Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस
‘चरीमाई’ हरूको आवाज बोल्ने कोसिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १७, २०८०

काठमाडौं -  अञ्जना पौडेलले पहिलो पटक ‘चरीमाई’ उपन्यास सार्वजनिक गरेकी छन् ।कथा, कविता, गीत, हाइकु र मुक्तक लेख्दैआइरहेका अञ्जना पौडेल पहिलो पटक ‘चरीमाई’ (इन्डिगो इन्क प्रा .लि, २०८० वैशाख) उपन्यास  लेखेकी छन् । 

मानवशास्त्रमा विद्यावारिधि गरिरहेका भएकाले पनि उनी सोही विषयमा केन्द्रित भएर आख्यानात्मक चौथो कृति प्रकाशन गर्न सक्षम भएको हुनुपर्छ । लमजुङ माइत भएर पनि नुवाकोट पूर्वी भागको परिवेश राखेर लेखकले बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर अभिव्यक्त गरेको प्रस्तुत ‘चरीमाई’ नेपालका ‘चरीमाईहरूप्रति’ नै समर्पित छ । 

उपन्यासको कथा सरल छः छोरी जन्मँदा खुसी हुने नुवाकोटको कुनै गाउँको परिवारमा जन्मेकी चरीमाईलाई उनका बाबुले १४ वर्षका उमेरमै गाउँकै २५ बर्से केटा कमानसिंहसँग उनको इच्छाविपरीत जबर्जस्ती बिहे गराइदिन्छन् ।  उनको पतिले उनलाई काठमाडौँमा व्यापार गर्ने भनी लगेरपछि औषधि खुवाई भारतको बम्बैमा बेचिदिन्छ । त्यहाँ उसलाई आफ्नै गाउँभन्दा परकी आफ्नै जातकी एक महिलाले आफूले चलाएको कोठीमा जबर्जस्ती धन्दामा लगाउँछिन् । त्यहाँ ऊ जस्तै दलालमार्फत बेचिएका अरू चेली पनि हुन्छन् । 

Hardik health

भारतमा १६ वर्षमुनिका लागि त्यस्तो काममा लगाउन नपाइने कानुन बने पनि त्यो लागू हुँदैन । पछि कोठीबाट बाहिर जान छुट दिने, ग्राहकले कोठीबाट बाहिर लग्ने क्रममा एक दिन भागेर उनी एक नेपाली चौकीदारका मद्दतबाट काठमाडौँ हुँदै गाउँ फर्किन्छिन् । तर त्यहाँ पनि उनका बाले बस्न दिँदैनन् । माइतबाट केही पर टहरो हालेर बसिरहेकी उनले बा र कुनै पार्टीको गाउँको अध्यक्ष भएको आफ्नो पतिविरुद्ध उजुरी दिँदा पनि प्रहरीचौकीले लिन मान्दैन । उल्टो उनलाई ‘बम्बैमा केटी बेच्ने दलाल’ भनेर आरोप लगाइन्छ, गाउँका नेता, वडाध्यक्ष र प्रहरीसमेतले घर छाडेर हिँड्न दबाब दिन्छन् । 

फर्केर माइती नजिकै मितिनीका घर आउँदा पनि त्यहाँका अज्र्याल बाजेले काठमाडौँ लगेर यौनशोषण गर्छन् । उनी गर्भवती हुन्छिन् । फलफूल बेच्ने तराईका रामलालले पनि उसैगरी बिहे गरेको बहाना बनाएर उनलाई वीरगन्ज लग्छ । त्यहाँ एक महिलाले उनलाई पहिलेकै बम्बैकी कोठी सञ्चालिकालाई बेचिदिन्छिन् । त्यहाँ उसले अज्र्याल बाजेका तर्फबाट ‘गङ्गाजमुना’ जन्माउँछिन्, तिनलाई पनि धन्दामै लगाउन विवश पारिन्छ । उनी फेरि गाउँ फर्की होटल व्यवसायमा लाग्छिन् । त्यहाँ उनको गाउँले जितबहादुरसँग विवाह भई एक छोरी जन्मन्छिन् । पछिल्लो लोग्नेको हत्या हुन्छ । बम्बैमा नै पु¥याइएकी गाउँकै शान्ति दिदी र उनले एक गैर सरकारी संस्थाको सहयोगमा दायर गरेको मुद्दाबाट नुवाकोट अदालतबाट कमानसिंहविरुद्ध जन्मकैदको फैसला हुन्छ तर तीन महिनापछि पुनरावेदन अदालतले बेकसुर रहेको आदेश दिन्छ ।
    
यो कथा उपन्यासकी नायिकाले अमेरिकामा विद्यावारिधि गर्न गएका र नुवाकोटमा अनुसन्धान गर्न आएका एक विद्यार्थी भूपेन्द्रलाई सुनाएकी हुन् र वक्ता तिनै हुन् । अब चरीमाई र उनकी कान्छी छोरी लता कमानसिंह जस्ता अपराधीलाई कारागार पु¥याउन सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छन् । उपन्यासको कथावस्तु खासै नौलो होइन, ग्रामीण भेग खासगरी बागमती प्रदेशका जिल्लामा चेलीबेटी बेचबिखनका थुप्रै घटना भएका छन् र अदालती प्रक्रियामा गएका छन् । तैपनि यदाकदा यस्ता घटना दोहोरिइरहेका छन् । उपन्यासकारले आन्तरिक पर्यटकका रूपमा घुम्दा र घटनाहरू नियाल्दा पाएको ज्ञानलाई यस कृतिका रूपमा उभ्याएको हो । 

आफ्ना छोरी, दिदीबहिनी, पत्नीलाई नै दलाल, धन्दा व्यवसायीलाई बेच्ने अमानवीय प्रवृत्ति र यौनधन्दामा जबर्जस्ती लाग्नुपर्ने चेलीको विवशतालाई उठाएर लेखिकाले त्यस्तो बेचबिखन बन्द गर्न, बेचिएकाहरूको सकुशल रिहाइ गर्न र समाजमा सम्मानित जीवन बाँच्न पाउनुपर्ने तिनको अधिकारबारे आवाज उठाउन गरेको प्रयत्न प्रशंसनीय छ । भूमिका लेखक कृष्ण धरावासीले घरेलु हिंसा, बलात्कार, बेचबिखन जस्ता कुरामा कानुन र समाजलाई खासै चासो नभएको र यस्तै चरित्र र महिला बेचबिखनमा पिल्सिएको समाजमा कृति केन्द्रित भएको जनाउँदै यस्ता विषयबारे राज्यलाई सम्झाउने काम यसमा गरिएको स्पष्ट गर्नुभएको छ । लेखिका–अनुसन्धाता पौडेल भने, “एउटा कालो पाटोलाई अलिकति च्यात्ने प्रयत्न मात्रै गरेकी हुँ । मलाई थाहा छ यो मैले एक्लै पार लाग्ने लडाइँ हुँदै होइन । तर पनि सबै चुप लाग्दा आवाजविहीनहरूका आवाज सधैँ दबिएर रहने रहेछ । मैले चरीमाईहरूको एउटा आवाज बोल्ने कोसिस मात्रै गरेकी हुँ ।”

कृतिमा कथा भन्ने शैली पुरानै छ । निकै प्रसङ्ग दोहोरिएका छन् र एकै वाक्यमा उही उही शब्द पनि धेरै परेका छन् । कथा वक्ता भूपेन्द्रका प्रसङ्ग अनावश्यक रूपले लम्बिएको हो कि भन्ने लाग्छ । एकै शब्दका पनि तीन–तीन वटा वर्णविन्यास (इसा, इशा, ईशा) देखिएका छन् भने अन्य त्रुटि (गोधिली, मस्जित, ब्याज, बसाइँ, दैनिकी) पनि बर्गेल्ती नै छन् । ठाउँ ठाउँमा नछुट्टिनुपर्ने दफाहरू पनि छुट्टिन पुगेका छन्, जुन प्राविधिक गल्ती हो । 

विद्यार्थीहरू वनभोज गएको स्थल नुवाकोटको झिल्टुङलाई मकवानपुरको टिस्टुङ उल्लेख गरेर लेखकले आफ्नो सामान्य ज्ञानको कमजोरी पनि प्रदर्शन गरेकाे छ । सबभन्दा आश्चर्य त २२४ पृष्ठको उपन्यासमा पात्रहरूबीच थुप्रै संवाद भए पनि अल्पविराम र उद्धरण चिह्न एकाध मात्र देखिनामा छ । उपन्यास लेखनले नौलो शैली र प्रस्तुति लिइरहेको वर्तमानावस्थामा युवा लेखकहरूले पनि मौलिक नयाँ शैलीको प्रयोग गर्दा नै यस विधामा उन्नति हुँदै जाने विश्वास गर्न सकिन्छ । 


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP