Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आलोपालो सहमतिपछि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत
आलोपालो सहमतिपछि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेशसभामा ५६ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

प्रदेशसभामा रहेका ११० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरे पनि उनले यो पटक निकै कसरत गर्नुप¥यो । नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्रीमा दाबी गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेललाई विश्वासको मत जुटाउन सकस परेको थियो । अन्ततः केन्द्रीय नेताहरुबीच आलोपालोमा मुख्यमन्त्री दिने सहमति जुटेपछि बल्ल एकीकृत समाजवादी विश्वासको मत दिन तयार भएको हो । उक्त सहमति नजुटेको भए उनले विश्वासको मत पाउने थिएनन् । 

सहमतिअनुसार माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीले पालैपालो मुख्यमन्त्री पाउने भएको छ । हाल माओवादी केन्द्रकै मुख्यमन्त्रीेलाई निरन्तरता दिने र पछि एमाले र एकीकृत समाजवादीबाट पालैपालो मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
विश्वासको मत लिने सोमबारको प्रदेशसभा बैठकमा १०८ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए । जसमध्ये सत्ता गठबन्धन दल नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने तटस्थ बसेका छन् । प्रदेशसभामा राप्रपाको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेका छन् । प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित रहे । उक्त पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दै छ । यसअघि पहिलोपटक  एमाले,  माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थनमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।

संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै उनले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।
 


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP