Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • कालापत्थरमा महिला दिवस  मनाइने
कालापत्थरमा महिला दिवस  मनाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १४, २०८०

काठमाडौं - जलवायुपरिवर्तन तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको छ ।

जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले उक्त स्थानमा पदयात्रा गर्न लागेको संस्थाले जनाएको छ ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आज विज्ञप्तिमार्फत लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि तथा समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गरिने जानकारी दिए ।

“हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ । यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायबारे विज्ञ र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्नेछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलासहित यही फागुन १७ गते काठमाडौँबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङबोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तिकरण’ भन्ने  नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया जनाएको छ ।

स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने अध्यक्ष कार्कीले उल्लेख गरेका छन् ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङबोचेमा पुगेर हिमाल पग्लिने क्रम बढेकोप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन : एक्सलेरेट प्रोग्रेस’ (गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाउन गइरहेको छ ।


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ सोमबार, साउन १२, २०८२
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता सोमबार, साउन १२, २०८२
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण सोमबार, साउन १२, २०८२
मूल सडकमा गाडी गुडाउनै कठिन
मूल सडकमा गाडी गुडाउनै कठिन सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP