Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ५, २०८०

दमौली - तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो । 

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिए । “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर सम्भाव्यता अध्ययन गर्दा सफल भएको छ”, उनले भने, “अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्छौँ ।”

अध्यक्ष चुमानका अनुसार एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्‍याफ्टिङको अध्ययन गरिएको हो । प्रशिक्षक थापाले मर्स्याङ्दी नदी र्‍याफ्टिङका लागि उपयुक्त रहेको अध्ययनका क्रममा पाइएको जानकारी दिए । परीक्षणका क्रममा गाउँपालिकाका अध्यक्ष चुमान, वडाध्यक्षलगायत जनप्रतिनिधिले र्‍याफ्टिङ गरेका थिए ।

गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको समेत तयारी गरेको छ । वडा नं १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट तथा पर्या–पर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको अध्यक्ष चुमालको भनाइ छ ।

Hardik health

गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानले बताए । “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यहाँ रोक्न सकिन्छ”, उनले भने ।

मोटरबोट सञ्चालन गरी स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए । उनले भने, “उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यसको लागि समन्वय गरेका छौँ । यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ ।”

गाउँपालिकाले वडा नं १ को आँधीमूलमा कृत्रिम ताल बनाउने योजना अघि सारेको छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न यहाँ ताल बनाउने योजना अगाडि सारिएको अध्यक्ष चुमानको भनाइ छ । उनका अनुसार चालु आवमा रू ५० हजार बजेट विनियोजन गरी ताल निर्माणको योजना बनाइएको छ ।

पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायत स्थानले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ ठूली एकादशीका दिन विशेष मेला लाग्ने गरेको गाउँपालिका कार्यालयले जनाएको छ । 

गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवानका आकृति बनाइएको छ । ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुँदिएको छ । 

यहाँ थप पूर्वाधार निर्माणका लागि रू पाँच करोड बजेट आवश्यक देखिएको गाउँपालिकाका अध्यक्ष चुमालले बताउनुभयो । उहाँका अनुसार थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ ‘स्काइ साइक्लिकिङ’, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । गत वर्ष सर्वसाधारणको सुविधाका लागि शौचालय निर्माण भइसकेको छ । 
 


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP