Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतको शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा
भारतको शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २७, २०८०

भारत– आम निर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्नेछन् । 

मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एकजनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिएको छ । अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् । 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गर्नुभएको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उहाँले राजीनामा गरेको कारण भने बताएको छैन । एनडिटिभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिएको उल्लेख गरेको छ । 

Hardik health

निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन् । 

प्रमुख विपक्षी दल कांग्रेसका महासचिव के।सी। वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताए। “निर्वाचन आयुक्त श्री अरुण गोयलले लोकसभा (संसदीय) निर्वाचनको ठिकअघि राजीनामा दिनु विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त चिन्ताजनक हो”, उनले भने, “निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले कसरी काम गरिरहेको छ र सरकारले कसरी उक्त संस्थामाथि दबाब दिएको छ भन्नेबारेमा कुनै पनि पारदर्शिता छैन ।”

धेरै जनमत सर्वेक्षणले आम निर्वाचनमा मोदी र उहाँको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले सजिलै जित हासिल गर्ने सङ्केत गरेका छन् । गत वर्ष एक प्यु सर्वेक्षणमा करिब ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मकरूपमा हेरेको पाइएको थियो । 

युगभले फेब्रुअरीमा सहरी मतदाताहरूमा गरेको सर्वेक्षणमा भाजपाले हरेक उमेर र लिङ्ग जनसाङ्ख्यिकीमा धेरै विपक्षी पार्टीमाथि सजिलै अगाडि बढिरहेको देखाएको थियो । 
 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भियतनाममा पार्टी काङ्ग्रेस सुरु
भियतनाममा पार्टी काङ्ग्रेस सुरु सोमबार, माघ ५, २०८२
जापानमा मध्यावधि चुनावको घोषणा हुने
जापानमा मध्यावधि चुनावको घोषणा हुने सोमबार, माघ ५, २०८२
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP