Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • केयर गिभरबाहेकका कामदार अब म्यानपावरबाट
इजरायलमा रोजगारी केयर गिभरबाहेकका कामदार अब म्यानपावरबाट
बिहीबार, फागुन १७, २०८०

काठमाडौं– सरकारले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) बाहेक अन्य क्षेत्रमा म्यानपावर कम्पनीबाटै कामदार पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्य मुलुकबाट पनि रिक्रुटिङ एजेन्सीमार्फत नै इजरायलमा कामदार पठाइरहेको कारण आकर्षक रोजगारीको अवसर गुम्न नदिन म्यानपावर कम्पनीबाटै कामदार पठाउन सकिने व्यवस्था गरेको हो । 

अन्य मुलुकले एजेन्सीबाटै इजरायलमा कामदार पठाइरहेको सन्दर्भमा नेपालले पनि खुला गर्नु उचित देखिएकाले म्यानपावरबाट कामदार पठाउन सरकारले रोक नलगाउने मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए । ‘हामीले (नेपाल) केयर गिभरमामात्रै कामदार पठाउने गरी सम्झौता गरेका हौं,’ उनले भने, ‘अहिले अन्य क्षेत्रमा पठाउनका लागि त्यहीअनुसारको मेकानिजम (संयन्त्र) बनाउन सम्भव छैन र इजरायललाई पनि अरू मुलुकजस्तै खुला गर्ने नै हो ।’ इजरायलमा म्यानपावरमार्फत नै कामदार पठाउने सम्बन्धमा पराराष्ट्र मन्त्रालयले पनि राय दिइसकेको सचिव भण्डारीले बताए । 

इजरायलले खुलाबजार (रिक्रुटिङ एजेन्सी)बाटै कामदार आपूर्ति गर्ने भएकाले यसलाई रोक्न नसकिने उनले बताए । रोजगारीको अवसरलाई गुम्न नदिन पनि सरकारले लचकता अपनाएको उनको भनाइ छ । ‘हामी सरकारी मेकानिजमतिर लाग्ने, फेरि सम्झौता गरौं भन्ने कुरा गर्न थाल्यौं भने एउटा आकर्षक श्रमबजार गुम्छ,’ उनले भने, ‘इथिकल रिक्रुटमेन्ट हुनुपर्छ, यसका लागि आवश्यक मापदण्ड पनि बन्ने छ, कामदार छनोट तथा भर्ना प्रक्रियाको अधिकार निजी क्षेत्रलाई नै हुने छ ।’

Hardik health

यसरी कामदारलाई इजरायल मात्र नभई जापान र कोरिया पठाउने सम्बन्धमा हाल सेवा शुल्क तथा अन्य खर्च नतोकिए पनि इथिकल रुपमै पठाउनेगरी कार्यविधि तयार भइरहेको मन्त्रालयले जनाएको छ । भर्खरै मात्र जापानमा स्पेसिफाइड स्किल्ड वर्कस (एसएसडब्ल्यू) प्रणाली अन्तर्गत निश्चित सीपयुक्त कामदार पठाउन कार्यविधि निर्माण गरी म्यानपावर कम्पनीलाई जिम्मा दिएको सरकारले इजरायलको केयर गिभरबाहेक अन्य क्षेत्रमा कामदार पठाउने अधिकार पनि म्यानपावरलाई नै सुम्पेको छ । सरकारको योे निर्णयबाट व्यवसायीहरु उत्साहित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

‘नेपाल सरकार र इजरायल सरकारबीच भएको जिटुजी सम्झौताअनुरुप केयर गिभरबाहेक अन्य कृषि, औद्योगिक, निर्माणलगायतका क्षेत्रमा हामीले कामदार पठाउन पाउनुपर्छ भन्दै लामो समयदेखि माग गर्दै आएका थियौं,’ उनले भने, ‘इजरायल मात्र होइन, जापान र कोरियामा पनि म्यानपावरमार्फत नै कामदार पठाउनुपर्नेमा हाम्रो जोड थियो, जापानको पनि माग सम्बोधन भएको छ, अब कोरियाको इ–सेभेन भिसामा कामदार पठाउने विषयमा पनि सरकारले छिट्टै निर्णय गर्छ भन्ने विश्वास छ ।’

श्रम मन्त्रालयले सरकारीस्तरबाटै इजरायलमा कामदार पठाउनुपर्ने बाध्यता हटाएसँगै म्यानपावर व्यवसायीलाई कामदारको माग संकलन तथा भर्ना प्रक्रियाका लागि बाटो खुलेको छ । सरकारको यस नीतिसँगै काठमाडौं इन्टरनेसनल इन्कर्पाेरेट प्रालिले पहिलोपटक इजरायलबाट २०० जना कृषि कामदारको माग ल्याएको जनाएको छ । उक्त म्यानपावरले मागपत्र प्रमाणीकरण एवं वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिएर कामदार छनोटका लागि सूचना आह्वानसमेत गरिसकेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो
इपिएस प्रणाली परिवर्तन नहुने कोरियाको प्रस्टोक्ति, कर्मचारीको सुरक्षाप्रति चासो सोमबार, माघ १९, २०८२
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी
युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP