Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • रुसमा ज्यान गुमाउँदै नेपाली
थप सात जनाको मृत्यु  रुसमा ज्यान गुमाउँदै नेपाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २, २०८०

 

 

  • यसअघि १२ जनाको मृत्यु भएकोमा बिहीबार परराष्ट्रले थप सात जनाको मृत्यु भएको पुष्टि गरेको हो
  • नेपाली नागरिकसँग गरेको सम्पूर्ण सम्झौता रद्द गर्न रुसी सेनालाई परराष्ट्र मन्त्रालयको अनुरोध 
  • नेपालीको अवस्था बुझ्न परराष्ट्रमन्त्री आफैं रुस जान इच्छुक


काठमाडौं– केही दिनअघि रुसी सेनामा भर्ना भएका नेपालीहरुले नेपाल सरकारले उद्धार गरिदिन भारत सरकारसामु याचना गरेका थिए । उनीहरुको बिलौना थियो– नेपाल सरकारले केही गर्न सकेन ।

‘हमारे नेपालसे कुछ नहीं हो रहा है । हम चाहते हैं कि यहां मौजूद सभी नेपाली अपने वतन लौट चाहते हैं,’ भारत सरकारको भरोसा गर्दै रुसी सेनाको कम्ब्याट लगाएका उनीहरुले हिन्दी भाषामै भन्दै थिए, ‘नेपाल और भारतके बीच अच्छे सम्बन्ध हैं । भारत और भारतीय दूतावास शक्तिशाली हैं । इसलिए हम आपसे मद्दत माँगना चाहते हैं ।’

Hardik health

आफू ३० जनाको टोलीमा आएकामा अब समूहमा पाँच जनामात्र बाँकी रहेको ती युवाले भिडियो सन्देशमा बताएका छन् । भारत गुहारेको भिडियो सन्देश आएको केही दिनमै सरकारले रुसी सेनामा भर्ना भएका थप सातजना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । 

रुसी सेनामा रहेका नेपालीलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको उल्लेख गर्दै बिहीबार परराष्ट्रले सातजनाको मृत्यु भएको पुष्टि गरेको हो ।

‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको उपरोक्त प्रयासहरुका बावजुद रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकहरुको ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ ।’

परराष्ट्रका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।


सरकारले गत पुस ४ गते सार्वजनिक सूचना जारी गरेर सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाउन सम्बद्ध सबैलाई पुनः स्मरण गराएको थियो ।

यसअघि १२ जना नेपालीको मृत्यु भइसकेको परराष्ट्रले पुष्टि गरिसकेको छ । मंसिर १८ गते विज्ञप्ति जारी गर्दै परराष्ट्रले छ जनाको मृत्यु भएको जनाएको थियो । त्यतिबेला गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राजकुमार रोका र इलामका गंगाराज मोक्तानको ज्यान गएको परराष्ट्रले जनाएको थियो ।

त्यसपछि पुस १७ गते स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जनाएका थिए । यसैगरी रुसी सेनामा भर्ती भएका केही नेपाली युक्रेनको कब्जामा रहेको बताइएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई फर्काउन, ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउन र पीडितका परिवारलाई क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई अनुरोध गरेका थिए । फागुन २४ गते लाभ्रोभसँग टेलिफोनमार्फत कुराकानी गर्दै मन्त्री श्रेष्ठले रुसका विदेशमन्त्रीसँग उक्त अनुरोध गरेका थिए । यसैगरी मन्त्री श्रेष्ठले बुधबारमात्र यस विषयमा विस्तृत बुझ्न रुसी राजदूत अलेक्सेई नोभिकोभसँग भेटेका थिए । राजदूत नोभिकोभसँग श्रेष्ठले आफू रुस जाने इच्छासमेत व्यक्त गरेका छन् ।

कति नेपाली रुसी सेनामा संलग्न छन् भन्ने जानकारी सरकारसँग छैन । यस्तो अवस्थामा रुसले नेपालीसँग गरेको सबै सम्झौता रद्द गर्न मन्त्री श्रेष्ठले माग गरेका छन् । ‘रुसी सेनामा कति सेना छन् सरकारलाई थाहा छैन । रुसी सेनामा नेपालीले गरेका सम्झौता रद्द गर्नसमेत हामीले अनुरोध गरेका छौं,’ श्रेष्ठले भनेका छन् । यसअघि तत्कालीन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पनि रुस जाने इच्छा देखाएका थिए । तर गठबन्धन परिवर्तन भएसँगै साउद पदमुक्त भए ।

 

 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:१२
#रुसी_सेना
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस
अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस सोमबार, मंसिर १, २०८२
घाइते चितुवाको उद्धार
घाइते चितुवाको उद्धार सोमबार, मंसिर १, २०८२
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयाे
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयाे सोमबार, मंसिर १, २०८२
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP