Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • अफ्रिकन स्वाइन फिबरबाट पशुलाई बचाउन उच्च सतर्कता
अफ्रिकन स्वाइन फिबरबाट पशुलाई बचाउन उच्च सतर्कता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १४, २०८०

चितवन - बङ्गुलाई अफ्रिकन स्वाइन फिबरबाट बचाउनका लागि उच्च सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले जिल्लामा बंगुर पाल्दै आएका कृषकलाई सो रोग लाग्न नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
    
कार्यालयका अधिकृत दीपचन्द्र घिमिरेका अनुसार जिल्लामा यो रोग फैलन नदिन  नाकाहरुमा कडाइ गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सङ्क्रमण रोग नियन्त्रण समितिले परिपत्र गरेर जिल्लाका कुनै पनि नाकाबाट बंगुर र सोसँग सम्बन्धित अन्य पदार्थ भित्रन नदिन निर्देशन गरेअनुसार सबै नाकामा कडाइका साथ जाँच गरिएको उनको भनाइ थियो । 

अधिकृत घिमिरेले भने, “अहिलेसम्म जिल्लामा यो रोग देखिएको छैन । उच्च सतर्कता अपनाउन सके बचाउन सकिन्छ ।” अहिले जिल्लाका केही फार्ममा क्लासिकल स्वाइन फिवर देखिए पनि अन्य रोग नदेखिएको र यो रोग भने निवारण गर्न सकिने उहाँले जानकारी दिए । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका केही फार्महरुमा क्लासिकल स्वाइन फिवरको सङ्क्रमण देखिएको छ ।

 बंगुर पाल्ने कृषकसँगको छलफलमा यो रोगबाट बच्नका लागि बंगुरलाई खोरमा थुनेर पाल्ने, खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउन कार्यालयले आग्रह गरेको अधिकृत घिमिरेले बताए ।बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधैँ फार्ममा रहेका बंगुरसँग नमिसाइ २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएमा मात्र बथानमा मिसाउने, बंगुरको खोर तथा फार्म वरिपरि नियमित चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।

यो रोग फ्लु भाइरसका कारण लाग्ने भएकाले उच्च सतर्कता र निगरानी बढाउन किसानमा कार्यालयले अनुरोध गरेको हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । गत वर्ष जिल्लामा अफ्रिकन स्वाइन फिबरबाट ठूलो क्षति भएपछि अहिले सुरुवाती समयमै सावधान अपनाउन अनुरोध गरिएको हो । गत वर्ष यहाँका नौ वटा कृषि फार्मका बंगुर यस रोगबाट मरेका थिए ।

घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा अफ्रिकन स्वाइन फिवरको भाइरसले सङ्क्रमण गरेर गत वर्ष धेरै यस्ता पशुको मृत्यु भएको थियो । यो रोग सङ्क्रमित सुँगुर र बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बरको र्‍याल, मलमुत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा  सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ ।

यो रोग लागेका बंगुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो ( १०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ ।


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:४४
#स्वाइन_फिबर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ सोमबार, साउन १२, २०८२
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता सोमबार, साउन १२, २०८२
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण सोमबार, साउन १२, २०८२
मूल सडकमा गाडी गुडाउनै कठिन
मूल सडकमा गाडी गुडाउनै कठिन सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP