Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री ओली अस्पताल भर्ना – भोलि मिर्गौला प्रत्यारोपण
प्रधानमन्त्री ओली अस्पताल भर्ना – भोलि मिर्गौला प्रत्यारोपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २०, २०७६
Hardik health
काठमाडौं– मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गर्न सोमबार बेलुका उनी अस्पताल भर्ना भएका हुन् । १२ वर्षअघि भारतमा उनको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरिएको थियो भने बुधबार गरिने पत्यारोपण दोस्रोपटक हो । बुधबार उनलाई नाताले भान्जी पर्ने समीक्षाले मिर्गौला दान गर्ने भएकी हुन् । उनी पनि सोमबार नै अस्पतालमा भर्ना भएकी छन् । स–सानो रोगको उपचार गर्न नेताहरू र विशेषगरी सरकारमा बस्नेहरूले सरकारी खर्चले विदेशमा उपचार गरेको भनेर अत्यन्तै विरोध गर्दैगर्दा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण, त्यो पनि दोस्रोपटक (जसलाई अत्यन्तै गम्भीर र जटिल मानिन्छ) नेपालमै गर्ने भएपछि आमनागरिकले उनको स्वास्थ्य लाभ र प्रत्यारोपणको कामना गरिरहेका छन् । १२ वर्षअघि प्रधानमन्त्री ओलीका दुवै मिर्गौलाले काम गर्न छाडेपछि भारतमा गएर प्रत्यारोपण गरिएको थियो । ०६४ साउनमा उनको पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले त्यसबेला नेपालमा प्रत्यारोपण गर्ने अवस्था नभएकाले भारतमा गर्नुपरेको बताएका छन् । अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको प्रत्यारोपण जटिल नभएको उल्लेख गर्दै आफ्नै मुलुकमा आफ्नै देशका चिकित्सकबाट प्रत्यारोपण गराउन पाउँदा खुसी लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुन आम नेपालीलाई आग्रह गरेका छन् । अस्पतालमा भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले १२ वर्षअघि आफ्नो मिर्गौला प्रत्यारोपण गरेको स्मरण गर्दै बुधबार फेरि पनि मिर्गौला प्रत्यारोपण गर्न लागेको बताए । उनले आफ्नै मुलुकमा, आफ्नै देशमा प्रत्यारोपण गराउन पाउँदा खुसी भएको बताए । खेलको बीचमा राम्रो खेलाडीले मैदान नछाड्ने भन्दै आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । उनले पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । टोलीमा डा.रमेश सिंह भण्डारी, डा.दिव्या सिंहलगायत छन् । डा.ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घन्टामा प्रत्यारोपण सकिन्छ । प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५–७ दिनमा अस्पतालमा राखिन्छ । अस्पताल स्रोतकाअनुसार भारतस्थित अपोलो अस्पतालका एक डाक्टर पनि काठमाडौं आइसकेका छन्, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए । यसैबीच, शिक्षण अस्पतालले प्रधानमन्त्री ओली प्रत्यारोपणको छैटौँ दिनमा फर्किन सक्ने जनाएको छ । अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओली पाँच–छ दिनमा फर्किहाल्ने बताए । प्रधानमन्त्री ओलीले ०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०५:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP