Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पिंक टुरिजमका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा
पिंक टुरिजमका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २, २०८०

काठमाडौं -  मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ राजदूत घोषणा भएका हुन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले टुरिजम कन्फ्रेन्समा स्टार प्रमोटर पनि घोषणा गरेको छ। पराक्रम राणा र डा. मौसम बोहरा टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका स्टार प्रमोटर घोषणा भएका हुन्। 

रेहान श्रेष्ठ भिजिट नेपाल २०-२० को एम्बेसडर थिए। पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स २०२४ का लागि श्रेष्ठ एम्बेसडर घोषणा भएका हुन्। डा. मौसम बोहरा सफल महिला उद्यमी हुन्। निजी क्षेत्रलाई पिंक टुरिजम प्रमोसनका लागि सहयोगी भूमिका निर्वाह गर्नमा बोहरा लाग्नेछिन्। 

सबै मिलेर नै समावेश हुँदै कार्यक्रम सफल बनाउन लाग्नु पर्ने मार्टिनीकी कार्यकारी निर्देशक बोहराले बताइन। पराक्रम राणा कन्टेन्ट क्रियटर एवं ब्लगर पनि हुन्। उनले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक फ्रेण्डली कन्ट्री बताए। ‘नेपाल सुरक्षित देश हो,’उनले भने,‘यहाँ (नेपाल) आउन आव्हान गर्छु।’

यसअघि इन्टरनेसनल कन्फ्रेन्सका लागि ब्लगर लेक्स लिम्बु पनि स्टार प्रमोटर घोषणा भैसकेका छन्। अप्रिल २० र २१ तारिखमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनसँगै नेपालको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने मायाको पहिचान नेपालले विश्वास लिएको कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए। 

Hardik health

पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पिंक टुरिजम प्रवर्द्धनका लागि पन्तलाई जनवरी २०२४ देखि कल्चरल एमिसारी (राजदूत) नियुक्त गरेको थियो। उनले पिंक टुरिजमको माध्यमबाट नेपालमा पर्यटक भित्र्याउन सके नेपालको कुल गार्हस्थ्य उत्पादनमा ठुलो सहयोग पुग्ने बताए। नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले युएनडिपीको आर्थिक सहयोगमा २४ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई ट्रेकिङ गाइडको तालिम दिएपछि ट्राभल कम्पनीहरूले पनि चासो दिएको सुनाए। तालिम लिएकाहरू कतै न कतै आबद्ध भैसकेका उनले जानकारी दिए। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल दक्षिण एसियामै फ्रेन्डण्ली देश भनेर अन्तर्राष्ट्रिय स्तरमा पुगेको निर्देशक लामिछानेले बताए। नेपाल ‘डेस्टिनेसन फर अल’ भएको उनले बताए। नेपालमा राइड सेयर सञ्चालन गरेको टुटलका व्यवस्थापन अधिकृत (एमडी) रुविक जोशीले पिंक टुरिजममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘पर्यटन प्रवर्द्धनमा अर्को फ्याक्टर भनेको ट्राभल पनि हो,’जोशीले भने,‘नेपाललाई ट्राभल गर्न सुरक्षित मानिन्छ। भाउतोल गर्न नपरोस्।’ उनले टुटलले सुरक्षित राइडिङ सेवा दिइरहेको बताए। 

पिंक टिफानीकी सञ्चालिका सहारा खड्काले मायाको पहिचान नेपालले पहिलो पटक पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्स आयोजना गरेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि राम्रो काम गरेको सुनाइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सञ्चालन गरेको होटेल नचल्ला भन्ने डर हटेको बताइन्। सम्मेलनमा सय वटा भन्दा बढी किताबका लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक, एजेन्ट अफ इस्कका संस्थापक पारोमिता बोहरा प्रमुख वक्ताको रूपमा रहनेछन्। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याएर पर्यटन उद्योगमार्फत देशभित्रका समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको पन्तले बताए। 


सम्मेलनमा सहभागी हुनका लागि अनलाइन आवेदन खुल्ला भैसकेको छ। मायाको पहिचान नेपालका अनुसार संस्थाको वेबसाइट https://mayakopahichan.com/मा अनलाइन फारम भर्न सकिनेछ। सम्मेलनमा सहभागी हुन अमेरिका, बेलायतसहित दक्षिण एसियाली देशहरूबाट आवेदन प्राप्त भएको मायाको पहिचान नेपालले जनाएको छ। नेपाल दक्षिण एसियामै कानुनी रूपमा समलिङ्गी (इन्द्रेणी) विवाह दर्ता गर्ने पहिलो देश बनेको छ। नेपालको संविधानमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार लेखिएको छ। संविधानको धारा १२ मा लैङ्गिक पहिचान अनुसारको नागरिकता जारी गर्ने व्यवस्था छ भने धारा १८ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि विशेष कानुन बनाउने व्यवस्था छ। 

संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको हक सुनिश्चित गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि सन् २००१ देखि संस्थागत अभियान सुरु गरेका पन्तकै नेतृत्वदायी भूमिकाका कारण संवैधानिक अधिकार सुनिश्चित भएको समुदायले बताउँदै आएका छन्। 

संविधान जारी ८ वर्ष पूरा हुँदासम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि पन्तले नै स्थापना गरेका संस्थाको भूमिका निष्क्रिय भए पछि पन्त पुन सक्रिय भएर लागेका छन्। पन्तकै पहलमा लमजुङको दोर्दी, बर्दियाको बढैयाताल, भलै सर्वोच्च अदालतको आदेश उल्लेख नगरी कैलालीको कैलारी गाउँपालिकाले समलिङ्गी, तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गरेर देशको नाम अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन सफल भएका छन्। 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP