Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभा शून्य समयः विविध समस्याबारे सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा शून्य समयः विविध समस्याबारे सरकारको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १४, २०८०

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले लघुवित्त, सहकारी र मिटरब्याजपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  बैठकको शून्य समयमा उनीहरुले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी र मिटरब्याजी पीडितलाई न्याय दिलाउन माग गरे ।

बैठकमा सांसद अनिसा नेपालीले पीडित किसानका कुरा सरकारले सम्बोधन गर्न नसकेको भन्दै समस्या समाधानको माग गरे । सांसद अब्दुल खाँनले बालकुमारी घटना जस्तै मधेसमा पछिल्लो समयमा मृत्यु भएका घटनाका सन्दर्भमा पनि छानविन गरी न्यायको माग गरे।  

सांसद अम्बिका बस्नेतले सहकारीमा बदमासी गर्नेलाई कारबाही गरेर पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरे । साथै उनले मिटरब्याजपीडित र दूधको मूल्य नपाएका किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सांसदद्वय अमृतलाल राजवंशी र अमरबहादुर थापाले लघुवित्त र मिटरब्याजपीडितका समस्या समाधानमा सरकारको ध्यान पुगोस् भने ।सांसद अमरबहादुर रायमाझीले बजेटअन्तर्गत लागू भएका योजना बजेटको कमीले कार्यान्वयनमा कठिनाइ भएको भन्दै उचित बजेट विनियोजनको व्यवस्था गर्न माग गरे ।

सांसद अमृतादेवी अग्रहरीले सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन र विवादित मन्त्रीलाई मन्त्रीपरिषद्बाट हटाउन माग गरे । सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको माग गरे ।सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको उल्लेख गरे । साथै उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने धारणा व्यक्त गरे ।  

सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद असिम शाहले नक्कली सवारी साधन चालक अनुमतिपत्रका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीको माग गरे ।सांसद डा आरजु राणाले गत कात्तिक १५ गते आफू नेतृत्वको संसदीय समितिले दुग्ध किसानका समस्या समाधानका लागि सरकारलाई दिएको निर्देशनबारेमा जवाफ माग गरे । सांसद ईश्वरबहादुर रिजालले दोलखामा अवस्थित जलविद्युत् आयोजनाअन्तर्गत बाँकी रहेको सडकमा कालोपत्र गर्न माग गरे ।

सांसद ईश्वरी घर्तीले आविस्कार केन्द्रसँग विगतमा भएका सम्झौता कार्यान्वयनको माग गरे । सांसद ईश्वरी देवी न्यौपानेले संसद्मा सांसदहरु आरोपप्रत्यारोपभन्दा सहकारी, लघुवित्त र मिटरब्याजपीडितको समस्या समाधानमा लाग्नुपर्ने बताए ।सांसद उदयशम्शेर जबराले सवारी साधन चालक अनुमपति पत्र स्मार्ट बनाउने नाममा नयाँ र नवीकरण गर्न २१ महिना लाग्ने गरेको अवगत गराउँदै ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद उर्मिला थेबेले गत वर्षको वर्षायममा आएको बाढीपहिरोबाट पीडित ताप्लेजुङका बासिन्दाका समस्या सुनाउँदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले विगतको सशस्त्र युद्धलगायत विभिन्न पहिचानका आन्दोलनले नै पिछडिएका जाति, वर्ग र समुदायले अधिकार पाएको उल्लेख गरे ।

सांसद ऋषिकेश पोखरेलले लोप हुने खतरामा रहेको ताजपुरीया जातिको विशेष संरक्षण गर्न माग गरे । सांसद एकनाथ ढकालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको टिप्पणी गर्दै विशिष्ट व्यक्तिको नेपाल भ्रमण गराउन माग गरे ।  सांसद कल्पना चौधरीले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनमा प्रभावकारीताका लागि ध्यानाकर्षण गराए । सांसद कान्तिका सेजुवालले कर्णालीमा यस वर्ष हिउँदमा पानी नपर्दा कृषिमा समस्या भएको र खडेरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराए  ।

सांसद डा कालुराम राईले अर्थतन्त्रको आधार बैंक तथा वित्तिय संस्थाप्रति केही व्यक्ति र समूहले गरेको अराजकता नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद किरणकुमार साहले स्वास्थ्य क्षेत्र सेवाभन्दा पनि बढी व्यापारिक भएको, सरकारी सेवा झन्झटिलो भएको र शिक्षा व्यावहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद कुसुमदेवी थापाले दुध किसानका समस्या समाधान गर्न र किसानलाई लम्पीस्किन रोगको क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गगनकुमार थापाले आरोपप्रत्यारोप मात्र गरेर संसद् बैठक प्रभावकारी नहुने भन्दै अख्तियारमा उजुरी परेका, सरकारी जग्गा विवादमा मुछिएका, सहकारी ठगीमा परेका, दुई वटा नागरिकता राखेकाहरुका सन्दर्भमा  संसद् बैठक बाहिर अनुसन्धान गर्न माग गरे ।

सांसद गणेश पराजुलीले सरकारले प्रभावकारी काम गर्न नसकेका कारण नै सहकारी र मिटरब्याजपीडितका समस्या भएको उल्लेख गर्दै यसमा आवश्यक छानविन गरी कारबाहीको माग गरे । सांसद गोमा लाभ (सापकोटा)ले सरकारी कार्यालयमा घुस र पहुँचविना जनताको काम समयमा नहुने गरेको आरोप लगाउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद गङ्गाप्रसाद यादवले सिराहाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव देखिन थालेको बताउँदै समाधानका लागि ध्यानाकर्षण गराए । सांसद गङ्गाराम चौधरीले विकास निर्माणका योजना वितरणमा पक्षपात देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नहुने बताए ।

सांसद चन्दा कार्की भण्डारीले मुलुकमा पछिलो समयमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारले सुशासन कायम गर्न नसक्दा जनताले सहजरुपमा सरकारी सेवा प्राप्त गर्न नसकेको बताए। सांसद छिरिङ डम्डुल लामाले सिमकोट जोड्ने सडकका लागि आवश्यक बजेटको माग गरे ।

सांसद छिरिङ ल्यामु लामाले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसक्दा कृषि सामग्रीको आयात पछिल्लो समय बढ्दो दरमा रहेको बताउँदै समाधानका लागि माग गरे । सांसद जीवन परियारले सिक्लेस हुँदै मनाङ जोड्ने सडक निर्माणका लागि सरकारसँग माग गरे ।
 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त सोमबार, साउन १२, २०८२
मिथिलामा ‘झुला’ पर्व सुरु
मिथिलामा ‘झुला’ पर्व सुरु सोमबार, साउन १२, २०८२
एमसिसीको निरन्तरता
एमसिसीको निरन्तरता सोमबार, साउन १२, २०८२
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको ठगी गर्ने तीन जना पक्राउ सोमबार, साउन १२, २०८२
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता सोमबार, साउन १२, २०८२
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण सोमबार, साउन १२, २०८२
मूल सडकमा गाडी गुडाउनै कठिन
मूल सडकमा गाडी गुडाउनै कठिन सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP