Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गण्डकीमा नयाँ सरकार गठनमा  राप्रपा निर्णायक
गण्डकीमा नयाँ सरकार गठनमा  राप्रपा निर्णायक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २९, २०८०

गण्डकी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । 

कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । गठबन्धनलाई बहुमत पुर्याउन एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको छ । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि गठबन्धनमा आबद्ध दलहरूले राप्रपाको साथ खोजेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूले राप्रपासँगको संवादलाई अगाडि बढाएका छन् । 

एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाले गठबन्धनलाई समर्थन गर्ने दाबी गरे । “राप्रपाले गण्डकी प्रदेश सरकार गठनमा सहयोग गर्नेमा हामी ढुक्क छौँ, जिम्मेवार दलका रूपमा राजनीतिक स्थिरताका लागि भूमिका खेल्नु उसको पनि दायित्व हो”, उनले भने, “विगतदेखि नै राप्रपासँग सहकार्य हुँदै आएको हो, अहिले पनि मिलेरै अगाडि बढ्ने वातावरण तयार हुँदैछ ।” 

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयले पनि गण्डकीमा गठबन्धनलाई सरकार गठन गर्न सहज हुने देखिएको प्रमुख सचेतक नेपालीले बताए ।  सोमबारको बैठकबाट सङ्घ सरकारलाई समर्थन नगर्ने निर्णयमा पुगेको राप्रपाले प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा भने पार्टी अध्यक्षले सम्बन्धित प्रदेशसँग परामर्श गरेर उपुयक्त निर्णय लिनसक्ने निष्कर्ष निकालेको थियो । 

“राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ । प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ”, राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले पनि गण्डकीको सत्ता–राजनीतिमा देखिएको अन्योलता हटाउन राप्रपाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे  । संसदीय दलको बैठकले परिवर्तित सन्दर्भमा नयाँ सरकार निर्माण प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि सहयोग गर्न दलहरूलाई आह्वान गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए । 

“माओवादी केन्द्रका तर्फबाट राप्रपालगायत अन्य राजनीतिक दल र पक्षसँग आवश्यक संवाद तथा समन्वयका लागि दलका नेता हरिबहादुर चुमानलाई जिम्मा दिइएको छ”, प्रमुख सचेतक पुनले भने । माओवादी केन्द्र प्रदेशसभा संसदीय दलका नेता चुमानले पनि नयाँ गठबन्धनकै सरकार बन्ने जिकिर गरे। 

“राप्रपासँग हामी संवादमै छौँ, गठबन्धनको केन्द्र तहबाट पनि सहकार्यका लागि पहल भइरहेको छ”, उनले भने, “नयाँ गठबन्धनकै सरकार बन्छ, नेतृत्व कुन दलले गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी छ ।” २७ सिटको कांग्रेससँग राप्रपा मिल्दा पनि बहुमत नपुग्ने हुँदा राप्रपाले एमाले–माओवादी केन्द्रसहितको गठबन्धनलाई नै सघाउने नेता चुमानको विश्वास छ । 

गठबन्धनले प्रदेशको राजनीतिक शक्ति सन्तुलनका आधारमा नयाँ सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने उनले बताए । अन्य दलको नेतृत्वमा पटक–पटक प्रदेश सरकारका सहभागी भएको भन्दै अब बन्ने सरकारको नेतृत्वमा माओवादी केन्द्रको सशक्त दाबी रहने नेता चुमानले बताए । चारपटकसम्म प्रदेश सरकारमा पुगेको माओवादी केन्द्रले अहिलेसम्म मुख्यमन्त्री पाउन सकेको छैन । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउने अवस्था नरहेकाले संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार बन्ने नेता चुमानको भनाइ छ । माओवादी केन्द्रले यही फागुन २३ गते समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । त्यसअघि फागुन २२ गते मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेको थियो । 

बहुमत गुमाएका मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले सहज राजनीतिक निकासका लागि राप्रपा जिम्मेवार ढङ्गले प्रस्तुत हुने बताए । पार्टी केन्द्रसँगको परामर्श र निर्देशनअनुसार प्रदेश सरकारलाई समर्थन गर्ने÷नगर्ने विषय टुङ्गो लाग्ने उनको भनाइ छ । 

“राप्रपाले अघि सारेका मुद्दा र मागका विषयमा केन्द्र सरकार कसरी प्रस्तुत हुन्छ, त्यसमा भर पर्छ”, उनले भने, “एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले हामीले परिपक्व निर्णय लिन्छौँ, अहिले नै के हुन्छ भन्न सकिने अवस्था छैन, पार्टी केन्द्रको निर्देशनलाई पर्खिरहेका छौँ ।


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP