Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धन टिकाउन ‘पावर सेयरिङ’
गठबन्धन टिकाउन ‘पावर सेयरिङ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३०, २०८०
  • प्रधानमन्त्री दाहालले विश्वासको मत नपाए देश दुर्घटनामा जाने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति
  • विश्वासको मतका लागि अरू दलको बार्गेनिङका कारण प्रधानमन्त्री दाहाल ‘पावर सेयरिङ’मा निकै खुम्चिने
  • माधव नेपाल र झलनाथ खनाललाई मनाउन प्रधानमन्त्री दाहाललाई अझै मुस्किल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदै छन् । सत्ता गठबन्धन फेरेका उनले यो कार्यकालमै तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाएका छन् । सोही बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा(२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुहुने,’ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको संसद्को कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

विश्वासको मत पाउनेमा ढुक्क
नयाँ गठबन्धनमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी भित्रिएसँग यसपटक पनि विश्वासको मत पाउनेमा दाहाल ढुक्क देखिन्छन् । यद्यपि पहिलोपटक विश्वासको मत लिँदा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मत भने दाहालले नपाउने भएको छ । राप्रपाले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै प्रधानमन्त्री दाहालले आफ्नो दलबाट ३२, एमालेबाट ७६, रास्वपाबाट २१, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० मत पाउने निश्चित भएको छ । कांग्रेसले भने विपक्षमा मत हाल्न ह्विप जारी गरिसकेको छ । प्रधानमन्त्रीका पद जोगाइरहन १३८ मत भए पुग्छ ।

यसअघि दुईपटक पाएका थिए विश्वासको मत
अघिल्लो पुस १० गते प्रधानमन्त्री नियुक्त दाहालले पहिलोपटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत छ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका उनले त्यतिबेला २६८ मत पाएका थिए । राष्ट्रपति चुनावलाई लिएर कांग्रेसले दाहाललाई विश्वासको मत दिएका थिए । 
अघिल्लो वर्षको फागुन १२ गते नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । विश्वासको मतको पक्षमा १७२ सांसदले मतदान गरेका थिए । दोस्रोपटक विश्वासको मत लिँदा दाहाललाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको एमाले–माओवादीसहित सात दलको सत्ता गठबन्धन भत्किएको थियो । 
त्यसपछि कांग्रेससहित बनेको गठबन्धन यही फागुन २१ गते भत्कियो । एक वर्षपछि एमाले र रास्वपा दाहाल नेतृत्वको गठबन्धनमा पुनः भित्रिएसँगै दाहालले विश्वासको मत लिन लागेका हुन् ।

ओलीको उर्दी– देशलाई दुर्घटनामा जान नदिऔं
सत्ता सहयात्री दल एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नै आफ्ना सांसदहरुलाई प्रधानमन्त्री दाहालको पक्षमा मत हाल्न उर्दी जारी गरिसकेका छन् । ‘प्रधानमन्त्री दाहालजीले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो । त्यसैले हामीले दिल खोलेर विश्वासको मत दिनुपर्छ,’ उनले भने, ‘विश्वासको मत नपाए संविधानका धारा ७६ को उपधारा २ को मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ । र, उपधारा ३ अनुसारको अल्पमतको सरकार बन्न सक्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै ओलीले यदि उनको नेतृत्वमा सरकार बने कामै नलाग्ने दाबीसमेत गरे । ‘असफल हुनेबित्तिकै राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हिसाबले प्रधानमन्त्री नियुक्ति गर्ने छ,’ मंगलबार बसेको संसदीय दलको बैठकमा ओलीले भने, ‘अल्पमतको, अयोग्य, कुनै संकल्प नभएको सरकार बन्ने छ । सरकारमात्र देख्ने त्यस्तो पार्टीलाई नेतृत्वमा आउन नदिउँ ।’

दाहालले विश्वासको मत नपाए देश दुर्घटनामा जानेसमेत उनले बताए । ‘बेस्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ,’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । दुइटा मात्र अप्सन छ । कि त दाहालको नेतृत्वमा यो समीकरण कायम रहन्छ,  कि त ७६(३) अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ । अल्पमतको सरकार बन्नु भनेको देशलाई दुर्घटनामा लानु हो ।’

माधव–झलनाथ फकाउन मुस्किल
१० सांसद रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाललाई मनाउन भने यो गठबन्धनलाई सकस भएको छ । अध्यक्ष नेपालले आफूलाई एक वर्ष प्रधानमन्त्री बनाउनुपर्ने माग अघि सारिसकेका छन् । यसका लागि नेपालले लिखित सहमतिपत्रसमेत खोजेका छन् । यसअघि पटक–पटक धोका पाइसकेको भन्दै नेपालले लिखित सम्झौता गर्न खोजेका हुन् । नेपालले यो माग अघि सारेपछि ‘पावर सेयरिङ’मा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्ष पाउने भएको छ ।

राष्ट्रिय सभामा गठबन्धनको सहमतिअनुसार माओवादीका नारायणप्रसाद दाहाल ३९ मत पाएर अध्यक्ष पदमा निर्वाचित भएका छन् । अहिले राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीकै उर्मिला अर्याल रहेकी छन् । नेपाललाई प्रधानमन्त्री दिने विषयमा कुनै छलफल नभएको एमाले नेताहरु बताउँछन् । यता एकीकृत समाजवादीका सम्मानित नेता खनालले उपनिर्वाचनमा इलाम–२ बाट उम्मेदवारी दिन चाहेका छन् । गत निर्वाचनमा कांग्रेससँग गठबन्धन गरी इलाम–१ बाट चुनावमा होमिएका उनी एमालेका महेश बस्नेतसँग करिब तीन हजार मतान्तरमा पराजित भएका थिए । एकीकृत समाजवादी सरकारबाट बाहिरिए जसपा पनि बाहिरिने डरले दाहाल ओलीले दुबैलाई थुम्थुम्याउने प्रयास जारी राखेका छन् ।
यही कारण दाहाल कमजोर बन्दै जाने देखिएको छ । सत्ता गठबन्धनबीच अबको १५ महिना दाहाल, त्यसपछिको एक वर्ष नेपाल र बाँकी समय ओली प्रधानमन्त्री बन्ने भित्री सहमति भएको बताइएको छ । 
 

 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP