Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ८, २०८०

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् ।   

नेकपा (एमाले) बागमती प्रदेशले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताए । पार्टीको सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नबाँडिने उल्लेख गर्दै उनले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने बताए । 
    
अध्यक्ष ओलीले भने, “देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ । पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन् ।”

विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस् कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइनँ भनेर टिकट माग्न आउने गरेका स्मरण गर्दै अध्यक्ष ओलीले टिकटका लागि पार्टीको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए । पार्टीले जिल्ला–जिल्लामा भेला र प्रशिक्षण आयोजना गर्ने तथा ती भेला र प्रशिक्षण नै परीक्षाको रूपमा रहने भन्दै उनले देश र पार्टी बनाउन एमालेका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले तीन दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीलाई अझै कसरी बलियो बनाएर लैजाने भन्नेबारे बृहत् छलफल हुने बताए । प्रशिक्षणमा बागमती प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, पार्टी अध्यक्षलगायत एक सयभन्दा बढी नेता तथा जनप्रतिनिधिको सहभागिता रहेको एमाले बागमती प्रदेश कमिटीका सहसचिव भक्तकुमारी लामाले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे 
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे  मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
कांग्रेस–एमालेबीचको अविश्वासले अड्कियो भूमि विधेयक
कांग्रेस–एमालेबीचको अविश्वासले अड्कियो भूमि विधेयक मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP