Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै
जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २८, २०८०

पाँचथर - पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वका हुन्छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै प्रचारप्रसारमा जोड दिइँदै छ । हुन त सबै पर्यटकीयस्थलमा बजेट पुग्न सकेको छैन भने बजेट पुगेका स्थल पनि पर्यटकको आकर्षण बनिसकेका छैनन् । तर फिदिम नगरपालिका–१३ को जेभाले भने स्थानीयवासीको सक्रियतामा धार्मिक र पर्यटकीयरुपमा विकास भइरहेको छ ।

फिदिम बजारबाट फिदिम–फालोट सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । फिदिम–फालोट सडकमा पर्ने फिदिम–१२ को डेरी बजारबाट कच्ची सडक हुँदै जेभालेसम्म पुग्न सकिन्छ । स–साना थुम्काको मध्यम टाकुरो, विशेष प्रकारका चट्टानहरुको सानो पहाड, खोचमा गुप्तेश्वर महादेव स्थानले सज्जित छ जेभाले । 

जेभालेबाट माथिपट्टि बूढीथाम धार्मिकस्थल छ । फिदिम–१३ को झुरुप्प घर रहेको सुन्दर बस्तीको शीरमा जेभाले सजिएर बसेको छ । जेभालेबाट फिदिम नगरपालिकाका अधिकांश वडासहित पाँचथर, तेह्रथुम र धनकुटाका सयौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । पाथीभरादेखि कुम्भकर्ण हिमालसम्म दूरदृश्यका लागि पनि जेभाले उपयुक्त छ ।  
अहिले जेभाले गुराँस र चापको सुगन्धले मगमगाएको छ । हातमा गुराँस टिपेर लुङरुपाको बस्तीमाथि हल्लाउँदा कम आनन्द पक्कै हुँदैन । गुप्तेश्वर महादेव स्थान दर्शनार्थीको मनोकाङ्क्षा पूरा गर्न तम्तयार भए झैं लाग्छ यहाँ पुग्दा । तर यति आकर्षणले स्थानीयवासीलाई पुगेको छैन् । अहिले त जेभाले थुम्कैपिच्छे संरचना बनाउन भ्याइनभ्याइ छ । कच्ची सडक हुँदै गुप्तेश्वर महादेव स्थानको प्रवेशद्वारमै पुगिन्छ । माथिपट्टि केही घर रहेको पञ्चमी भञ्ज्याङ पर्यटकको स्वागतमा तम्तयार देखिन्छ । बस्तीमा सफाचट सार्वजनिक शौचालय छ । 

दुई टाकुराको बीचमा अहिले आकर्षक खेलमैदान निर्माण भइरहेको छ । खुला सभाकक्ष निर्माण भइसकेको छ भने खेल मैदानसँगै शौचालय र खेल गतिविधि सञ्चालन गर्ने सानो कार्यालय बनिरहेको छ । यही निर्माण कार्यमा धमाधम श्रम गरिरहेको भेटिनुहुन्छ, गजेन्द्र राई । जेभाले बदल्ने हुटहुटीले हरबखत पिरोलिएको कोही मान्छे यहाँ भेटिन्छ त्यो गजेन्द्र राई नै हो ।

Hardik health

लामो समय शिक्षण पेसामा आबद्ध भई अहिले गाउँ बदल्न कस्सिएका गजेन्द्र राईबारे जेभालेकै होमबहादुर रिमालले भने “गजेन्द्र सरले पढाउन छोडेपछि हाम्रो गाउँ फेरिएको छ । हिजो कोही मान्छे यहाँ आइपुग्दैन थिए । आज दैनिकजसो घुमघाम गर्ने मान्छे आउन थालेका छन् । बर्सेनि ठूलो मेला लागिरहेको छ ।”

रिमालले भनेजस्तै जेभालेमा एक व्यवस्थित खेलमैदान निर्माण भइरहेको छ । गुप्तेश्वर महादेव स्थानदेखि वनभोज खान तयार पारिएको हुक्मा डाँडासम्म आकर्षक पदमार्ग निर्माण गरिएको छ । हुक्मा डाँडामा वनभोज खान आवश्यक सबै प्रबन्ध मिलाइएको छ । गुप्तेश्वर महादेव स्थानमा प्राकृतिकरुपमा भगवान् शिव र पार्वतीसँग सम्बन्धित दर्जनौँ आकृति रहेका छन् । धार्मिक दृष्टिले यसको विशेष महत्व रहेको यस क्षेत्रको विकासमा सक्रिय गजेन्द्र राईको भनाई छ ।

उनका अनुसार गुप्तेश्वर महादेव स्थानमा जेभाले नै पुख्र्यौली घर भई हाल अमेरिका बसोबास गर्ने नारद रिमालको परिवारले रु ३५ लाख लगानीमा पूर्वाधार निर्माण गरिदिएका छन् । अब गुप्तेश्वर महादेवको महिमा प्रचारप्रसारको आवश्यकता रहेको राईको भनाइ छ । जेभालेमा व्यवस्थित खेल मैदान निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । यस वर्ष कोशी प्रदेश सरकारको रु २५ लाखको लागतमा खेलमैदान व्यवस्थित गर्ने काम भइरहेको राईले बताए । “अहिले खेलमैदान मात्रै भएर पुग्छ भन्ने सोचबाट माथि उठेर खेल मैदानसँगै पक्की शौचालय र कार्यालयको व्यवस्था गर्न लागेका छौँ”, राईले भने, “शौचालय नहुँदा खेलाडी समस्या पर्ने गरेको देखेर यही काम अन्यत्र पनि होस् भनेर खेलमैदानसँगै खेलाडीका लागि शौचालय र कार्यालय बनाउन लागेका हौँ ।” 

विसं २०७५ मा फिदिम नगरपालिकाबाट विनियोजित रु सात लाखमा खेल मैदान विस्तार गरी खेल्न लायक बनाइएको थियो । उसो त उक्त खेल मैदान निर्माणको आफ्नै कथा रहेको राई बताउँछन् । शान्तिदीप युवा क्लब र नवआशिष युवा मञ्चले २०६५ सालमा देउसी खेलेर खेल मैदान निर्माणका लागि चार रोपनी जग्गा खरिद गरेका थिए । यहाँ रहेको सिंहसिद्ध आविका नाममा रहेको जग्गामा सोही वर्षबाट श्रमदानमार्फत खेलमैदान निर्माण थालिएको थियो । 

यस पटक भने खेल मैदानसँगै दुवैतर्फको पहाड काटेर दर्शकका लागिसमेत सुविधा हुने व्यवस्था स्थानीयवासीले गर्न लागेका छन् । खेल मैदानसँगै मेला महोत्सवमा स्टल तथा होटल स्थापना गर्ने ठाउँको व्यवस्था गरिएको छ ।  वनभोज खाने व्यवस्था मिलाइएको हुक्मा डाँडामा अन्यत्रजस्तो समस्या छैन । यहाँसम्म सडक पुर्‍याइएको छ भने वनभोज खान आउनेले खानेकुराबाहेक कुनै सामग्री नल्याए पनि वनभोज खान सक्ने प्रबन्ध स्थानीयवासीले मिलाएका छन् । ठाउँ–ठाउँमा डस्बिन राखेर कहीँकतै फोहर हुन नदिने अभियान चलाइएको छ । रु आठ लाखको लगानीमा गुप्तेश्वर महादेव स्थानबाट पदमार्ग निर्माण गरी हुक्मा डाँडासम्म पुर्‍याइएको छ । 

विगतमा बाघ भालु भुक्ने भएकाले राई वान्तवा भाषाबाट उक्त स्थानको नाम हुक्मा डाँडा भनिएको राई बताउनुहुन्छ । वनभोजस्थलमा शौचालय, खानेपानी र भाँडाकुँडाको व्यवस्था गरिएको छ भने जनश्रमदान र स्थानीयवासीको लगानीमा विद्युत्समेत जडान गरिएको छ । “पिकनिक खाँदा आवश्यक पर्ने चम्चादेखि मासु काट्ने सामग्रीसम्म हामीले प्रबन्ध गरिदिएका छौँ, त्यो पनि निःशुल्क”, यहाँको विकास सक्रिय गजेन्द्र राईले भने, “शौचालय र वनभोजका लागि आवश्यक सामग्री भण्डार गृहमा जस्तापाता लगाउन बाँकी छ ।”

नगरपालिकाले डिजेल मात्रै उपलब्ध गराइदिँदा स्थानीयवासीले स्काभेटर प्रयोग गरी एक हजार २०० मिटर सडक निर्माण गरेर हुक्मा डाँडासम्म सडक पुर्‍याएका छन् । दृश्यावलोकनका लागि हुक्मा डाँडा सबैभन्दा उपयुक्त छ । “सफा मौसम हुँदा चारैतिर देख्न सकिन्छ । चाप र गुराँस पाइने, चराचुरुंगीको आवाजले गुञ्जिने ठाउँ हो यो”, राईले भन्नुभयो ।

पञ्चमी भञ्ज्याङबाट हुक्मा डाँडा जाने पदमार्गमा निकै आकर्षक चट्टानबाटिका (रक गार्डेन) रहेको छ । यहाँ फरक–फरक आकृतिका ढुंगा रहेका छन् भने ढुंगाको चेपमा गुफा रहेका छन् । यहाँ पेनगुइन, खरायोको कान जस्ता आकृतिका ढुंगा, ढुंगामै रुख अडेकोसमेत देख्न पाइन्छ । “यस स्थानको प्रवद्र्धनका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्छ । यसका लागि आकर्षक डिजाइन र बजेटको आवश्यकता छ”, राईले भने ।

प्रकृतिले सुन्दरता भरेको र स्थानीयवासी गजेन्द्र राईको अगुवाइमा सम्वद्र्धन थालिएको जेभालेमा पर्यटक आउन थालेपछि स्थानीयवासी दंग छन् । स्थानीयवासी होमबहादुर रिमालले भने, “यहाँ मान्छेहरु घुम्न आएर बजार लाग्न थालेको छ । पहिले चिहानघारी र तर्साउनेजस्तो छ भनेर मान्छे आउन डराउँथे । गजेन्द्र सरले स्कुल छोडेर आएपछि यहाँ सबै कुराको मुहार फेरोको छ ।”

समाजका लागि अहोरात्र खटेका गजेन्द्र सिदिन माध्यमिक विद्यालय फालेलुङमा माध्यमिक तहको अंग्रेजी शिक्षक थिए । तर समाजमा केही काम गर्न आग्रह गर्दा आफूलाई शिक्षकका रुपमा मात्रै लिने भएपछि ०७४ सालको स्थानीय तह निर्वाचनपूर्व उनले शिक्षण पेसाबाट राजीनामा दिए । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका राईले चुनाव जित्न त सक्नुभएन तर गाउँको विकासको अगुवाइ भने गरिरहनु भएको छ । “धेरै साथीभाइले हार्ने चुनावका लागि उम्मेदवार बन्न किन पेृसा छाडेको पनि भन्नुभयो । तर गाउँको विकास गर्ने मेरो सपनामा मेरो पेसा बाधक बनेको थियो”, उहाँले सम्झनुभयो । 

भव्य मेला लगाएर केही रकम सङ्कलन गरी सामाजिक क्षेत्रमा खर्चने, सार्वजनिक शौचालयलाई नमूना बनाउने, सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्नेजस्ता अभियान चलाएका राईको अगुवाइमा यस स्थानमा ०५६ सालमै अनिवार्यरुपमा शौचालय निर्माण र प्रयोग गर्ने अभियान चलेको स्थानीयवासी बताउँछन् । सीमित बजेटलाई समुचित प्रयोग गरेर पर्यटक तान्न थालेको जेभाले विशेषत आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP