Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
विचार
  • Home
  • विचार
  • रित्तिन थालेका गाउँ र समृद्धि सपना
रित्तिन थालेका गाउँ र समृद्धि सपना
टिकाराम खड्का
टिकाराम खड्का सोमबार, फागुन १४, २०८०

माओको बाटो र माओवादीले लिएको क्रान्ति नीति फेरिने बहस चलिरहेको छ । तर, तिनै क्रान्तिकारी गाउँ र क्रान्तिकारी चेत उत्पादन गर्ने माटो अब रित्तो र पाखो, जंगल र झाडीमा परिणत हुने क्रममा छ । यसर्थ अब सहर केन्द्रित विद्रोह र गाउँ फर्क अभियानलाई उत्पादनसँग जोडेर आमूल परिवर्तनको संकेत दिन सकिएन भने पहाडी क्षेत्र मानवशून्य हुने र सहरमा ठेलमठेल हुने देखिन्छ ।

 

देशमा अहिले गाउँ–गाउँसम्मै मोटर पुगेको छ । आधारभूत स्वास्थ्य सेवा पुगेको छ । विद्यालय छ । तर, मानिस भेटिन छाडेका छन् । सेवा गुणस्तरको प्रश्नलाई प्रमुख मानेर गाउँ रित्तिएको निष्कर्षमा पुगियो भने त्यो गलत सावित हुन्छ । गाउँ रित्तिनुमा धेरै कारण छन् । जसमध्येको प्रमुख कारण हो, रोजगारी । गाउँमा रोजगारी वा कुनै अवसर सिर्जना गर्ने किसिमले राज्यले योजना बनाउन सकेको छैन । ठूला उद्योगधन्दा, कलकारखाना, कृषि तथा व्यापार व्यवसायजन्य विषय विस्तार हुन सकेको छैन । निर्वाहमुखी कृषिखेतीमा रमिरहेको मध्यम वर्ग अब नयाँ अवसरको खोजीमा सहर पसेको छ । विपन्न र मध्यम वर्ग पनि खाडी मुलुकदेखि विभिन्न मुलुकमा रोजगारीका लागि पुग्ने र त्यहाँ आर्जन गरिएको धनलाई पुँजीकृत गर्नेभन्दा पनि घर खर्च र जीवनस्तरलाई सुकिलो मुकिलो बनाउनेमै उद्धत देखिन्छ । 

दुई जनगणनाको तथ्यांक हेरौं
राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कूल जनसंख्याको ५३.६१ प्रतिशत अर्थात् एक करोड ५६ लाख ३४ हजार रहेको छ । यस्तै पहाडमा ४०.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४) र हिमालमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ८४८) जनसंख्या रहेको छ । त्यसअघि जनगणना २०६८ अनुसार तराईमा ५०.२७ प्रतिशत (एक करोड ३३ लाख १८ हजार ७०५), पहाडमा ४३.०१ प्रतिशत (एक करोड १३ लाख ९४ हजार) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७ लाख ८१ हजार ७९२) रहेको थियो ।

Hardik health

यो तथ्यांकलाई तुलना गर्ने हो पछिल्ला १० वर्षमा पहाड छाड्नेहरू २.७ प्रतिशत र हिमाल छाड्ने ०.६५ प्रतिशत रहेको देखिन्छ । तर, पछिल्लोपटकको जनगणनामा जो जहाँ छ त्यहीँबाट तथ्यांक संकलन गरिएको हो । गाउँमा परिवारका सदस्य को–को छन् भनेर तथ्यांक संकलन गर्नेदेखि सहरमासमेत गाउँबाट आएकाहरूको तथ्यांक संकलन गरेर यसलाई स्थायी बसोबासको आधारमा मिलान गरिएको छ । यसले के संकेत गर्दछ भने पहाडी क्षेत्रको जनसंख्या घट्दोक्रममा छ र तराई केन्द्रित बन्दै छ । देशै छाड्नेहरूको संख्याको त कुरा नै फरक छ । जनसंख्या वृद्धिदरसमेत ठूलो मात्रामा नदेखिएको बेला यस्तो आँकडा देखिनु संकटको प्रारम्भिक संकेत पनि हो ।

अध्यागमन विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास अुनमति (पिआर) लिएर विभिन्न १०९ देश पुग्ने नेपालीको संख्या ७१ हजारभन्दा बढी रहेको छ । अस्थायी बसोबास अनुमति लिएर विदेश यात्रा गर्नेहरूको संख्या ९२ हजारभन्दा बढी रहेको तथ्यांक छ । सन् २०२३ मा स्थायी र अस्थायी बसोबासको अनुमतिपत्रसहित नेपाल छाड्नेको संख्या एक लाख ६३ हजारभन्दा बढी थियो । यसले पनि विदेशिनेहरूको संख्या र अन्तरदेशीय बसाइँसराइको अवस्थितिलाई प्रस्ट पारेको छ ।



माक्र्सवाद, लेनिनवाद र माओवाद नेपालमा खुब रुचेको, रुचाइएको र पछ्याइएको विचारधारा हो । यही विचारका सहउत्पादन जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद, एकीकृत जनक्रान्ति वा अन्य विचारधारा आ–आफ्नो स्थान ओगटेर बसेका छन् । अहिले पनि नेपालमा कम्युनिस्ट बाहुल्यता छ । निर्वाचनको तथ्यांकलाई हेर्ने हो भने पनि यो प्रस्ट हुन्छ ।

विपन्न र मध्यम वर्गमा पुँजीपति वर्गको अधिनायकत्व द्वन्द्वात्मक भौतिकवादले पनि स्वाभाविक ठान्छ । तर यो एकखाले पुँजीवादी दमन र उत्पीडन नै हो । यस्तै दमन, उत्पीडन, शोषण र शासकीय कमजोरी परास्त पार्न भन्दै तत्कालीन नेकपा माओवादीले थालेको १० वर्ष लामो जनयुद्ध ठूलो इतिहास हो । जनयुद्धले देखाएको बाटो, चेतना, विद्रोही चेत र जन जागरुकताको विषय अहम् विषय हुन् ।

यसलाई चाहेर वा नचाहेर नकार्न सकिन्न । तर, वर्गविहीन समाज निर्माण गर्ने भन्दै विद्रोहमा होमिएका गाउँहरू आज मानवविहीन बन्ने खतरामा हेलिएका छन् । युद्धमा सहभागी पुस्ता पनि विदेशका गल्ली चहार्दै छ । छोराछोरी सहर केन्द्रित बनिरहेका छन् । गाउँमा केही घर कुरुवा र विपन्नतालाई चिर्न नसकेको समूहमात्रै बाँकी रहने र पुँजीपति वर्गले त्यहाँ शासन गर्ने स्थिति सिर्जना हुने खतरा पैदा हुँदै गएको छ ।

माओवादीले गाउँमा मानिसको दैनिकी, उनीहरूमा भएको उत्पीडन, शोषण र शासनसत्ताले गरेको उपेक्षालाई विद्रोही चेत विकासमा योगदान पु¥यायो । साथै, माओवादीले पनि चिनियाँ क्रान्तिमा महान नेता माओत्सेतुङलेझैं गाउँबाट सहर घेर्ने रणनीति अख्तियार ग¥यो । माओवादीले रुकुम, रोल्पा, सिन्धुलीलगायत जिल्लाबाट गरेको विद्रोह देशैभर फैलियो । यसले राज्यशक्तिलाई कमजोरमात्रै पारेन, अन्तर्राष्ट्रिय समुदायलाई समेत चकित तुल्यायो । विश्व कम्युनिस्ट आन्दोलनलाई २१औं शताब्दीमा पनि दीर्घकालीन जनयुद्ध सम्भव छ है भन्ने सन्देश दियो ।

माओले चीनमा गरेको क्रान्तिको मोडेल नेपालमा लागू गरिएपछि गाउँबाट सहर घेर्ने रणनीति सफल हुँदै आयो । गाउँहरू क्रान्तिकारी बनेका थिए । पहाडी क्षेत्रमा विपन्न, मध्यम वर्गले क्रान्तिबाट आमूल परिवर्तनको सपना देखे । तर, आज तीनै क्रान्तिकारी गाउँहरू रित्तिने क्रममा छन् । बर्सेनि मानिसको संख्या गाउँबाट पलायन हुँदै छ । अहिले गाउँमा युवा भेटिन्नन् । महिला र केही बालबालिका मात्रै गाउँमा छन् । जिउँदा जन्ती र मर्दा मलामी जाने मान्छे नै पाउन गाह्रो छ । यस्तो हुनुमा राज्यको असफल नीति र विश्वव्यापीकरणको बढ्दो प्रभावलगायतलाई मुख्य कारण मान्नुपर्ने स्थिति बनेको छ ।

कुनैबेला गाउँ हराभरा र सुन्दर थियो । मानिसहरू खेती किसानीबाटै आफ्नो जीविकोपार्जन गर्दथे र पैसाको जोहो गर्न आज जस्तो विदेशिने ठूलो लहर थिएन र बसाइँ सर्ने पनि खास चलन थिएन । तर, आज बसाइँसराइ र सुविधा खोज्नेहरू सहर पसे । विदेशिनेहरू सकेसम्म उतै बस्न रुचाउने भए । अनि गाउँ रित्ता प्रायः भए ।


माओको बाटो र माओवादीले लिएको क्रान्ति नीति फेरिने बहस चलिरहेको छ । तर, तिनै क्रान्तिकारी गाउँ र क्रान्तिकारी चेत उत्पादन गर्ने माटो अब रित्तो र पाखो, जंगल र झाडीमा परिणत हुने क्रममा छ । यसर्थ अब सहर केन्द्रित विद्रोह र गाउँ फर्क अभियानलाई उत्पादनसँग जोडेर आमूल परिवर्तनको संकेत दिन सकिएन भने पहाडी क्षेत्र मानवशून्य हुने र सहरमा ठेलमठेल हुने देखिन्छ । अझ अन्तरदेशीय बसाइँसराइ अब प्रमुख चुनौती बन्ने छ । त्यसकारण नेपालको अस्तित्व, मौलिकता र पहिचान नै गम्भीर संकटमा पर्ने खतरा छ ।

मध्यपहाडी राजमार्गको पदयात्रापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले तमोर नदी किनारमा नेताहरूसँग छलफल गर्दै मानव बस्ती सार्ने विषय र मानिसलाई राज्यले नै जमिन उपलब्ध गराएर सुरक्षित आवाससहित खेती कर्ममा जोडेर उत्पादनलाई जोड दिने विषय उठाएका थिए । एमालेले पदयात्राको क्रममा मध्यपहाड क्षेत्रका धेरै बस्ती रित्तिदै गएको र मानिसहरू सुविधाको स्तर खोजीमा भौतारिन थालेको निष्कर्षसमेत निकालेको छ । मध्यपहाड क्षेत्रमा मानिसको बसोबास स्थापित गर्न थुप्रै काम राज्यले गर्नुपर्ने सुझावसमेत दिइएको छ । यो वास्तवमै नेपालको मानचित्रमा पहाडी क्षेत्र रित्तिदै गएको संकेतको पूर्ववत् जानकारी र यसको समाधान खोज्न राज्य गम्भीर बन्नुपर्ने सन्देश हो। 

माओवादी केन्द्रले थालेको चार महिने विशेष रुपान्तरण अभियानले देखाएको विषय पनि यही नै हो । माओवादी अभियानले सहर केन्द्रित संगठन संरचनामा जोड दिनुपर्ने, रुकुम–रोल्पाको नजरबाट माओवादीलाई बाहिर निकाल्नुपर्ने आवाज यसैको सहउत्पादन हो । गाउँ रित्तिनुमा राज्य, राजनीतिक नेतृत्व र हाम्रो सोच पनि जिम्मेवार छ । यसलाई परिवर्तन गर्न ‘गाउँ फर्क अभियान’लाई सार्थकता दिने योजना चाहिन्छ ।ग्रामीण कृषि, औद्योगिकीकरण, पर्यटन विकास, रोजगारी सिर्जनादेखि गाउँलाई प्रकृतिसँग प्रत्यक्ष जोडेर मानव सभ्यतालाई जागृत गर्नुको विकल्प छैन । गाउँमा मोटर पुगे पनि मोटर चढ्नुपर्ने स्थिति बनाउनुपर्ने छ । गाउँका बाटाहरू अर्गानिक उत्पादन बजारीकरणको प्रमुख मार्ग बन्नुपर्छ । गाउँमा पाइने जडीबुटी र त्यहाँको प्राकृतिक स्रोत साधनको पहिचान, सबलीकरण र वितरण राज्यले गर्नुपर्ने छ ।

चीनले पनि आजभन्दा ४०/५० वर्ष अघिसम्म गहुँ, माछा मासु किन्नदेखि हरेक क्षेत्रमा कुपनबाट कार्यसम्पादन गर्ने गथ्र्यो । तर, चिनियाँ राजनीतिक नेतृत्वले देखाएको इच्छाशक्ति र योजनाले सार्थकता पाएसँगै अहिले विश्वमै विलासी सामग्रीको किनमेलमा चीन अघि छ । चिनियाँ अर्थतन्त्र विश्वकै सबल बन्न पुगेको छ । ग्रामीण बस्तीहरू हराभरा भएका छन् । जहाँ जे उत्पादन हुन्छ त्यो राज्यले नै किनेर किसानलाई मारमा पर्न दिएको छैन । ग्रामीण बस्तीहरूमा मानिस बसिरहेका छन् । त्यहाँ राज्यको बलियो उपस्थिति छ ।


जटिल भूवनोटको चीनले यस्तो ठूलो परिवर्तन गर्न सक्छ भने नेपालले किन सक्दैन ? सक्नुपर्छ । तर, यसका लागि राज्यसँग बलियो संयन्त्र र चासो चिन्ता भने आवश्यक छ । प्राकृतिक स्रोत साधनले नेपाल भरिपूर्ण छ । स्रोतको उपयोगिताका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ पनि हो । नेपालको भूगोलको हरेक १० किलोमिटरमा फरक अनुभूति गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने खाद्यान्न गुणस्तरीय मात्रै छैन, औषधीय गुणले भरिपूर्णसमेत छ । यहाँ थुप्रै बहुमूल्य जडीबुटी पाइन्छन् । केही यस्ता खेती पनि छन्, जुन पहाडी क्षेत्रको जीवनस्तर उकास्न धेरै समय कुर्नै पर्दैन । तर, यसका लागि पहिले राज्य तयार हुनुपर्छ ।

विश्वका धेरै मुलुक आणविक हतियार उत्पादन परीक्षणमा अभ्यस्त बन्दा हुने तर हामीले उत्पादन गर्ने वनस्पतिदेखि औषधिका लागि प्रयोग हुने गाँजा, अफिमजस्ता विषय किन बन्देज लगाइराख्ने ? राज्यले यस्ता तमाम काम गर्न सके गाउँ फर्क अभियान व्यवहारतः लागू हुने छ । तर, हरेक घर र चुल्होमा राज्यको उपस्थिति भने आवश्यक छ । अहिले जनतासँग राज्य नै छैन । राज्य अलमलिएको छ । राज्यले कानुन उदाहरणीय बनाएको छ । समाजवादमा जाने घोषणा पनि गरेको छ । तर, आधार तयार पार्ने कुराभन्दा सत्ताकै झिनाझपटी चलिरहेको छ । यस्तै कारणले नै नेपाल समृद्ध बन्ने बाटोमा अग्रसर बन्न सक्ने देखिन्न ।

गाउँ रित्तिएका होइनन्, रित्ताइएका हुन् । राज्यले रित्याएको हो । माओले चीनमा गरेको सफल क्रान्तिलाई नेपालमा कार्यान्वयन गर्न ठूलो योगदान दिएका गाउँहरू युद्धपछि नै रित्तिएका हुन् । अब यसलाई पुर्नताजकी गर्ने दायित्व पनि यही व्यवस्था, प्रणाली र नेतृत्वको हो ।

ग्रामीण क्षेत्रको बाँझो जमिन र जंगलले भरिन थालेको जमिनको सदुपयोगलाई सरकारले भू–उपयोग नीति नै बनाएर काम गर्नुपर्छ । गाउँमा ठूला–ठूला जडीबुटी प्रशोधन केन्द्रदेखि औषधि उत्पादन कारखाना खोलिनुपर्छ । बन्द गरिएका परम्परागत घरका झ्याल ढोका आर्थिक समृद्धिको सपना र सम्भावनासँगै खुल्दै जाने छन् । सहर केन्द्रित मानव सोच गाउँ फैलिने छ । गाउँ हराभरा भयो भने नेपाली समृद्ध बन्ने छ । विज्ञान प्रविधिले साँघुरो बनाएको विश्व समुदाय गाउँको अर्गानिक–प्राकृतिक उत्पादन र मनोरम दृश्यसँग भुल्ने गन्तव्य बन्ने छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप विचार
जनसांख्यिक लाभांश गुमाउँदै नेपाल
जनसांख्यिक लाभांश गुमाउँदै नेपाल आइतबार, असार २८, २०८३
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP