Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कन्सर्ट हल नरसंहारपछि रुसमा राष्ट्रिय शोक दिवस
कन्सर्ट हल नरसंहारपछि रुसमा राष्ट्रिय शोक दिवस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

एजेन्सी -  मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेबारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतङ्ककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई सजाय दिने वाचा गरेका छन्  । किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले आफूहरूमाथि दोष थोपर्ने प्रयास गरेको आरोप लगाएको छ । 

सार्वजनिक टेलिभिजन च्यानल रसिया २४ ले आइतबार बिहान भनेको छ, “यो मानवीय त्रासदीमा आफ्ना प्रियजनहरू गुमाउनेहरूसँग सम्पूर्ण मुलुक शोकमा छ ।”पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेबारीको दाबीको सन्दर्भलाई जोडेनन् । 

Hardik health

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।  जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’ ।”

एसआइटिई गुप्तचर समूहका अनुसार बन्दुकधारीहरूले गोली हानेको करिब एक मिनेट र आधा मिनेट लामो भिडियो सामान्यतया आइएसले प्रयोग गर्ने सामाजिक सञ्जाल खाताहरूमा पोस्ट गरिएको छ । उक्त भिडियो कन्सर्ट स्थलको लबीबाट खिचिएको जस्तो देखिन्छ । यसमा धमिलो अनुहार र अस्पष्ट आवाजसहितका धेरै मानिसलाई राइफलले गोली हानिरहेको तथा भुइँमा छरपस्ट निष्क्रिय शरीर र पृष्ठभूमिमा आगो लागिरहेको देखिन्छ ।

सन् २००४ मा बेसलान विद्यालयको घेराबन्दीपछिको उक्त हमला रुसमा सबैभन्दा घातक हमला थियो । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् । अस्पतालमा अझै एक सय १० जनाको उपचार भइरहेको छ ।  मुलुक शोकमा डुबेको बेला उद्धारकर्मीहरूले आइतबार पनि जलिरहेको भवनबाट शव निकालिरहेका थिए ।

आपत्कालीन स्थिति मन्त्रालयले अहिलेसम्म २९ जनाको नाम सार्वजनिक गरेको छ । आगलागीले शवको सनाखत गर्न जटिल बनाएको छ । मन्त्रालयले आइतबार क्षतिग्रस्त संरचनाहरू भत्काउन र भग्नावशेष हटाउनका लागि कार्यक्रम स्थलमा पुग्ने भारी उपकरणहरू आइपुगेको एउटा भिडियो पोस्ट गरेको छ ।


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP