Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि
पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’ को उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २२, २०८०

काठमाडौं–हाउस अफ फेसनले बुधवार राति काठमाडौंमा आयोजना गरेको एउटा भव्य समारोहमा पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ को उपाधि जितेकी छिन् ।आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पाँच लाख रुपैयाँ बराबरको बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् ।

यसबाहेक उनले कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीबाट एक वर्षको फेसन डिजाइनिङ कोर्ष गर्ने मौका पाएकी छिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् ।आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ वर्षीया पाख्रिनले मिसेस भोग नेपालको मुकुटसहित नगद पुरस्कार तथा विभिन्न उपहारहरु प्राप्त गरिन् । प्रतियोगितामा उनले मिसेस भोग मोस्ट स्टाइलिष्ट तथा मोस्ट फोटोजेनिकको उपाधिसमेत जितिन् ।

प्रतियोगितामा विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि जितिन् । बस्नेतले पब्लिक च्वाईस अवार्डका साथै मोस्ट पपुलर च्वाईस अवार्ड समेत जित्न सफल भइन् । प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् । उनले मोस्ट इन्टेलिजेन्टको अवार्डसमेत जितिन् ।

मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जित्न सफल भइन् । लामिछानेले भने मिसेस ग्लोइङ स्किन तथा बेस्ट परफर्मेन्सको अवार्ड पनि जितिन् । प्रतियोगिताको टप सेभेनमा मनिला लामिछाने, बिकिता सुवेदी, पूजा पाख्रिन, आकृती श्रेष्ठ, यादिना रजक, विभा बस्नेत तथा मेरिशा सुवाल पुग्न सफल भएका थिए ।स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड जित्न सफल भइन्।

Hardik health

सांगीतिक प्रस्तुतिबाट प्रारम्भ भएको यो प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागिहरु क्याजुल वेयरमा आएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा उनीहरुले भान्सामा लगाइने न्याप्किन लगाएर हातमा डाडू–पुन्यूसहित आकर्षक नृत्य गरेका थिए । त्यसपछिको सिक्वेन्समा उनीहरु इण्डो वेस्टर्न लूकमा प्रस्तुत भए । कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए ।

त्यसपछिको ग्ल्याम नामक सिक्वेन्समा पनि उनीहरुले जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीकै ग्ल्यामरस पहिरनहरु प्रस्तुत गर्दै आफूलाई रयाम्पमा प्रस्तुत गरे । आयोजक संस्था हाउस अफ फेसनकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धिहरुलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको जानकारी गराइन् । मोस्ट ट्यालेन्ट अवार्डका लागि भने केही समयअघि ट्यालेन्ट शो आयोजना गरिएको थियो । भ्युअर्स च्वाइस अवार्डका लागि खल्ति एपबाट भोटिङ गरिएको थियो ।

प्रतियोगितामा १२ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा खरो उत्रनका लागि उनीहरुलाई पछिल्लो एक महिनाभन्दा लामो समयदेखि प्रशिक्षण दिइएको थियो । त्यसक्रममा उनीहरुले र्याम्प वाक, व्यक्तित्व विकाससहितका जीवनोपयोगी विषयमा प्रशिक्षण दिइएको थियो ।  प्रशिक्षणकै क्रममा उनीहरुले चलचित्र अभिनेता सुनिल थापा, अभिनेत्री एलिजा गौतम लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्दै उनीहरुका अनुभवहरु सुन्ने अवसर पाएका थिए । आयोजक हाउस अफ फेसनले यो समारोहमा भव्यता, शैली तथा महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाएको जनाएको, जसले नेपालको फेसन परिदृश्यमा अमिट छाप छोडेको आयोजक बानुको भनाइ छ ।

मिसेस भोग नेपाल प्रतियोगितालाई नेपाली महिलाहरूको सौन्दर्य र विविधतालाई उजागर गर्दै रचनात्मकता, प्रतिभा तथा महिला सशक्तिकरणको शसक्त माध्यम बनाउने लक्ष्य आयोजकले लिएको थियो । मिसेस भोग नेपाल’ प्रतियोगितामा हरेक सहभागिलाई आफ्नो कथा भन्ने अवसर प्रदान गरिएको थियो, जसलाई ‘उनको कथा’ थिम दिइएको छ ।

प्रतियोगितामा कमलपोखरीस्थित जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीद्वारा तयार पारिएका आकर्षक, परम्परागत शैलीद्वारा तयार पारिएका पहिरनहरुलाई प्रतिस्पर्धिहरुले फेसन एक्स्ट्राभ्यागेञ्जाको रुपमा प्रदर्शन गरेका थिए ।प्रतियोगिताको ट्यालेन्ट शोकेस सिक्वेन्समा प्रतिस्पर्धिहरुले आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्नुका साथै महिला शसक्तिकरणलाई उजागर गर्ने शैलीका सन्देशहरु बोकेका थिए ।

प्रतियोगिहरुलाई केही साताअघि सम्पन्न नारी दिवसको अवसरमा समेत केही गतिविधिहरुमा सहभागि गराइएको थियो । उक्त कार्यक्रममा उनीहरुलाई महिला शसक्तिकरणको विषयमा छलफल गराइनुका साथै पिरियड हाइजीन, आत्म निर्भरताका बारेमा कुराकानी गराइएको थियो ।

 


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP