Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावमय इलाम, उम्मेदवार ‘अकबरे’
चुनावमय इलाम, उम्मेदवार ‘अकबरे’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १८, २०८०

 

  •  एमाले, रास्वपा र पहिचान पक्षधरको उम्मेदवार टुंगो, चुनावी मैदानमा सक्रिय
  •  रास्वपा उम्मेदवार लिम्बूलाई सभापति रविले मागे मत
  •  कांग्रेस र माओवादीको उम्मेदवार टुंगो हुन बाँकी


काठमाडौं– इलामलाई उपनिर्वाचनले छपक्कै छोपेको छ । केन्द्रीय नेताहरू धमाधम इलाम पुगिरहेका छन् । उम्मेदवार घोषणा गर्ने क्रम जारी छ । केही दलको भने उम्मेदवार तय हुन बाँकी छ । उम्मेदवार घोषणा गरेका दलहरूले त मत नै माग्न थालिसके ।शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम पुगेर आफ्ना दलका उम्मेदवार मिलन लिम्बूलाई मत मागे । निर्वाचन जिताएर संसद्मा पठाउन इलाम–२ वासीसँग याचना गरे । त्यसक्रममा उनले दल परिवर्तन गर्न आवश्यक नभएको पनि बताए । 

‘पार्टीहरूले नेता र उम्मेदवारहरू त दिए । तर, उनीहरूले अवसरलाई व्यक्तिगत लाभलाई प्रयोग गरेर मुलुकलाई हरिकंगाल बनाए । जसले मुलुकको यो हालत बनाए, उनैलाई भोट त म दिन्नँ भन्नुुस्,’ उनले इलाम पुगेर भने, ‘म स्पष्ट आग्रह गर्छु तपाईंहरूलाई पार्टी त्याग्न पर्दैन, अब घण्टी चुनाव चिह्न आएको छ, अब सोच्नु पर्दैन ।’लामिछानेले हालसम्म व्यक्ति र पार्टीले मात्रै इलामबाट चुनाव जितेको बताए । जनता र इलामले चुनाव जितेको भए इलामवासी समस्यैसमस्यामा गुज्रिनु पर्दैनथ्यो भनेका छन् । 

रास्वपा उम्मेदवार लिम्बूले पनि आफू इलामे माटो, अबकरे, अर्थोडक्स चियाको उम्मेदवार भएको बताउँदै मत दिन आग्रह गरे । जनमतको सम्मान गर्ने र इलामे जनताप्रति अति बफादार हुने पनि बताए । इलाम–२ को उपचुनावमा एमालेबाट सुहाङ नेम्बाङ उम्मेदवार छन् । उनले पनि घरदैलो अभियान सुरु गरेका छन् । जनवादी गीत बजाउँदै उनी घरदैलो अभियानमा छन् । उनी आफ्नै पिता स्वर्गीय सुवासचन्द्र नेम्बाङको चुनाव क्षेत्रमा एमाले उम्मेदवार बनेका हुन् । उनी पेसाले अधिवक्तासमेत हुन् । हालै राजनीतिमा सक्रिय भएका सुहाङले आफ्नो पक्षमा चुनावी माहोल बनाउन प्रयसा गरिरहेका छन् । 

गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा दोस्रो स्थान हासिल गरेको कांग्रेसबाट भने उम्मेदवार टुंगो लागेको छैन । सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार आइतबार कांग्रेस संसदीय बोर्डको बैठक बस्दै छ । बोर्डको बैठकले उम्मेदवार टुंगो लगाउने उनले बताए । त्यहाँ यसअघि चुनाव लडेका इलाम कांग्रेस सभापति डम्बर खड्कादेखि नेताहरू भेषराज आचार्य, केशव थापा, रमेश लिङ्देनलगायत चुनावी मैदानमा छन् । 

पार्टी सभापति शेरबहादुर देउवाले यसपटक चुनाव जित्ने उम्मेदवार अघि सार्ने बताउँदै आएका छन् । बुधबारमात्रै आकांक्षीहरूसँग उनले सम्वाद गरेका थिए । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने त्यहाँ लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ । पहिचान पक्षधरहरूले प्रदेश १ पुनःनामंकन संघर्ष समिति संयोजक डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाइसकेको छ । माओवादी केन्द्रले केन्द्रमा आकांक्षीहरूको नाम पठाइसकेको छ । तर, उम्मेदवार टुंगो लगाएको छैन । यहीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सुहाङलाई समर्थन गर्ने बताएका छन् । उपनिर्वाचन १५ वैशाखमा हुने छ ।
 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP