Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा
अमेरिकी अर्थमन्त्री येलेन चीन भ्रमणमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २२, २०८०

एन्कोरेज -  अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो ।

चीनमा रहँदा उनले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछिन‍्  । यही अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी शहर ग्वान्झाउबाट सुरु हुनेछ । ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरुसँग छलफल गर्ने छिन्।

उनले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर ग्जान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग भेटवार्ता गर्नेछिन् ।  त्यसपछि अर्थमन्त्री येलेन बेइजिङका लागि प्रस्थान गर्नु हुनेछ । बेइजिङमा उनले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री येलेनसँगै यात्रारत पत्रकारले सोधेको प्रश्नमा येलेनले चीनले कतिपय औद्योगिक क्षेत्रमा अत्यधिक लगानी गरेकाले त्यसतर्फ हामीले चासो राख्नेछौं भनिन्  ।

Hardik health

चीनको यस लगानीबाट अमेरिका र अन्य मुलुकमा रहेका उद्योग व्यवसायमा पनि असर पर्ने खतरा छ, येलेनले भनिन् । अर्थमन्त्री येलेनले चीनले खासगरी सोलार व्याट्री, विद्युतीय सवारीसाधन र ब्याट्रीमा बढाएको लगानीबाट अमेरिकी अर्थतन्त्रमा पनि असर पर्ने खतरा देखिएको बताइन्  । अमेरिकाले यी सामानको उत्पादन देशभित्रै गरेर आत्मनिर्भर हुन चाहेको छ, तर चीनले अतिरिक्त अनुदान दिएपछि चिनियाँ कम्पनीका सामान सस्तिएका छन् ।

चिनियाँ सामानमा थप कर लगाउनेतर्फ अमेरिकाले विचार गरिरहेको छ कि भन्ने प्रश्नमा येलेनले अमेरिकी उत्पादनको संरक्षण गर्ने उपायहरु हामीसँग रहेका छन् भनिन्  ।  विश्वकै दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई स्थायित्व प्रदान गर्न बाइडेन प्रशासनले कार्य गरिरहेको बताइएको छ । गत वर्ष जुलाई २०२३ मा निकै तनावपूर्ण सम्बन्धका बीच भएको वार्ता निकै फलदायी रहेको थियो । खासगरी ताइवान मामिलालाई लिएर दुबै देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर आर्थिक तथा वित्तीय नीति सम्बन्धमा छलफल गर्न दुबै देशबीच संयुक्त कार्यसमूह गठन भएको थियो ।

यो कार्यसमूहको बैठक यसै महिना बस्दैछ, अर्थमन्त्री येलेनले भनिन् । अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार येलेनको चीन भ्रमणका अवसरमा चिनियाँ समकक्षीसँग चीनको गलत व्यापार अभ्यासका विषयमा दबाब दिइने छ । चिनियाँ सामानको व्यापक आयातले अमेरिकी फर्म र कामदारमाथि निकै असर गरेको अमेरिकी अधिकारीहरुको भनाई छ ।  चिनियाँ सामानको यस किसिमको आप्रवाहलाई टुलुटुलु हेरेर बस्न सकिन्न, अमेरिकी उप अर्थमन्त्री जे शामबागले बताए । 

-एएफपी


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन आइतबार, माघ ४, २०८२
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP