Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • शक्तिको भक्ति !
शक्तिको भक्ति !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन २९, २०८०

अहिले भौमानका नाममा अनगिन्ती कुरा हुन थालेका छन् । को भौमान, को मानव, को दानव बुझ्न नै कठिन छ । ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्ने छ कवि’ होइन, ‘जहाँ पुग्दैन कवि, त्यहीँ पुग्छ रवि !’ जस्तै भएको छ । शक्तिको भक्ति अहिले हो र ऊ बेलादेखि नै भएको थियो । भन्छन्– कस्तो गणेश प्रवृत्ति । विचरा, यति लामो सँुढ भएको गणेशलाई दोष दिन्छन् ? सक्नेले कर्म गर्ने हो नसक्नेले मात्र भक्ति गर्ने हो !

सत्ता र भत्ता उस्तैउस्तै हुन् जति खाए पनि नअघाउने । बीरबहादुरले त्यसै भक्तिगान गर्ने ग¥या हो र ? विचरा, कर्म गर्दा केही नै नभएपछि शक्तिको भक्तिगानमै छ । ‘आऊ, मिलाउँ हाम्रा यी हातहरु’ भन्दै भक्तिगान गर्न थालेपछि पो बीरबहादुरका दिन सुरू भए । कवि नपुग्ने ठाउँमा रवि पुग्न थाल्या छ नि !

सत्य युगमा शिवका पुत्र गणेशले सुमेरु पर्वत परिक्रमा गर्न गएनन्, तर कुमार सुमेरु पर्वत परिक्रमा गरेर फर्कंदा गणेशले शिवको भक्तिमा आफ्नो आवश्यकता पूरा गरिसकेका थिए । अर्थात् त्यसबेलादेखि नै शक्तिको भक्ति थियो भनेरै होला बीरबहादुर आजकल कर्म हैन भक्तिमै तल्लीन छन् ।

बीरबहादुरको भक्तिगानले छिमेकी लुरेले पनि आजकल भक्तिगान गर्न थालेको छ । हिजोसम्म सत्य कुरा गर्ने, कर्ममा विश्वास गर्ने लुरे, वीरबहादुरको संगतले नै होला आफ्नो त्यस्ता त भन्ने चीजमात्र हो पो भन्न थालेका छन् । कम्तीमा कर्मको त विश्वास गर साथी । 

Hardik health

मान्छेको अनुहारैपिच्छे कुरा गर्न खप्पिस बीरबहादुरले लुरेलाई कहाँ सबै शक्तिका सामु लैजान्थ्यो र ? जहाँ–जहाँ आफ्नो स्वार्थ पूरा गर्नुपर्ने थियो त्यही लुरेको उपस्थिति उसका लागि महŒवपूर्ण हुन्थ्यो । लुरेको बोलीलाई भरपूर प्रयोग गर्न सफल भएको थियो । काप्राका बोटमुनि बीरबहादुरले देखाएको ‘आफू हुँदा ठीक, अरू हुँदा बेठीक’ भन्ने लुरेले बुझेको भने थिएन ।

जता हावा लाग्छ उतै हल्लिन जान्ने बीरबहादुर र नानीदेखि सत्य बोल्ने लुरेले दुई÷चार दिनमा नै के भक्ति गर्न सक्थ्यो र शक्तिको ! लुरेका हजुरबाले भन्थे, ‘दरबार नपस्नु, खरानी नधस्नु’ । अहिले दरबार पनि बस्नै पर्छ खरानी पनि धस्नै पर्छ । नत्र उही हो ताल । बाटोमा हिड्न पनि मुश्किल पर्छ । 

पहिले पो एउटा राजदरबार थियो । अहिले त दरबार नै दरबार छन् । दाहाल दरबार, देउवा दरवार, ओली दरबार, यादव दरबार, नेपाल दरबार । नगई हुँदै नहुने ! नगए पछि परिने । विचरा, लुरे दरबारतिर लागोस् । उता जिम्मेवारी पूरा गर्न पो लागोस् । यता गए उता छुट्ने, उता गए यता छुट्ने । धेरै बैगुनी । शक्तिका लागि मुखै हेर्दिनँ भनेर पनि लास्टा अँगालो नै मार्नुपर्ने ।

दुई/चार दिन बीरबहादुरको संगतले भक्तिगानमा हिँडेको लुरे फेरि उही लाइनमा आइसकेको छ । नानीदेखि लागेको बानी विचरा ! कसरी छुट्थ्यो र । कार्यालय गयो हाकिमको भक्ति, संगठनमा गयो नेताको भक्ति, काम गर्न हिँड्यो काम लगाउनेको भक्ति ! भक्ति गर्दा गर्दै विचरा लुरेका सकिने भो शक्ति ! शक्तिको भक्ति गर्नुपर्ने बेलामा भक्ति गर्दै शक्ति सकिएपछि के–के पाउँथ्यो र फल !

हिजो आज विद्यालयका मास्टरहरु संगठनका नेताहरुको भक्तिमा, प्रधानाध्यपक शिक्षाका हाकिमको भक्तिमा, कर्मचारीहरु गुट उपगुटका भक्तिमा, प्रशासकहरु शक्ति केन्द्रको भक्तिमा ठेकेदारहरु नेताको भक्तिमा । सबै भक्तिहरु धनको शक्तिमा । यही शक्ति र भक्तिका कारण लुरेले बीरबहादुरसँग सम्बन्ध बिच्छेद गरेको छ ।

किनकि, आज सम्बन्ध बिच्छेद पनि उही भक्तिका गाउँमा छ । उता श्रीमान् खाडीमा, यता श्रीमती अर्कैको रंगीन साडीमा भएपछि गाउँमा माल्दाइले भने जसरी नै सम्बन्ध बिच्छेद बढेको छ । 

त्यही भएर शक्तिको भक्ति अपरम्पार छ । सत्तामा पुग्नेलाई पनि शक्तिको भक्ति गाउनु परेको छ । नगाई त सुखै छैन । पद प्रतिष्ठा सबै शक्तिकै भक्तिमा अडिएको छ । त्यही भएर होला गठबन्धनको दिक्दारी भएर शक्ति पाउन आएकाहरु त्यही गठबन्धनसँग मितेरी लगाई भक्ति गाइदिएका छन् । कुरा एकातिर काम अर्कोतिर भएको छ । सत्ययुगमा महादेवले त भक्ति गान गर्ने गणेशलाई वोकेर हिडँे भने अहिले कलियुगका शिवहरुले के बोकेर हिड्छन् त ? 

कलियुगमा कर्म गर्नेहरुसँग डराउनु पर्ने लुरेले थाहा पाइसकेको छ । कलियुग त सुन तस्करहरुको हो । ब्याज असुल्नेहरुको हो । ठगी गर्न जान्ने, झूठो खेती गर्न जान्नेहरुका लागि फलिफाप नै हो । अरूलाई त पाएसम्म भित्ता पु¥याउने नै हो । बीरबहादुरहरुले त्यसै शक्तिको भक्ति गरेका होइनन् । आज बीरबहादुर त्यसै बीरबहादुर बनेको छैन । अनि लुरे सधंै मरन्च्याँसेभन्दा बाहिर आउन नसकेको पनि त्यही भएर होला । नभएको कुरा पनि हो भन्न नसक्ने लुरेहरुका लागि खाडी नै ठीक छ । 

बीरबहादुरहरुलाई यहीँको राष्ट्रवाद ठीक छ । जसरी पनि, जहिले पनि, जति पनि, जोसुकैसँग पनि, जुनसुकै बेला पोलेरै भ्याउनु छ । शक्ति र भक्तिका सामु जोगी र भैँसी उस्तैउस्तै हुन् । शक्ति भक्तिसँग डराउने, भक्ति शक्तिसँग डराउने । दुवैको भूमिका उस्तै । कलियुगका छेपारे भगवान्हरु शक्तिविना पानीविनाको माछाजस्तै हुन्छन् । छट्पट–छट्पट भइ नै रहने स्तुतिगान भएन भने त निद्रा नै नलाग्ने ।

त्यही भएर नै होला लुरेहरु लाहुर पसे, बीरबहादुरहरु दरबार घुसे ! प्रसोसन खाउँ भक्ति गाउँ । सत्ता पाऊ, भक्ति गाउँ । यो, त्यो, ऊ, सबै आफ्नै बनाउँ तर वन्दना गर्दै भक्ति गाऊ । शक्ति देखाऊ । विनाभक्ति लुरेहरुको हुँदै हुँदैन शक्ति । त्यसैले आऊ, मिलेर गाउँ शक्तिको भक्ति !
 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP