Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकको प्रतिक्षामा करबाकेली
पर्यटकको प्रतिक्षामा करबाकेली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १८, २०८०

बेनी -अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् । 

पुन समुदायको कूलदेवता ‘करबाकेली बाबा’को अनुसन्धान गरेर विसं २०६६ देखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल मानिन्छ । 

गुर्जा, धवलागिरि, मानापाथी, बराह शिखर, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल यहाँबाट लहरै अवलोकन गर्न सकिन्छ । वरिपरि गुराँसे जङ्गलले घेरिएको करबाकेली क्षेत्र यतिबेला सुन्दर देखिएको छ । थरिथरिका गुराँसका फूल फुल्न थालेपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । असोजदेखि मङ्सिरसम्म धेरै पर्यटक आउने भए पनि फागुन–वैशाखको याम गुराँसे जङ्गल र हिमालसँग रमाउन पर्यटक आउने गरेको करबाकेली थान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताउनुभयो ।

यस क्षेत्रको पर्यटन विकासका लागि ‘करबाकेली इको ट्रेक’ सञ्चालनमा रहेको छ । विसं २०७५ वैशाखदेखि पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै बेनीबजारलाई जोड्नेगरी सञ्चालनमा ल्याइएको यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । थानमा पूजा गर्न आउने भक्तजनसँगै भ्रमणमा आउने पर्यटक पनि बढ्दो क्रममा छन् । पदमार्गलाई प्रचारप्रसार गरी पर्यटन आगमन बढाउने स्थानीयको जमर्को रहेको छ ।

Hardik health

यस क्षेत्रको भ्रमणमा आउने पर्यटकको सुविधाका लागि करबाकेली थान परिसरमै सामुदायिक पाहुनाघर निर्माण गरिएको छ । समितिका सचिव गर्वुजाले भाडामा होटल सञ्चालन गर्दै आउनुभएको यस घरमा अहिले दैनिक ४० जनासम्मलाई बसोबासको प्रबन्ध मिलाउने क्षमता रहेको छ । “नौवटा स्तरीय कोठा छन्, धेरै पर्यटक आएमा समेत राख्न सक्ने थप व्यवस्था गरेका छौँ, अहिले थानको पूजामा आउनेहरू धेरै भए पनि पर्यटक होटलमा बास बस्न आउन थालेका छन, यसको प्रचारप्रसार भएमा पर्यटकको सङ्ख्या बढ्ने आशा गरेका छौँ”, उहाँले भन्नुभयो । 

करबाकेली थान, पाहुनाघर, पदमार्ग, प्रवेशद्वारसँगै पुन समुदायको संस्कृति, परम्परा र रहनसहन झल्कने सङ्ग्राहलय निर्माण भएको छ । करबाकेली बाबाले बसोबास गरेको मान्यता रहेको यस क्षेत्रमा कुवा, नौकुने ढुङ्गा, महभिरलगायतका करबाकेलीका अवशेष रहेका छन् । करबाकेली बाबाको अध्ययन अनुसन्धान गरेपछि कूलदेवताको थान बनाउने लक्ष्यसहित पूर्वाधार निर्माण सुरु गरिएकामा अहिले यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित भएको करबाकेली थान संरक्षण समितिका संरक्षक चामबहादुर पुन बताउनुहुन्छ । 

“पूर्वाधार बन्दै जाँदा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सफल भयौँ, पर्यटन सम्भावनालाई उजागर गर्न इको ट्रेक पनि बनायौँ, अब यसको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हाम्रो जमर्को छ”, पुनले भन्नुभयो । पर्यटकलाई कम्तीमा एक दिन काफलडाँडा र राम्चे क्षेत्रमा बसोबास गराउनेगरी पर्यटन पूर्वाधार निर्माणका लागि पहल थालिएको उहाँको भनाइ छ । करबाकेली थान, पाहुनाघर, सभाहल, पदमार्ग, कम्पाउण्ड घेराबार, सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणमा समुदायस्तरबाट अहिलेसम्म करिब रु तीन करोड सङ्कलन गरेर परिचालन गरेको थान संरक्षण समितिले जनाएको छ । 

यहाँका अधिकांश पूर्वाधार बनाउन स्वदेश तथा विदेशमा रहेका मनकारीहरूले स्वतःस्फुर्तरूपमा आर्थिक सहयोग गरेर जुटाएका हुन् । करबाकेली थान र नौकुने ढुङ्गाको संरक्षणका लागि शेर भुवानी पुन स्मृति प्रतिष्ठानबाट ज्योतिमान र यामकुमार पुनबाट रु नौ लाख ९९ हजार ९९ राशिको अक्षयकोषसमेत स्थापना गरिएको छ । स्थानीयवासीबाट करिब २० रोपनी बढी जग्गा निःशुल्क प्राप्त गरेपछि निर्माण भएको करबाकेली थानमा करबाकेली बाबा, उनका दुई श्रीमती हिमला,ं फिमला र छोरा रामचन तथा कुलचनका मूर्ति राखिएका छन् । हरेक वर्षको जेठ र मङ्सिरको उजेली मङ्गलबार यहाँ ठूलो पुजा हुने गर्छ । अन्य समयमा समेत यहाँ नियमितरूपमा थानको दर्शनका लागि भक्तजन पुग्ने गर्छन् । 

करबाकेलीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन वडा, गाउँपालिका र प्रदेश सरकारले समेत सहकार्य गर्दै आएका छन् । सामुदायिक होटलमा किचन बनाउन रु पाँच लाख बजेट उपलब्ध गराइएको र सङ्ग्राहलय, पदमार्गलगायतका पूर्वाधार बनाउन सहकार्य भएको अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्वुजाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष करबाकेलीबाट मोहरेडाँडा जोड्ने पदमार्गमा प्रदेश सरकारमार्फत रु ३० लाख बजेट विनियोजन भएर आलडाँडा क्षेत्रसम्म पदमार्ग निर्माण भएको छ । यस वर्ष गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत करबाकेली जाने पदमार्गअन्तर्गत थैसराबाट थपनासम्म पदमार्ग निर्माण भएको छ । यस वर्ष रु छ लाख पाँच हजार बजेटबाट पदमार्ग निर्माण हुने र यसलाई बाँसखर्क र बैँसरीतर्फ निरन्तर अगाडि बढाउने वडा कार्यालयको योजना रहेको छ ।
–रासस


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP