Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • फोनिजद्वारा सम्पदा प्रवर्नद्धन  गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न 
फोनिजद्वारा सम्पदा प्रवर्नद्धन  गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न 
दिपा सुनुवार
दिपा सुनुवार आइतबार, मंसिर २८, २०८२

काठमाडौं-  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश समितिको आयोजना तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवद्र्धन सम्बन्धी विशेष गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका काठमाडौँको सहकार्यमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हाे ।

आयोजित उक्त तालिममा बागमति प्रदेशभरिका करिब ५० जना फोनिजकर्मीहरू सहभागी रहेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नेपालमा रहेका सम्पदाहरूको यकिन गरि प्रचारप्रसार गर्नुपर्ने बताएकी छन् । उनले ऐतिहासिक मूर्त र अमूर्त सम्पदाहरूले नेपालको अस्तित्वलाई बचाइराखेको उल्लेख गर्दै विश्वव्यापी रूपमा फैलाउनुपर्ने बताइन् । उनले भनिन्,' सम्पदा पर्यटनको मूख्य आधार भएकोले विश्वका विभन्न राष्ट्रहरूबाट पर्यटनकहरू अध्ययन, अनुसन्धान र अवलनोकन गर्न आउँदा नेपालकै अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास गरेकाे छु ।' विश्व सम्पदा सूचिकृत स्मारकहरू मात्र नभइ हरेक समुदायभित्रको कला, संस्कृति, रितिरिवाज र परम्परालाई समेत संरक्षणको लागि प्रचारप्रसारमा पत्रकारको भूमिका उल्लेख्य रहेको उपप्रमुख लामाले बताइन् ।

घाङ ह्रि भ्यू रिर्सोट जहरसिंपौवा काठमाडौँमा दुइ दिनसम्म सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रममा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात लामाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले तथ्यमा आधारित पत्रकारिताले मात्र समाजलाई सहि दिशामा डोर्‍याउन सकिने बताए । क्षमता अभिवृद्धि तथा लेखन कार्यको अभ्यासले खोजमूलक सामग्री नागरिकमाझ पस्काउन आग्रह गरे । समय शान्दर्भिक विषयवस्तुको पूर्ण रूपमा अध्ययन र विश्लेशन गरेर सूचना प्रवाह गर्दा सबैको हित हुने मन्त्री लामाले बताए ।

Hardik health

फिचर लेखन तालिम गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक पुष्कर माथेमाले दिएका थिए । प्रशिक्षक माथेमाले सम्पदा संरक्षण र प्रचारप्रसारमा पत्रकारको भूमिकाबारे चर्चा गर्दै लेखन शैलीबारे आफ्नो कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा फिचर लेखनको चुनौति र अवसरको संगमबाट परिचर्चा गराउँदै अनुसन्धानात्मक लेख लेख्ने उपयोगी सुझावहरू प्रस्तुत गरेका थिए । लेखनको सैद्धान्तिक र व्यवहारिक पक्षलाई जोड दिदै सम्पदाको विषयमा गहण रूपले लाग्न सहभागी पत्रकारहरूलाई सुझाव दिए ।फोनिज बागमति प्रदेश समितिको दोस्रो पूर्ण बैठक समेत सम्पन्न भएको छ । सोही अवसरमा जेन्जी आन्दोलनपछि जनजाति पत्रकारहरूका अवस्थाबारेमा समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।  फोनिज संघीय समितिका सल्लाहकार अमरध्वज लामाले कार्यपत्र प्रस्तुत गरेका थिए । संक्रमणकालिन अवस्थामा पत्रकारले संयमता अपनाउनुपर्ने र शीर्षक र भ्यूजको पछि नलाग्न आग्रह गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठले अध्यक्षतामा सञ्चालित सो बैठक तथा गोष्ठि कार्यक्रम प्रदेश महासचिव राजु नापितले सञ्चालन गरेका थिए । कार्यक्रममा फोनिजका केन्द्रीय महासचिव समीर बलामी, बागमति प्रदेश इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, फोनिज काठमाडौँ अध्यक्ष भीम लामाले मन्तव्य राखेका थिए । साथै बैठकमा बागमति प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागीता रहेका थिए ।
 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १२:०१
#फोनिज
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP