Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • आगलागीबाट प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त
आगलागीबाट प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ४, २०८०

कायरो- कायरोमा भीषण आगलागीले ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको एएफपीका एक पत्रकारले बताएका छन् । 

आगोले कायरोको गिजा जिल्लामा अल–अहराम स्टुडियोलाई आफ्नो चपेटामा पार्दा भित्रका सबै कुरा जलेको थियो । नजिकैका तीन भवनमा आगो फैलिनुअघि भवनहरू खाली गराइएको थियो । छिमेकी घरका बासिन्दाहरू शनिबार बिहान सडकका भुइँमा सुतिरहेको एएफपीका पत्रकारले बताएका छन् । 

इजिप्टमा घातक आगलागी सामान्य खतरा हो । यहाँ अग्नि संहिता विरलै लागु हुन्छन् र आपत्कालीन सेवाहरू प्राय सुस्त गतिमा पुग्छन् । सुरक्षा स्रोतहरूले आगलागीबाट कसैको पनि मृत्यु नभएको तर धुवाँबाट पीडित केही मानिसलाई घटनास्थलमै उपचार गरिएको बताएका छन् । 

Hardik health

स्थानीय मिडियाका अनुसार रमजान टेलिभिजन शृङ्खलाका लागि छायाँकन सकिएको २४ घन्टापछि आगो लागेको हो । गत सोमबारदेखि सुरु भएको मुसलमानहरूको पवित्र उपवास महिना रमजानमा इजिप्ट र बाँकी अरब संसारमा दर्शकहरूको सङ्ख्या उच्च हुन्छ । 

सुरक्षा स्रोतहरूका अनुसार आगलागीको कारण अझै थाहा भएको छैन । आगो निभाउन अग्निशमनकर्ताहरूलाई छ घन्टाभन्दा बढी समय लागेको थियो । आगलागी देखेका छिमेकी युसुफ मोहम्मदले दमकलहरू आइपुग्नुअघि नै वरपरका घरहरूमा आगो फैलिसकेको बताए

अल–अहराम स्टुडियोको स्थापना सन् १९४४ मा भएको थियो र यसलाई २७ हजार वर्गमिटरमा बनाइएको थियो । यसमा तीन उत्पादन चरण, एक स्क्रिनिङ कक्ष र एक सम्पादन सुइट समावेश थिए । स्टुडियोमा इजिप्टका अनगिन्ती फिल्म र टेलिभिजन शृङ्खला बनाइएको छ । 

सन् १९५० को दशकमा इजिप्ट विश्वको तेस्रो सबैभन्दा ठूलो फिल्म निर्माता थियो । अहिले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटमा परेको इजिप्टले अरब संसारको सिनेमा उत्पादनको तीन चौथाई हिस्सा ओगटेको छ । 


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP