Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दाहालविरुद्ध खगराज र जनार्दन एक ठाउँ
दाहालविरुद्ध खगराज र जनार्दन एक ठाउँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १७, २०८०

काठमाडौं– सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकिएको विषयले नेकपा माओवादी केन्द्रमा जनार्दन शर्मा र खगराज भट्ट असन्तुष्टि बनेका छन् । दुवै नेताले पछिल्लो कार्यविभाजनप्रति असन्तुष्टि पोखेका हुन् ।

‘कार्यविभाजन सही भएन । विधान अधिवेशनको ह्याङओभरबाट जिम्मा दिने काम गरियो । मलाई जिम्मेवारविहीन बनाइयो,’ बुधबार पार्टीको स्थायी कमिटी बैठक सकिनासाथ पेरिसडाँडामा शर्माले आक्रोश पोखे ।माओवादी केन्द्रको स्थायी कमिटीले सुदूरपश्चिमको इञ्चार्ज गिरिराजणि पोखरेललाई बनाएकोमा दुवै नेताको असन्तुष्टि हो । केन्द्रीय सदस्यलाई उक्त जिम्मेवारी दिएको भन्दै शर्माले असन्तुष्टि जनाए भने भट्ट आफूले नपाएकोमा असन्तुष्ट बनेका हुन् ।

कार्यविभाजन सही भएन । विधान अधिवेशनको ह्याङओभरबाट जिम्मा दिने काम गरियो । मलाई जिम्मेवारविहीन बनाइयो ।janardan1709183345.jpg
जनार्दन शर्मा
उपमहासचिव


माओवादीले कोशी प्रदेशको इञ्चार्जमा हरिबोल गजुरेल र सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, मधेसको इञ्चार्जमा लिलामणि पोखरेल र सहइञ्चार्जमा विश्वनाथ साह तोकेका छन् । बागमती प्रदेशको इञ्चार्जमा अग्निप्रसाद सापकोटा तोक्दा सहइञ्चार्ज खाली राखिएको छ । यता गण्डकी प्रदेश इञ्चार्ज दिनानाथ शर्मा र सहइञ्चार्ज हरिराज अधिकारी, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल र सहइञ्चार्ज कुलप्रसाद केसीलाई तोकिएको छ ।

यस्तै, कर्णालीमा कालीबहादुर मल्ललाई इञ्चार्ज बनाइएको छ । यहाँ सहइञ्चार्ज तोकिएका छैन । सुदूरपश्चिमको सहइञ्चार्ज बिना मगर तोकिएका छन् । आफू सुदूरपश्चिममा शीर्ष नेता भएको दाबी गर्दै भट्टले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पत्र लेखेर पछिल्लो निर्णयले आफ्नो राजनीतिक जीवन नै समाप्त पार्न खोजिएको दाबी गरेका छन् ।

स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति शीर्षकमा लेखिएको पत्रमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको दिशा निर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौं कार्यकर्ता र लाखौं जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु ।’

स्थायी समितिको निर्णयलाई मैले मेरो राजनीतिक र व्यक्तिगत जीवन समाप्त गर्ने निर्णयको रुपमा बुझेको छु । मेरो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवन समाप्त पार्ने डिजाइनको प्रतिवाद गर्छु ।
खगराज भट्ट
Khagraj1709183344.jpg
स्थायी कमिटी सदस्य


खगराजले पार्टीको निर्णयका कारण आफूले नयाँ कदम लिनुपर्ने अवस्था आउन सक्नेसमेत संकेत गरेका छन् । ‘स्थायी समितिको निर्णयलाई मैले मेरो राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको छु । स्थायी समितिको निर्णयबाट मेरो ३४ वर्षको राजनीतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइनअन्तर्गत राजनीतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदूरपश्चिमका हजारौं नेता, कार्यकर्ता र लाखौं जनसमुदायको सल्लाहबमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु ।’

भट्ट सुदूरपश्चिममा माओवादीका शीर्ष नेता मानिन्छन् । तर माघ १२ गते भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाइएको थियो । आफूलाई क्रमशः पदबाट हटाउँदै गएको र सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी नपाएपछि भट्टले असन्तुष्टि पोखेका हुन् । भट्टको जिम्मेवारी खोसिएकोमा शर्मालेसमेत असन्तुष्टि जनाएका छन् ।

‘खगराज भट्टलाई दलको नेता र इञ्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ । सो प्रदेशमा हाललाई बिना मगरलाई सह इञ्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ,’ पार्टीमा पेस गरेको शर्माको पत्रमा भनिएको छ, ‘खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।’ बिना माओवादी अध्यक्ष दाहालकी बुहारी हुन् ।
यसैगरी नारायण दाहाललाई सहइञ्चार्ज तोकिएकोमा पनि शर्माले असन्तुष्टि पोखेका छन् । राष्ट्रिय सभामा सदस्य रहेका नारायण नातामा प्रधानमन्त्री दाहालका भाइ पर्छन् । यद्यपि शर्माको विरोधपछि माओवादीले नारायणलाई सहइञ्चार्ज बनाएको निर्णय सार्वजनिक गरेको छैन ।

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने
माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । ‘यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुने छ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ,’ सापकोटाले भने ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेको उनको भनाइ छ । राष्ट्रिय सभा अध्यक्षको पद यही २० फागुनदेखि रिक्त हुँदै छ । उक्त पदमा सत्ता गठबन्धनमै रहेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाको पनि दाबी रहेको छ ।
 
चुनावमा गठबन्धन नगर्ने
कांग्रेस महासमितिको झल्को दिनेगरी माओवादी केन्द्रले पनि आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए । नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको थियो । त्यसैले माओवादीले पनि चुनावमा एक्लै लड्ने निर्णय गरेको बताइएको छ ।

‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन । तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ ।’ बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ ।

समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिनपछि सारिएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले हिमाल, पहाड, मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा मिटरब्याजी, लघुवित्त समस्याका बारेमा वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै दुग्ध किसानलगायत समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
 


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP