Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • महत्वपूर्ण उपलब्धि नै बिआरआईबारे छलफल !
परराष्ट्रमन्त्रीको नौ दिने चीन भ्रमण महत्वपूर्ण उपलब्धि नै बिआरआईबारे छलफल !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०
  • परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआर्ईको अंग भएको पुष्टि
  • संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरुले मागे पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नुको कारण
  • वैदेशिक रोजगारीका धेरैजसो प्रशासनिक काम काठमाडौं केन्द्रित भएकोले भैरहवा र पोखराको विमानस्थलबाट उडान हुन नसकेको अधिकारीहरुको भनाइ


काठमाडौं– चैत ११ गते चीनको तीर्थ निस्केका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणको १९ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रेष्ठले यी सबैलाई महŒवका साथ प्रस्तुत गरे पनि बिआरआर्ईलाई प्राथमिकतामा राखेको दाबी गरे । ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को कार्यान्वयन योजना बिआरआर्ई इम्प्लिमेनटेसन प्लान्टलाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै सम्झौता गरिसकेकोले अब अन्तिम रुप दिनमात्र बाँकी रहेको दाबी गरे । ‘बिआरआर्ईबारे प्रधानमन्त्रीको चीन भ्रमणमा समझदारी भइसकेको छ । यसैअनुसार यसपटक छलफल भएको हो । यसैलाई अन्तिम रुप दिएर सम्झौता हुन्छ,’ श्रेष्ठले भने ।चीनले लगानी गर्ने बिआरआर्ईलाई नेपालले कार्ययोजना दिनुपर्ने हुन्छ । तर नेपालले अहिलेसम्म कुनै कार्ययोजना दिन सकेको छैन । बिआरआर्ईको ढाँचाबारे नेपालमा विवाद जारी छ । यसैबारे प्रश्नमा परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘हामी अनुदानमै फोकस गर्छौं, नेपालको हितका लागि गर्ने हो, अनुदान वा सहुलियतपूर्ण कर्जाबारे सहमति पछि हुने हो ।’

बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा बिआरआर्ईबारे छलफल भएको चिनियाँ विदेश मन्त्रालयले यसअघि नै पुष्टि गरेको छ । ‘चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोग निर्माण गर्न र विकास र समृद्धिका लागि मित्रताको चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ र उच्चस्तरमा पुर्‍याउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ,’ भेटपछि वाङले भनेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीको नौ दिने भ्रमणमा बिआरआर्ईलाई प्राथमिकतामा राखिएको भनिए पनि नेपाल सरकारले भने यसबारे कुनै जानकारी दिएको थिएन ।

काठमाडौं उत्रेपछिमात्र परराष्ट्रमन्त्री श्रेष्ठले यसबारे मुख खोलेका हुन् । नेपाल र चीनले सन् २०१७ मा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ कोअपरेसन’ को समझदारीमा हस्ताक्षर गरेर परिवर्तनकारी यात्रा सुरु गरेको स्मरण गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बिआरआर्ई सम्झौतामा थप सृदृढ हुन चाहेको बताए ।

Hardik health

केन्द्रमा पोखरा विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले धेरैको तारो बनेको छ । चिनियाँ ऋण तिर्न नसकेर अहिले मुस्किल छ । २८ अर्ब रुपैयाँभन्दा बढी ऋण बोकेर पनि विमानस्थलले कुनै व्यापार गर्न सकेको छैन । परराष्ट्रमन्त्रीको चीन भ्रमणमा यो ऋण कटौतीबारे छलफल हुने बताइएको थियो । तर मन्त्री श्रेष्ठले यसबारे कुनै सहमति सुनाएनन् । पोखरा विमानस्थल बिआरआईकै एक परियोजना भएको चीनको दाबी छ । तर नेपाल सरकारले यसलाई अझै लुकाउँदै आएको छ ।

पोखरा विमानस्थलमा थप उडान सञ्चालन गर्न चीन सकारात्मक रहेको मन्त्री श्रेष्ठको भ्रमणको उपलब्धिमा उल्लेख छ । ‘नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरु सञ्चालनमा ल्याउन दुवै पक्ष सकारात्मक रहेको छ,’ श्रेष्ठले भने ।



संसदीय समितिमा उठ्यो प्रश्न
काठमाडौं (प्रस)– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरुले पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नुको कारण माग गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले व्यावसायिक योजना नभएकोले विमानस्थल सञ्चालनमा आउन नसकेको तर्क गरे । ‘पोखरा र भैरहवा एयरपोर्टको बिजनेस प्लान के ?,’ खनालले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रश्न गरे ।

Samsadiya-samiti-1712033468.jpg
 

एमाले सांसद भीम आचार्यले पोखरा विमानस्थल बनिसकेको हुनाले अब पर्यटकीय गतिविधि बढाएर सञ्चालनमा ल्याउन सकिने बताए । ‘पर्यटन गतिविधि तीव्र पार्नुपर्‍यो,’ आचार्यले भने, ‘भैरहवा र पोखरा एयरपोर्ट जसरी पनि चलाउनुपर्‍यो ।’पोखरा विमानस्थलको कमजोर व्यवस्थापनका कारण अन्तर्राष्ट्रिय विमान उडान ठप्प छ । चीनबाट दुई र भुटानबाट एक चार्टर उडानबाहेक यहाँ कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यसबारे प्रश्न गर्दा निगमका कार्यकारी अध्यक्ष अधिकारी गोलमटोल जवाफ दिएर पन्छिन खोजे । समितिमा अधिकारीले सांसदहरुलाई आफूले यसबारे अध्ययन गरिरहेको बताए ।

पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले भने सामाजिक विषयको सटिक जवाफ नहुने बताउँछन् । ‘विमानस्थल सञ्चालन र यसका बिजनेसका विषय सामाजिक हुन् । यसको वस्तुगत जवाफ हुन्न,’ काफ्लेले भने । वैदेशिक रोजगारका धेरैजसो प्रशासनिक काम काठमाडौं केन्द्रित भएकोले भैरहवा र पोखराको विमानस्थलबाट उडान हुन नसकेको अनौपचारिक छलफलका क्रममा उनले बताए । पर्यटनमन्त्री हितबहादुर तामाङ आफू मन्त्रालय सम्हाल्न आइपुगेको समय भर्खरै भएकोले अध्ययनकै क्रममा रहेको भन्दै पन्छिए ।
 


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP