Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • महिला पथप्रदर्शकलाई उद्धार तालिम
महिला पथप्रदर्शकलाई उद्धार तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १४, २०८०

काठमाडौं - सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू तालिम दिएको हो ।

‘माउन्टेन गाइड’ बन्न आवश्यक पर्ने पाठ्क्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरु उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको प्राविधिक सहयोग रहेको उक्त तालिममा २५ महिला गाइडको सहभागिता थियो । काठमाडौँको जकडोल जङ्गलमा यही चैत ७ देखि १३ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तालिम फलदायी हुने प्रतिष्ठानका अध्यक्ष दावाफुटी शेर्पाले बताइन्  । सीप र दक्षता बिनाको जनशक्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उनको भनाइ छ ।

Hardik health

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए ।सरकारले राखेको पर्यटन दशक (सन् २०२३–२०३०) को उद्देश्य पूरा गर्न यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उनले बताए  ।

भिर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेकालाई सहज रुपमा उद्धार गर्ने, सुरक्षित स्थानमा पुर्‍याउने, आवश्यक मार्गदर्शनलगायत पदमार्गका क्रममा आवश्यक पर्ने सीप तालिमका सहभागीलाई प्रशिक्षकले अभ्यास गराएका थियो । 

ट्रेकिङ गाइड र आरोहीले मात्र सहभागिता जनाएका उक्त तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । नेपालमा हालसम्म दावायाङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएकाे जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP