Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
किल्चोकको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै हाइकर्स क्लब
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २७, २०८०

गण्डकी- तनहुँको म्याग्दे गाउँपालिका-३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रमा प्राचीनकालदेखि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित तीर्थस्थलमध्येको एक हो । प्राकृतिकरुपमा शिलामा कुँदिएका देवीका मूर्तिसँगै रहेका सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृति नै यहाँका विशेष आकर्षण हुन् ।

विशेषतः रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासले यहाँको गरिमा र महत्व अझै बढाएको स्थानीयवासी बताउँछन् । अकला मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि पछिल्ला समयमा सरकारी चासो र चर्चा बढिरहेको छ भने विभिन्न सामाजिक सङ्घसंस्थाले यसको प्रवद्र्धन र विकासलाई जोड दिएका छन् । 

पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४४औँ शृङ्खला किल्चोकस्थित अकला मन्दिर र आसपासका पर्यटकीय गन्तव्यलाई लक्षित गरी सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए।

“हामी प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गरिरहेका छौँ”, उनले भने, “सम्भावना भएर पनि प्रवद्र्धनका दृष्टिले पछाडि परेका गन्तव्यलाई उजागर गर्नु हाम्रो अभियानको मुख्य उद्देश्य हो ।”

Hardik health

पोखरामा रही विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्ति क्लबमा आबद्ध भएको बताउँदै उहाँले पछिल्ला समयमा हाइकिङप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको बताए । हाइकिङको ४४औँ संस्करणमा ३७ जना सहभागी बनेको जानकारी दिँदै अध्यक्ष रानाभाटले पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–३ धयेँरे चोकबाट सुरु भएको हाइकिङ बडगाउँ, किल्चोक अकला, बहपुर गाउँ, थानतिङ हुँदै जामुने कमलकोटीसम्म गरिएको बताए । स्थानीयको जागरुकता हुने हो भने एकदिवसीय हाइकिङका लागि धयेँरेदेखि जामुने कमलकोटीलाई उपयुक्त गन्तव्य बनाउन सकिने उनको भनाइ छ । 

प्राचीनकालदेखि यस क्षेत्रकै महत्वपूर्ण धार्मिक आस्था एवं विश्वासको केन्द्र बनिरहेको अकला मन्दिर र आसपासका क्षेत्रलाई उजागर गर्न हाइकिङ महत्वपूर्ण बनेको उल्लेख गर्दै उनले पछिल्ला समयमा रमणीय गाउँहरू मानवविहीन बन्दै जानु गम्भीर चुनौतीका रुपमा रहेको बताए ।

यहाँस्थित मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोरखालगायत स्थानबाट दर्शनार्थी आउने गरेका छन् । परापूर्वकालमा यही किल्चोक अकला हुँदै सेती नदी बग्न थाल्दा देवीको शक्तिका कारण यहाँबाट रोकिएर अर्को मार्गबाट बग्न थालेको किंवदन्ती रहेको स्थानीय समाजसेवी हरेराज बगालेले बताए। 

मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाएका थिए । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व एवं धार्मिक शक्ति रहेको बताउने गरेको स्थानीय बताउँछन् ।

गत वर्ष पुनःनिर्माण गरिएको अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताउनुले पनि यसको धार्मिक महत्वलाई थप उजगार गरेको स्थानीयवासीको तर्क छ । रातको समयमा मन्दिरको घन्टा आफैँ बज्नु, मन्दिर परिसरस्थित कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नु, मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलालाई जो कोहीले पनि हल्लाउन सक्नुलाई स्थानीयले यहाँको दैवी शक्तिका रुपमा लिने गरेका छन् ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेको बगालेले बताए । परापूर्वकालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर बढ्दै आएको स्थानीयवासीको तर्क छ । 

मन्दिरको संरक्षण र विकासमा जोड दिँदै पछिल्लो समयमा मन्दिरसहित शिवालय, सत्तल आदि निर्माण गरिएको छ । धार्मिक महत्वका गन्तव्यहरूको प्रवद्र्धन गर्न सकेमात्रै पनि धार्मिक पर्यटनका गतिविधि बढ्ने र त्यसलेस्थानीयलाई फाइदा पुग्ने पत्रकार सञ्जय आचार्यले बताए।  “हामीले हाम्रा ऐतिहासिक एवं धार्मिक सम्पदालाई अझै पनि पर्यटनसँग जोड्न सकेका छैनौँ”, आचार्यले भने, “आफ्ना स्थानको महत्वलाई उजागर गर्दै पर्यटकीय प्रवद्र्धनका लागि पहिलो सक्रयता त्यहाँ बसोबास गर्ने स्थानीयवासीको नै हुन्छ ।”

पछिल्लो समय अधिकांश रमणीय गाउँ बस्तीविहीन बन्दै जानु गम्भीर चुनौती बनेको बताउँदै उनले धार्मिक एवं ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्दै उत्पादन बढाउनसके बढ्दो युवा पलायनलाई रोक्न सकिने धारणा राखे ।


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP