Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सातै प्रदेशका पालिकाहरु पर्यटनको ब्रान्डिङ,बजारीकरण तथा प्रचारप्रसारमा जुट्दै
सातै प्रदेशका पालिकाहरु पर्यटनको ब्रान्डिङ,बजारीकरण तथा प्रचारप्रसारमा जुट्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १८, २०८०

काठमाडाैं -  सातै प्रदेशको पालिकास्तरीय पर्यटन रणनीति तथा कार्ययोजना कार्यशाला सम्पन्न भएकाे छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा सातै प्रदेशका पर्यटन मन्त्रालयहरुको समन्वयमा सातै प्रदेशमा “पालिकास्तरिय पर्यटन प्रवद्र्धन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला ” सम्पन्न भएकाे हाे । 

जनप्रतिनिधि तथा पर्यटन शाखा /योजना शाखासंग  सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो । यो कार्यशालामा  सातै प्रदेशका करिब २ सय बढि स्थानीय सरकारहरु सहभागी भएको परियोजनाले जानकारी दिएको छ । चैत १४, १५ र १६ गते सौरामा आयोजित कार्यशालमा वागमती प्रदेशका ३५ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) हरुको सहभागिता रहेको थियो । 

कार्यशालामा पर्यटनको विकास , पर्यटन रणनीति , पर्यटन नीति , पर्यटन कार्ययोजना तथा पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्य लगायतका विषयवस्तुमा छलफल गरिनुका साथै पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न तथा स्थानीयतहमा प्रभावकारी पर्यटन रणनीति र  कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

सौराहामा आयोजित कार्यशालामा वागमती प्रदेश अन्तरगत रहेका भरतपुर, ललितपुर महानगरपालिका, भक्तपुर, धुलिखेल कावासोती, चागुनाराय, कालिञ्चोक, भिमेश्वर, नगरपालिका, तथा गौरीशंकर, सोती,  देवघाट ,मकवानपुरगढि, शिवपुरी, गंगाजमुना, लगायतका गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले पर्यटन विकासका लागि मन्त्रालयले गरिरहेका कार्यहरु र आगामी कार्ययोजनाका बारेमा प्रकाश पार्दै यो कार्यशालाले पालिकाहरुलाई आफ्नो पालिकाको रणनीति तय गर्न सघाउ पुग्ने बताए । 

Hardik health

यस्तै युएनडीपीका पोर्टफेलियो म्यानेनर कल्पना सरकारले कार्यक्रमबाट पालिकाहरुले भोलीका दिनमा पर्यटन विकासका लागि अबलम्बन गर्ने रणनीति तय हुने बताए ।कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमाका विषयमा प्रस्तुतिकरण गर्दै पर्यटनका लागि हरेक पालिकाको स्पष्ट नीति र कार्यनीति आवश्यक भएकाले सोही अनुरुप यो कार्यशाला आयोजना गरिएको र समग्रमा कार्यशाला फलदायी भएको जानकारी दिए  ।

यस्तै पर्यटन विभागका निर्देशक राकेश गुरुङले विभागले चालु आवमा सञ्चालन भएका योजना र प्रदेशका विभिन्न पालिकामा गरिरहेका कार्य तथा स्थानीय निकायसँगको सहकार्यका विषयमा, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहीणि प्रसाद खनालले बोर्डले पर्यटन प्रवद्र्धन , ब्रान्डिङको महत्व र बोर्डले यस क्षेत्रमा गरिरहेका कार्यबारे र नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उप प्राध्यापक टि.पि.भुसालले पर्यटन प्रवर्द्धनमा आमसञ्चार माध्यमको भूमिका र सञ्चार क्षेत्रसङको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । 

यसैगरी परियोजनाका निमित्त राष्ट्रिय कार्यक्रम प्रबन्धक धर्म दवाडीले परियोजनाले गरेका गतिविधिबारे प्रस्तुतिकरण दिएका थिए भने भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार विश्वराज सुवेदी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत अनिल प्रसाई, वागमति प्रदेश संस्कृतिपर्यटन वन तथा सहकारी मन्त्रालयका अधिकृत उत्तम चापागाईंले पर्यटनका विविधि विषयहरुमा प्रस्तुतिरकण दिएका थिए । तीन दिनसम्म चलेको कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले आ-आफ्नो पालिकाको पर्यटन नीति,कार्ययोजना निर्माण तथा सञ्चार  सहकार्यका विषयमा रणनीति र त्यसको कार्यान्वयनको खाका तयार पारेका छन् ।

कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफुहरुले आ-आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफुहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पाररी लागु गर्ने प्रतिक्रिया दिए । परियोजनाले सात प्रदेश मध्ये यसअघि कोशी, मधेस, सुदुपश्चिम र कर्णाली र लुम्बिनी र गण्डकी प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको थियो । 


 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP