Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र
अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०

कास्की- विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी गरी रु ६० लाख लागतमा सो केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा सूचना प्रविधि अधिकृतसहित ती जना कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटन सूचना केन्द्र विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारमा स्थापना गरिएकाले सूचना केन्द्रबाट पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गरिने र पर्यटकलाई अप्ठ्यारो परेको अवस्थामा छिटो उद्धार गर्नसमेत सहयोगी हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । उनका अनुसार गाउँपालिकाले पर्यटन सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिसकेको छ । 

“गाउँपालिकाको प्राकृतिक सम्पदा र परम्परागत कला तथा सांस्कृतिक सम्पन्नतालाई विश्व पर्यटकसमक्ष प्रचार, प्रसार र प्रवद्र्धन गर्न पर्यटन सूचना केन्द्र स्थापना गरेका हौँ”, उनले भने, “यसले  पर्यटन क्षेत्रको विकासमा नवीनता थप्न तथा एकीकृत पर्यटन व्यवसायलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउने छ ।” सूचना केन्द्रबाट सोधपुछ सहायता, गाउँपालिकाको पर्यटकीय, ऐतिहासिक, धार्मिकस्थलको जानकारी, पदमार्ग रुट सम्बन्धित जानकारी, मौसम सम्बन्धित जानकारी, ट्रेकिङ गाइड सम्बन्धित जानकारी , संरक्षण क्षेत्र भित्र पालना गर्नुपर्ने नियम सम्बन्धित जनकारी प्रदान गरिनेछ । 

Hardik health

यसैगरी आकस्मिक उद्धार एवं आकस्मिक उपचारको लागि समन्वय, हराएका सामानको सम्पर्क, इमेल इन्टरनेटमा पहुँच, जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तनसम्बन्धी खोज अनुसन्धान, पर्यटन र प्रविधिको संयोजनसम्बन्धी जानकारी एवं खोज, समुदाय परिचालनसम्बन्धी नमूनालगायतका सेवा प्राप्त हुनेछ । 

एकीकृत पर्यटन सूचना केन्द्रमा सोधपुछ/सहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन लाइब्रेरी, सङ्ग्रहालय तथा हस्तकला एवं आन्तरिक उत्पादन प्रदर्शन तथा बिक्री कक्षको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले सीपमूलक तालिममार्फत लाइसेन्स प्राप्त ३५ जना ट्रेकिङ गाइडसमेत तयार पारिसकेको छ  । 

सूचना केन्द्रलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै लैजाने गरी गाउँपालिकाभित्रका पर्यटकीय, ऐतिहासिक, धार्मिक क्षेत्र, पर्यटन पदमार्ग, महत्वपूर्ण स्थानको जानकारी, तीन सय ६० डिग्री भ्यु, भर्चुअल टुर, फोटो, भिडियो, गाउँपालिकाका क्षेत्रभित्र गर्न सकिने क्रियाकलाप, होटल तथा होमस्टे विवरण सहितको पर्यटन पोर्टल एवं मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइएको छ । 

समग्र पर्यटन क्षेत्रको विकासको लागि सूचना केन्द्रमार्फत ट्रेकिङ गाइड, होटल व्यवस्थापन तालिम हस्तकला सामग्री उत्पादनलगायतका विभिन्न सीपमूलक तालिम प्रदान गरिने बताइन्छ । सूचना केन्द्रलाई जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तनसम्बन्धी खोज अनुसन्धानको हबको रुपमा विकास गर्दै लैजाने लक्ष्य लिइएको लिइएको प्रवक्ता गुरुङले बताए। 

उनले आवश्यकताका आधारमा अन्य स्थानमा समेत सेवा केन्द्र स्थापना र सञ्चालन गर्न सकिने जानकारी दिए । वीरेठाँटी अन्नपूर्ण आधार शिविर तथा प्रख्यात घोरेपानी र पुनहिल पर्यटकीय क्षेत्रको प्रवेशद्वारका रुपमा रहेको छ । वीरेठाँटीबाट पदयात्रा सुरु गरी पर्यटक पुन हिल तथा घोरेपानी पुग्ने गर्दछन् । 


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP