Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • इलाम–२ मा एक्लाएक्लै भिड्दै दलहरु
इलाम–२ मा एक्लाएक्लै भिड्दै दलहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १५, २०८०

काठमाडौं– देशको राजनीतिलाई यतिबेला इलाम–२ मा हुने उपनिर्वाचनले तताएको छ । उपनिर्वाचन हुने भनेको आगामी १५ वैशाखमा हो । इलाम–२ मा हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय नै बनाइसकेका छन् । त्यही भएर चुनाव जसरी पनि जित्न दलहरूले कमान्डरहरू खटाएका छन् । चुनावी माहोल बनाइरहेका छन् । जनतासँग प्रत्यक्ष भेटघाट गर्नेदेखि जिल्लास्थित पार्टीका नेता कार्यकर्तालाई परिचालन गर्ने काम भइरहेको छ । केही दलबाट उम्मेदवार तय भइसक्दा केहीको बाँकी छ । 

बाँकी भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हो । कांग्रेसले छिट्टै उम्मेदवार टुंगो लगाउने भएको छ । बुधबार मात्रै पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारका रूपमा सिफारिस भएका नेताहरूसँग भेटघाट गरेका छन् । त्यस क्रममा देउवाले एक जना उम्मेदवार बन्नेगरी मिलेर आउन सुझाएको आकांक्षीमध्येका रमेश लिङ्देनले बताए । 

‘पार्टीको तल्ला समितिबाट जतिलाई सिफारिस ग¥यो, सबैलाई त उम्मेदवार बनाउने कुरा भएन’, देउवाको भनाइ उद्धृत गर्दै लिङ्देनले प्रभावसँग भने, ‘त्यसले गर्दा तपाईंहरू मिलेर आउनुहोस् । यसपटक जित्नुपर्छ ।’कांग्रेसबाट उम्मेदवार हुनका लागि भेषराज आचार्य, डम्बर खड्का, रमेश लिङ्देन, केशव थापा, नागेन्द्र कुमाल, चन्द्रकला राई तामाङ र चन्द्रमाया लिम्बू सिफारिस भएका छन् । त्यसमध्ये चन्द्रकला र चन्द्रमायाबाहेक सबै जना देउवाकहाँ पुगेका थिए । 

सभापति देउवा यसपटक चुनावी नजिता कांग्रेसको पक्षमा पार्न चाहन्छन् । त्यसका लागि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई इलाम–२ का जनताको मनोभावना, मतदाताको रोजाइमा पर्ने कांग्रेस नेता आदिबारे रिपोर्ट तयार गरेर बुझाउने जिम्मा दिएका छन् । रिपोर्ट तयार भइसकेको छैन । 

अघिल्लो पटक त्यहाँ उम्मेदवारका रुपमा सिफारिस भएकामध्येका खड्का एमालेका सुवासचन्द्र नेम्बाङसँग ११४ मतले हारेका थिए । उनै खड्का कि अरु कसैलाई कांग्रेसले उम्मेदवार बनाउलान् ? यसै भन्न सकिने अवस्था छैन । आदिवासी जनजाति बाहुल्य क्षेत्र भएका कारण आदिवासी नेतालाई अवसर पनि दिन सक्छन् ।

सत्ता नेतृत्व दल माओवादीले  केन्द्रीय सदस्य धीरेन्द्र शर्मा, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीलाई सिफारिस गरिसकेको छ । बुधबार माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपनिर्वाचनमा माओवादीले उम्मेदवार उठाउने बताए । तर, को उम्मेदवार भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।

धिरेनलाई माओवादीको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यसअघि उनी तत्कालीन प्रदेश नम्बर १ संसदको सदस्य थिए । तर, माओवादी सत्ता गठबन्धनमा रहेको दल हुनाले एमालेसँग चुनावी गठबन्धन पनि कायम गर्न सक्ने सम्भावना छ । फेरि, एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इलाम २ मा हुने उपनिर्वाचनमा सहकार्यको प्रस्ताव गरिसकेका छन् । दाहालको भने आफ्नै उम्मेदवार उठाउने तयारी छ । 

सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । त्यसका लागि प्राइमरी इलेक्सनको नतिजा बुधबार सार्वजनिक गरेको छ । उक्त नजिताका आधारमा रास्वपाले पहिलो नम्बरमा गोकुलबहादुर राईको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा  जमुना शर्मा, तेस्रो नम्बरमा महेन्द्रकुमार थापा, चौथो नम्बरमा मानबहादुर घिमिरे, पाँचौ नम्बरमा मिलन लिम्बू र छैटौँ नम्बरमा डा. शेषरमण न्यौपानेको नाम सिफारिस गरेको हो । 

स्रोत अनुसार भने रास्वपा सभापति रवि लामिछानेले उनका पूर्वसहकर्मीसमेत रहेका मिलन लिम्बूलाई उम्मेदवार बनाउन चाहेका छन् । तर, हालसम्म उम्मेदवारको छिनोफानो भएको छैन । हिन्दुवादी दल राप्रपाले त्यहाँ लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने सम्भावना छ । अध्यक्ष राजेन्द्र लिङ्देनले भाइ रवीन्द्र लिङ्देनलाई राम्रा छविका नेतालाई उम्मेदवारका रुपमा सिफारिस गर्ने कार्याधिकार दिएका छन् । 

चुनावी मैदानमा यी उम्मेदवार
देशकै ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेले इलाम–२ मा युवा कानुनवेत्ता सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएर पठाइसकेको छ । उनी बुधबार चुनाव क्षेत्रमा पुगेका छन् । संविधानसभा अध्यक्षसमेत रहेका एमाले प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङका छोरा हुन्, सुहाङ । बुबाको गत २५ भदौमा निधन भएपछि एमाले अध्यक्ष ओलीले सुहाङलाई अवसर दिएका हुन् । 


पहिचान पक्षधरबाट त्यहाँ पूर्वएमाले नेता डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । उनी त भोट माग्दै गाउँगाउँ घुमिरहेका छन् । उनलाई राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन छ । पूर्वपत्रकार मिलन लिम्बू पनि चुनावी प्रचारप्रसारमै व्यस्त भइसकेका छन् । उनी हालसम्म स्वतन्त्र उम्मेदवार हुन् । तर, रवि लामिछाने नेतृत्वको रास्वपाबाट उनी उम्मेदवार बन्ने सम्भावना अधिक छ । 

माङ्सेबुङ राजनीतिक कि धार्मिक ?
किरात धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल भनेकै इलामको माङ्सेबुङ हो । अर्थात् त्यहाँको लारुम्बा हो । जहाँ किरात धर्मगुरु आत्मनन्द लिङ्देन छन् । यतिबेला भने उनै लिङ्देन, किरात धर्मका गुरु मात्रै होइनन्, उनी त राजनीतिक शक्तिकेन्द्रजस्तै बनेका छन् ।

पछिल्ला चुनावहरूमा उम्मेदवारहरू उनलाई भेट्ने र भोट दिन लगाउने गर्छन् । लिङ्देनलाई मनाउन सके किरात धर्मावलम्बीहरूको मत आउने आशा उम्मेदवारहरूसँग हुन्छ । के कम्युुनिस्ट के कांग्रेस यी सबै दलका उम्मेदवारहरू मत माग्न जाने गरेका छन् । किनभने उनले माङसेबुुङसँगै इलाम–२ मा मात्रै कम्तीमा १० हजार मत होल्ड गर्ने गरेको बताइन्छ । धर्मगुरु लिङ्देनले जसलाई मत दिनु भन्छन्, उनैले मत पाउने र जित्न सहज हुने गरेको बताइन्छ । 

हालै स्वतन्त्र उम्मेदवार मिलन लिम्बू मत माग्दै किरात धर्मगुरु लिङ्देनसँग तस्विर खिचेका छन् । धरानका मेयर हर्क साम्पाङ मिलनको पक्षमा खुलेका छन् । अर्का उम्मेदवार डकेन्द्रसिंह थेगिम त किरात धर्म तथा साहित्य उत्थान संघका नेतृत्व हुन् । उनले पनि मत लिङ्देनसँग मत मागिसकेका छन् । 

एमाले नेता सुुवासचन्द्र नेम्बाङले पटकपटक चुनाव जित्नुुमा धर्मगुुरु लिङ्देनको हात महत्वपूर्ण हुने गरेको थियो । लिङ्देनसँग कांग्रेसका यसअघिका उम्मेदवार डम्बर खड्काले पनि लारुम्बा पुगेर मत मागेको बताएका थिए । गत साता बालुवाटारमा भएको संक्षिप्त कुराकानीका क्रममा एमाले उम्मेदवार भएका सुहाङ नेम्बाङले गुरुज्यूको आशीर्वाद पाउँछु भनेका थिए । 

उसो त २०७४ सालको चुनावको बेला एमाले अध्यक्ष केपी शर्मा ओली पनि लारुम्बा पुुगेर किरात धर्मगुरु लिङ्देनसँग आशीर्वाद लिएका थिए । अन्य नेताहरू पनि उनीकहाँ पुग्ने गरेका छन् । यसले गर्दा लिङ्देन किरात धर्मगुुरु मात्रै होइनन्, राजनीतिक शक्तिकेन्द्र जस्तै बनेका छन् । उनी यति शक्तिशाली छन् कि प्रदेशको नामसमेत प्रस्ताव गरेका थिए । प्रदेशको नाम ‘किरात–सगरमाथा’ हुनुपर्ने उनको मत थियो ।

तर, प्रदेशको नाम कोशी राखियो । यसले गर्दा किरात धर्म गुुरु लिङ्देन एमाले अध्यक्ष ओलीसँग रुष्ट भएको बताइन्छ । ओलीसँग उनले भेट गर्न चाहेको तर तत्कालीन एमाले नेता सुवास नेम्बाङले भेटको लागि समय नमिलाइदिएको भन्दै असन्तुष्ट रहेको समाचारहरू नै सार्वजनिक भएको थियो । यसले गर्दा इलाम–२ मा आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा किरात धर्मगुुरु लिङ्देनको भूमिका के हुन्छ ? त्यसले पनि अर्थ राख्ने विश्लेषण भइरहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP