Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकाले साइप्रसको बाटो हुँदै गाजाका लागि सहायता पठाउने तयारी
अमेरिकाले साइप्रसको बाटो हुँदै गाजाका लागि सहायता पठाउने तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, फागुन २६, २०८०

काठमाडौं– अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचेन’ ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिबार बताएको छ ।

गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसको लार्नाका बन्दरगाहमा तीन साताअघि स्पेनको ध्वजाबाहक जहाज ‘ओपन आम्र्स’ डुबेको थियो ।

“‘वल्र्ड सेन्ट्रल किचेन’को टोली साइप्रसमा मानवीय सहायताका सामानहरू उत्तरी गाजातर्फ जाँदै गरेको डुङ्गामा लोड गरिरहेको छ,” संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“हामी हाम्रो विश्वासिलो गैरसरकारी संस्था साझेदार ‘ओपन आम्र्स’सँग समुद्री सहायता करिडोर खोल्नका लागि हप्तौंदेखि तयारी गरिरहेका छौं जसले हामीलाई यस क्षेत्रमा हाम्रो प्रयासलाई विस्तार गर्न अनुमति दिने विश्वास गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

Hardik health

इजरायल–हमास युद्धको पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि गम्भीर मानवीय अवस्थाका कारण केही देशले खाद्यान्न र अन्य सहायता ढुवानी गर्न बाध्य भएको गाजाका जनताका लागि आवश्यक सामग्रीले भरिएको बार्ज निर्माण गर्ने योजना रहेको च्यारिटीले जनाएको छ ।

“गाजामा मानवीय सामुद्रिक करिडोर स्थापना गर्ने प्रयासमा प्रगति भइरहेको छ, र हाम्रो सयौँ टनले भरिएको जहाज प्यालेस्टिनी नागरिकका लागि खाना, पानी र महत्वपूर्ण आपूर्तिको क्षणको सूचनाका लागि पर्खिरहेको छ,” ‘ओपन आम्र्स’ ले सामाजिक सञ्जाल एक्समा भनेको छ ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले आइतबार लार्नाबाट सामुद्रिक करिडोर खुल्ने आशा व्यक्त गरेको छ । 

उहाँले संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा शुक्रबार ‘पाइलट अपरेसन’ सुरु गरिने बताएको छ यसले ‘गाजाका जनताका लागि सामानको धेरै ढुवानीमध्ये पहिलो’ ढुवानीलाई सुनिश्चत गरेको छ ।

गाजामा कुनै पनि बन्दरगाहहरू सञ्चालनमा छैनन् र अधिकारीहरूले प्रारम्भिक ढुवानीहरू कहाँ जानेछन्, ती इजरायलद्वारा निरीक्षणको अधीनमा रहनेछन् वा कसले सहायता वितरण गर्नेछन् भन्ने बारे केही बताएनन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गाजामा ‘अस्थायी स्टेशन’ स्थापना गर्ने अमेरिकी योजनामा ६० दिन लाग्ने र त्यसमा एक हजारभन्दा बढी अमेरिकी सैनिक संलग्न हुने जनाएको छ ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट गाजा युद्ध शुरु भएको थियो । आक्रमणमा एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २४० जनालाई आक्रमणपछि बन्धक बनाइएको इजरायली तथ्याङ्कले देखाउँछ ।

आक्रमणको लगत्तै हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले निरन्तर सैन्य आक्रमण गरेको छ । हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कम्तीमा ३० हजार ८७८ व्यक्तिको मृत्यु भएको छ ।

सन् २००५ मा गाजाबाट पछि हटेको तर आफ्नो हवाई क्षेत्र र क्षेत्रीय जलक्षेत्रमा नियन्त्रण कायम राखेको इजरायलले योजनाबद्ध सामुद्रिक करिडोरको ‘स्वागत’ गरेको बताइएको छ ।


प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP