Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • निगमलाई जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न समितिको निर्देशन
निगमलाई जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न समितिको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १९, २०८०

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो । 

समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेश गर्न निर्देशन दिए  । “न्यारोबडी जहाजको इञ्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना छ”, समितिलाई निर्देशन दिँदै उनले भने, “निगमले समितिलाई विश्वास दिलाउनुपर्छ । यसमा भ्रष्टाचार भएको होइन, यी कारणले विलम्ब भएको भनी विस्तृत र ठोस रुपमा जवाफ दिनुपर्‍यो ।”

सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्नेगरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताए  ।गत मङ्सिर १५ गतेदेखि ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज गत पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो । उक्त जहाज मर्मतपछि आगामी वैशाख १५ गतेभित्र काठमाडौँ आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ । 

Hardik health

सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताउनुभयो । “उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ । न्यारोबडी जहाससम्बन्धी सम्झौताको बेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुपर्‍यो । होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ”, उनले भने ।

 बैठकमा सांसदहरुले निगमको न्यारोबडी जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गरे । सांसदहरुले निगमबारे अध्ययन गर्न छुट्टै समिति बनाएर जानुपर्ने सुझाव दिएका थिए । 

सांसदहरु भीमप्रसाद आचार्य, सुनिता बराल, शिशिर खनाल, दामोदर पौडेल बैरागी, उदयशम्शेर जवरा, भीमप्रसाद आचार्य, प्रेम सुवाल, एकनाथ ढकाल, योगेश गौचन थकाली, डा धवलशम्शेर जवरालगायतले निगमको पुनःसंरचनाका लागि कार्ययोजना बनाउन, निगमभित्र भइरहेको अनियमितता रोक्न र निगमको उडान सेवालाई चुस्त र प्रभावकारी बनाउन निगमलाई आग्रह गरेका थिए ।

सभापति यादवले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भइरहेको विवादले मुलुकको हवाई उडान र समग्र पर्यटन उद्योगलाई नकारात्मक असर पर्ने भन्दै युरोपेली सङ्घ (इयू) को कालोसूची हटाउन र निगमको उडान सेवालाई भरपर्दो, विश्वसनीय र प्रभावकारी बनाउन दुवै संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको औँल्याए । निगमको जहाजमा बारम्बार समस्या आउने गरेको, उडान रद्द हुनेजस्ता विषय बाहिर आइरहेको भन्दै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए  ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालय मातहतका निकायबारे आफूले अध्ययन गरिरहेको भन्दै सम्बन्धित निकायमाथि उठेका विषयमा कुनै बदमासी भएको भए आवश्यक निर्णय लिइने विश्वास व्यक्त गरे ।    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले न्यारोबडी जहाज मर्मत नियमपूर्वक गरिएको दाबी गरे । समितिले निगमको अवस्थाबारे पर्यटन मन्त्रालयका सचिव र निगमका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।


प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP