काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।
बाढीको १० दिनपछि सञ्जय साह र कविर महर्जनलाई नेपाली सेनासहितको उद्धार टोलीले आज बिहान उद्धार गरेको हो।
साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान र महर्जन त्रिशूली-३ 'ए' आयोजनाका मेकानिकल सुपरभाइजर रहेको खुलेको छ।