Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘जल सम्पदा जोगाउन अहिल्यैदेखि लागौँ’ महायज्ञमा बहस
‘जल सम्पदा जोगाउन अहिल्यैदेखि लागौँ’ महायज्ञमा बहस
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १५, २०८०

बलेवा  -  पञ्चकोटबाट उत्तर फर्किंदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ्रे हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ । 

बिहान सबेरै उठेर हेर्दा सुनौला देखिने हिमालको चमक अहिले हराएजस्तो छ । कताकता कालो देखिन्छ माछापुच्छ्रे । उता हिमलाको छायाँ उज्यालो छैन भने यता मानव बस्ती पनि सफा अनि स्वस्थ छैनन् । घरबस्ती वरपर बुङ्ग उढेको धुलोले बाटोसमेत देखिँदैन । घरघरका धुरीमा बसेको धुलोले चम्किलो होइन, कैलो बनाउँदैछ बस्ती ।
 
वायु प्रदूषणको अवस्था उस्तै छ । चिसो र गर्मी मौसम पहिलेजस्तो सौहाद्र्र छैन । चिसोमा खप्नै नसक्ने चिसो छभने गर्मीयाम अस्वाभाविक छ । जल, जलचर र जनावर ठाउँ र मौसमअनुसार रमाउन छोडिसके । यहाँसम्मकी हिमाली भेगतिरै छ्याप्छ्याप्ती पाइन थाले लामखुट्टे । हिमाली जन्तु हिमालमा कमै मात्र पाइन्छन् । सायद यी सबै कारणको असर हुनसक्छ पानीका मुहान सुक्न थालेका छन् अनि स्थानीय र अग्र्यानिक बीउ र फसल पाइन छोडेका छन् । 

बागलुङको सर्वसिद्धि धाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको सातौँ दिन सोमबार यस्तै विषयमा चर्चा भयो । यही फागुन ९ देखि सुरु भई २३ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा हरेक दिन नयाँ नयाँ विषयमा राष्ट्रिय बहस हुने गरेको छ । सोमबार यहाँ आयोजित राष्ट्रिय सुरक्षा प्रणाली र न्यायिक पद्धतिको कार्यान्वयन सम्मेलनमा सहभागी वक्ताहरुले यी र यस्तै विषयमा चिन्ता व्यक्त गरे । 

सो महायज्ञको उद्देश्य जल सम्पदाको संरक्षणका लागि विश्वमा यसको सन्देश दिन निर्माण गर्न लागिएको विश्वशान्ति कलशको पूर्णता पनि एक हो । विश्वमा जलसम्पदाको अभाव हुँदै गएको अहिलेको अवस्था भोलिसम्म यस्तै रह्यो भने यो पृथ्वीका चराचर जगत्को अवस्था कस्तो रहला भन्ने विषयमा यहाँ बहस भइरहेको छ । 

Hardik health

सर्वसिद्धिधाम पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले सुरु गरेको सो अभियानअन्तर्गत पञ्चकोटमा दुई हजार पाँच सय मानिस अट्नसक्ने एक सय आठ फिट अग्लो कलश निर्माण गर्न लागिएको हो । यस महायज्ञका परिकल्पनाकार स्वामी कमलनयनाचार्य भन्छन्, “हाम्रो मातृभूमि जल, जङ्गल र वनौषधिका लागि विश्वकै धनी हो । यही देवदेशले नै जलसम्पदा संरक्षणको सन्देश विश्वमै दिनुपर्दछ भन्ने हाम्रो मान्यता पनि हो । त्यसैले जल संरक्षणको प्रतीकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिनु हाम्रो कर्तव्य हुन आउँछ ।”

उनी भन्छन् “मानवीय कारणले नै अहिले विश्वमा धेरै संकट देखिँदै गएको छ । जलवायु परिवर्तन यस्तै एउटा नयाँ संकटको स्वरुप हो र यसले नै विश्वमा निकट भविष्यमै पानीको संकट निम्त्याउने छ । जल नै नरहे यो चराचर जगत् कसरी चल्छ रु यस विषयमा यो पुस्तालाई अहिल्यैदेखि सचेत, सजग र जानकार गराउनु जरुरी छ । यस महायज्ञका उद्देश्यहरुमध्ये पञ्चकोटबाट जल सम्पदा संरक्षणको सन्देश दिनु पनि एक हो । यसका लागि विश्वशान्ति गण्डकी कलशको पूर्णता आवश्यक छ ।” 

सोमबारको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले वायु प्रदूषणका कारण पानीको अभाव हुँदै गएकाले अबको विश्वयुद्ध पानीको अभावकै कारणले हुनसक्ने चिन्ता व्यक्त गरे । उनले अहिले विश्व जलवायुको ठूलो संकटमा रहेको र अहिले विश्वको जलवायु पनि बिग्रिदो अवस्थामा रहेको बताए ।

“हिमालमा हिउँ रहेनभने हिमाल, हिमाल रहँदैन पहाड मात्र रहन्छ,” उनले भने “हिमाली जडीबुटी र हिमालमा रहने जलचल र स्थलचल घटेर जान्छ । जुन प्रणाली हुन्थ्यो त्यो हुँदैन । यसको परिणाम जलको आपूर्ति घटेर जान्छ । मानवका लागि नभई नहुने पानी हो । त्यसैले अबको विश्वयुद्ध सायद पानीका कारण हुनसक्छ किनभने अहिले नै विश्वमा पानीको अभाव भइसक्यो ।” उनले आफूले एक दशकअगाडि बैंककमा भएको न्यायसम्बन्धी कार्यक्रममा अन्य देशका कारणले वायुप्रदूषण बढिरहेको र नेपालको हिमालमा त्यसको असर देखापरेको भनाइ राखेको स्मरण गरे ।

“अहिले हिमालमा हिउँ पग्लिएको छ । हिमाल कालो हुँदैछ । यो सब हामी नेपालीले गर्दा होइन तर परिणाम भने हामीले नै भोग्नुपरेको छ । हिउँ कालो हुँदा हाम्रो जीवन, मानवीय अस्तित्व र मानव सभ्यतामा नै असर पर्छ,” उनले भन्नुभयो, “यसको अन्तर्राष्ट्रिय जवाफदेहितासम्बन्धी संहिता निर्माण हुनुपर्छ जसले हामीलाई जवाफ दिनुपर्छ । मैले बैंककमा एक दशकअगाडि नै न्यायसम्बन्धी कार्यक्रममा यो प्रश्न उठाएको थिएँ । यसको सान्दर्भिकता अहिले झन् बढेर गएको छ ।”

मानव सभ्यतालाई नै जोगाउनका लागि जलवायु न्यायको आवश्यकता रहेको उनले बताए । अब यसका पीडितहरु प्रकृतिका मात्र पीडित नभएर मानवीय कारणले उत्पन्न समस्या भएकाले यसका विरुद्धमा आवाज उठाउन अघि बढ्नुपर्ने उनको भनाइ थियो ।  

वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले राज्यको गठन हुनुपछाडिको मुख्य उद्देश्य नागरिकलाई न्याय प्रदान गर्नु रहेको बताए । पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुरक्षा, विकास र न्याय एकआपसमा सम्बन्धित भएको बताए । उनले न्याय नभएसम्म सुरक्षा र विकास नहुने र कानुनी राज्यमा सबै समान हुँदा सुरक्षा विना विकास नहुने बताए । उनले कानुनी शासन, विकास र न्यायमा नागरिकको कर्तव्यको साथसाथै अधिकार पनि जोडिन आउने हुँदा दुवैलाई नागरिकले भुल्न नहुने बताए । 

सोमबारको सो सत्रको सञ्चालन गर्दै नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले अहिलेको युगमा जलवायु न्याय सबैभन्दा महत्वपूर्ण र संवेदनशील हुँदै गएको धारणा राखे । 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोल्वालिङ हिमपहिरोमा पाँच जनाको उद्धार, सात अझै बेपत्ता
रोल्वालिङ हिमपहिरोमा पाँच जनाको उद्धार, सात अझै बेपत्ता मंगलबार, कात्तिक १८, २०८२
समावेशी पर्यटनको ‘टर्निङ पोइन्ट’: पहिलो पटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम 
समावेशी पर्यटनको ‘टर्निङ पोइन्ट’: पहिलो पटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम  मंगलबार, कात्तिक १८, २०८२
पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला
पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला मंगलबार, कात्तिक १८, २०८२
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा
दासढुंगादेखी– मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा सोमबार, कात्तिक १७, २०८२
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम
पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सोमबार, कात्तिक १७, २०८२
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए
एक लाख २८ हजार पर्यटक अक्टोबरमा नेपाल भित्रिए सोमबार, कात्तिक १७, २०८२
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP