Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजा युद्धका विषयमा टेलिफोन वार्ता
गाजा युद्धका विषयमा टेलिफोन वार्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २२, २०८०

गाजा पट्टि-  अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार टेलिफोन वार्ता हुने भएको छ । 

अमेरिकी मानवीय सहायता एजेन्सी वल्र्ड सेन्ट्रल किचनमा आबद्ध सात जना सहायताकर्मीहरु मारिएपछि राष्ट्रपति बाइडेनले यसअघि नै क्षोभ व्यक्त गरेका थिए  । गाजामा भोकमरीको स्थिति उत्पन्न भएको जनाउँदै इजरायली समन्वयमै वल्र्ड किचेनले समुद्री मार्गबाट भित्र्याएको सहायता सामग्री गाजामा वितरण गर्न थालेको थियो । 

एक जना अमेरिकी अधिकारीले बाइडेन र नेतान्याहुबीच बिहीबार टेलिफोन वार्ता हुन लागेको पुष्टि गरेका छन् । इजरायली हवाई हमलाबाट गाजामा मानवीय सहायताकर्मी चढेको सवारी साधनमा क्षति पुगेको थियो । यस आक्रमणबाट एक जना अमेरिकी–क्यानाडेली नागरिक, तीन जना बेलायती, पोल्यान्ड, अस्ट्रेलिया र प्यालेस्टाइनका एक एक जनाको ज्यान गएको थियो । 

Hardik health

हमास विरुद्धको युद्धमा इजरायलले गरिरहेको पछिल्लो बमबारीबाट ३२ हजारभन्दा बढी सर्वसाधारण प्यालेस्टिनीको ज्यान गइसकेको छ । मारिनेहरुमा अधिकांश बालबालिका र महिला रहेका छन् ।इजरायललाई समर्थन गरिरहेका अमेरिका समेतका पश्चिमा राष्ट्रहरु इजरायलले पछिल्लो पटक मानवीय सहायताकर्मीलाई लक्षित गरि आक्रमण गरेपछि चिन्तित बनेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन समेतले इजरायली नेतृत्वमाथि तिब्र रोश प्रकट गरेका छन् ।

इजरायलले सहायताकर्मीमाथि भएको आक्रमणको जिम्मा लिएको छ । तर इजरायलले उक्त घटना जानाजान नभएको दाबी गरेको छ । प्रधानमन्त्री नेतान्याहु, इजरायली सेना प्रमुख समेतले उक्त घटनाको छानबिन भइरहेको बताएको छ । राष्ट्रसंघका अनुसार, विगत छ महिनाको अवधिमा गाजामा सहायता वितरणमा सक्रिय कम्तीमा एकसय ९६ जना सहायताकर्मीको इजरायली आक्रमणमा ज्यान गइसकेको छ । 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले सहायताकर्मीको मृत्युले गाजामा परिस्थिति निकै जटिल रहेको अनुभव भएको बताएका छन् । गाजामा पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणबाट कम्तीमा ६१ जना प्यालेस्टिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत अक्टोबर ७ का दिन हमासले इजरायली भूभागमा आक्रमण गरी एक हजार १७० जना इजरायलीको ज्यान लिएसँगै इजरायल–हमास युद्ध सुरु भएको थियो । प्यालेस्टिनी लडाकू समूह हमासले २५० जनालाई बन्धक बनाए पनि केही मुक्त भएका छन् । हमास विरुद्धको इजरायली प्रत्याक्रमणबाट हालसम्म ३२ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । 


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन आइतबार, माघ ४, २०८२
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP