Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ
साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २२, २०८०

धनकुटा–  अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । 

भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो ।

जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित सो गाउँलाई सिएनएन टोलीले स्थलगत भ्रमण गरेपछि विभिन्न नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचिमा राखेको थियो । सो समयमा सिएनएनले नाम्जे क्षेत्रका आत्मघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र आग्र्यानिक गाउँलाई आधार मानेर नाम्जेलाई आठौँ गन्तव्य घोषणा गरेको थियो ।

तर समय क्रमसँगै भएका विकास र परिवर्तनका कारण आठ सूचकहरू यथावत रहेपनि आग्र्यानिक नाम्जे गाउँ भने क्रमशः सहरमा परिणत भएपछि नाम्जेलाई आफ्नो सूचक जोगाउने स¬ङ्कट आइपरेको छ ।

Hardik health

विश्वको गन्तव्य सूचीमा परेको चर्चाका कारण यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा एकाएक वद्धि भएर व्यापारिक  चहलपहल बढेपछि नाम्जेगाउँ सहरोन्मुख भएको स्थानीय गोविन्दबहादुर मगरले जानकारी दिए । “सुरुमा दुई–चारजनाले होटल खोेल्दा खुब चले”, उनले भने, “त्यसपछि प्रतिस्पर्धा सुरु भएर नाम्जेगाउँको सडक क्षेत्रमा पक्की होटलको सङ्ख्या बढेर गयो ।”

उक्त समयमा कङ्क्रिटका होटल बनाउने कुरामा बृहत् बहस भए पनि निजी स्वामित्वमाथि कसैले हस्तक्षेप गर्न नमिलेको कारण नाम्जेको सडक क्षेत्र सहरमा परिणत भएको मगरले जानकारी दिए । पर्यटकको बाक्लो आवागमन र व्यापारिक चहलपहलका कारण बैंकले पनि नाम्जेमा तीव्र लगानी गरेका कारण नाम्जेमा क्रमश होटलका लागि ढलान घर बन्न सुरु भएको ५१ वर्षीय मगरले जानकारी दिए ।

अहिले नाम्जेको सडक क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाइएका २५ भन्दा बढी सुविधासम्पन्न होटलमध्ये २० भन्दा बढी स्थानीयवासीको रहेको उनले जानकारी दिए । सागुरीगढी–६  वडाका वडाध्यक्ष दीपक मगरले निजी स्वामित्वमा जमिनमा अरुले हस्तक्षेप गर्न नमिल्ने भएका कारण नाजे गाउँ सहरमा परिणत हुनु स्वाभाविक रहेको जिकिर गरे । 

उनले प्रतिप्रश्न गर्दै भने, “पैसा कमाएर आफ्नो जग्गामा बिल्डिङ बनाउँछुभन्दा अब छाप्रोमै बस भन्न मिल्छ त ?” नाम्जेको विकासमा एकरुपता नभए पनि नाम्जेलाई गाउँ र सहरी क्षेत्रमा विकास गर्न आपसी समझदारीमा स्थानीयवासी अघि बढिरहेको ग्रामीण जनता मावि नाम्जेका प्रधानाध्यापक तथा स्थानीय टङ्क भुजेलको भनाइ छ ।

बाँकी भएको गाउँलाई आग्र्यानिक गाउँका रुपमा बचाउन अहिले ग्रामीण क्षेत्रका स्थानीय घरबास सेवा (होमस्टे) तथा आग्र्यानिक खेतीमा लागिरहेको उनले जानकारी दिए । समयको माग र स्थानीयमा सहमति जुट्न नसके पनि यहाँका गाउँवासी होमस्टेमार्फत आग्र्यानिक गाउँ बचाउन लागिपरेको नाम्जे थुम्की सामुदायिक होमस्टेका सचिव तुफान मगरले जानकारी दिए।

नाम्जेमा अहिले दैनिक एक सय ५० जनालाई सेवा दिने क्षमताको ३५ मगर जातिको घरबास (होमस्टे) सेवा सञ्चालनमा रहेको छ । यसमा अहिले नाम्जेमा दर्ता भएका १९ सहित २५ वटा होमस्टेले यहाँ उत्पादित आग्र्यानिक सब्जी, खानपान, पेय पदार्थ र हुर्रानाचलगायत सेवा दिइरहेको उनले जानकारी दिए ।

चिसो मौसममा पर्यटक आउन केही कमी आएर होमस्टेमा दैनिक १५–२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिए । यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने भएकाले होमस्टेमा गर्मीमा दैनिक दुई हजारभन्दा माथि र जाडोमा पाँच सयसम्म पर्यटक आउने गरेको उनले जानकारी दिए ।

नाम्जेलाई पुरानै आग्र्यानिक गाउँका रूपमा समृद्ध बनाएर लाने सम्भावना टरेर गए पनि बाँकी रहेको ग्रामीण क्षेत्रलाई आग्र्यानिक गाउँका रूपमा विकास गर्न पालिका लागिरहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । पालिकाले यहाँको घरबास सेवा प्रवर्द्धन, आग्र्यानिक खेती विस्तार तथा मगर जातिको कला, संस्कृति जगेर्नाको क्षेत्रमा काम गरिरहेको उनले बताए ।

पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारबाट एक किमीपूर्व निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्गमा रहेको मगर जातिको बाहुल्यता रहेको यो गाउँ आज पनि उनीहरुको घरबास सेवा र हुर्रानाचले प्रख्यात छ । बाह्रै महिना चिसो मौसमसँगै एकैसाथ हिमाल पहाड र तराई हेर्न सकिने चुरे पहाडमा अवस्थित नाम्जे गाउँको ग्रामीण जीवन शैली, मगर जातिको संस्कृति र उनीहरूको मीठो आतिथ्यता यहाँको अर्को मुख्य आकर्षण हो ।


प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP