Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित
जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १४, २०८०

एजेन्सी -  जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।  मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत महिना एउटा अस्पष्ट कोणमा तल खस्दा यसको सौर्य प्यानल गलत दिशामा गएको थियो । 

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सूर्यको कोण परिवर्तन भएपछि ल्यान्डर दुई दिनका लागि पुनर्जीवित भएको र एउटा उच्च–विशिष्ट क्यामेरामार्फत एउटा क्रेटरको वैज्ञानिक अवलोकन गरेको बताएको छ । अँध्यारो हुनेबित्तिकै यो फेरि सुत्यो । यसलाई कठोर चन्द्र रातहरूका लागि डिजाइन गरिएको थिएन । यो फेरि ब्युँझिने छ भन्नेबारेमा जेएएक्सए अनिश्चित थियो । 

“हिजो हामीले एउटा कमान्ड पठाएका थियौँ र यसको एसएलआइएमले जवाफ दिएको छ”, जेएएक्सएले सोमबार सामाजिक सञ्जाल एक्समा भनेको छ, “एसएलआइएम आफ्नो सञ्चार कार्यलाई कायम राख्दै चन्द्रमाको सतहमा एक रात जीवित रहन सफल भयो, अहिले पनि चन्द्रमामा दिउँसो थियो र सञ्चार उपकरणको तापक्रम अत्यधिक भएकाले थोरै समयका लागि सञ्चारलाई बन्द गरियो ।”

Hardik health

“जब उपकरणको तापक्रम पर्याप्तरूपमा चिसो हुनेछ सञ्चालन पुनः सुरु गरिने तयारी भइरहेको छ”, एक्समा भनिएको छ । आफ्नो सटिक अवतरण प्रविधिका लागि ‘मुन स्नाइपर’ भनिने एसएलआइएम जनवरी २० मा आफ्नो लक्षित अवतरण क्षेत्रभित्र पुगेको थियो । 

हालैका असफलताहरूपछि यो उपलब्धि जापानको अन्तरिक्ष कार्यक्रमको एउटा जित थियो । यसबाट अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्ने जापान पाँचौँ मुलुक बनेको छ ।


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP