम्मान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP