Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुवासको उत्तराधिकारी बन्न २० जना मैदानमा
सुवासको उत्तराधिकारी बन्न २० जना मैदानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २५, २०८०

काठमाडौं– इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएअनुसार १२ जना राजनीतिक दलका उम्मेदवार छन् । बाँकी आठ जना भने स्वतन्त्र उम्मेदवार हुन् । 

राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराउनेमा नेकपा एमालेबाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमद्धिप थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू छन् । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्तविक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार र नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको बताए । पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दर्ता गराएका छन् । अन्य स्वतन्त्र उम्मेदवारहरू डाकप्रसाद गौतम, अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।

शनिबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध आज (आइतबार) बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने, ३ देखि ५ बजेसम्म मनोनयनपत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते (भोलि) उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने निर्वाचन कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए । निर्वाचनअन्तर्गत मतदान भने वैशाख १५ गते हुने कार्यसूची छ ।

Hardik health

निर्वाचनमा यसपटक सत्ता नेतृत्व दल माओवादी केन्द्रले इलाम–२ मा एमाले उम्मेदवार नेम्बाङलाई समर्थन गर्ने भएको छ । नेत्रविक्रम चन्दको दल नेकपाले पनि नेम्बाङलाई नै समर्थन गर्ने निर्णय गरेको छ । अघिल्लोपटक यहाँ माओवादीले कांग्रेसका उम्मेदवार खड्कालाई समर्थन गरेको थियो । गएको चुनावको नतिजाअनुसार माओवादीसँग कम्तीमा पाँच हजार मत छ । चन्दको दलसँग भने कति मत छ भन्ने यकीन छैन । किनभने यो दलले अघिल्लोपटक चुनावमा भाग लिएन ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र केपी पालुङ्वा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीको समर्थन छ । धरानका मेयर हर्कराज साम्पाङले पनि थेगिमलाई समर्थन गरेका छन् । उनले केही दिनअघि इलाम पुगेर थेगिमलाई मत मागिदिएका थिए । करिब आठ हजार मत ‘होल्ड’ गरेको बताइने किरात धर्मगुरु आत्मनन्द लिङ्देनको पनि थेगिमलाई समर्थन रहेको छ । थेगिमलाई लामो समय धर्मगुरु लिङ्देनले किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष बनाएका थिए ।

उम्मेदवारी दर्ताको क्रममा दलहरूले केन्द्रीय नेताहरूलाई इलाममा उतारेका थिए । एमालेले पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, कोशीका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सांसद महेश बस्नेत, माओवादीका पूर्वसांसद धिरेन्द्र शर्मा, नेता कान्छा लावतीलगायत नेताहरूको उपस्थितिमा नेम्बाङको उम्मेदवारी दर्ता गराएको थियो । नेम्बाङ बुबा सुवासचन्द्रको निधनपछि सोही क्षेत्रमा उम्मेदवार बनेका हुन् । 

कांग्रेसका उम्मेदवार खड्काको उम्मेदवारी दर्तामा केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापालगायत नेता थिए । रास्वपा उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी दर्तामा उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्रीहरू कबिन्द्र बुर्लाकोटी, विपीन आचार्य, सचेतक निशा डाँगीलगायत नेता थिए । 

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राईको उम्मेदवारी दर्तामा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल, राप्रपा उम्मेदवार गुरुङको उम्मेदवारी दर्तामा अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत नेता पुगेका थिए ।


बझाङमा १२ उम्मेदवार 
बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा १२ जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टी (जसपा)बाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका छन् ।


राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् । सडक दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्रीसमेत रहेका सांसद पृथ्वीबहादुर सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी १५ वैशाखमा हुने छ ।
 


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन
‘कम्युनिष्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन मंगलबार, कात्तिक ११, २०८२
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु
एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु मंगलबार, कात्तिक ११, २०८२
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा मंगलबार, कात्तिक ११, २०८२
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै
 विप्लवले निर्वाचन आयोगमा दल दर्ता गर्दै मंगलबार, कात्तिक ११, २०८२
एमाले सचिवालय बैठक शनिबार बस्ने
एमाले सचिवालय बैठक शनिबार बस्ने मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी
बागमती प्रदेशमा मन्त्रालयको सख्या १४ बाट सातमा झार्ने तयारी मंगलबार, कात्तिक ११, २०८२
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ? सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP