Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सुवास नेम्बाङको उत्तराधिकारी को ?
१५ वैशाखमा उपनिर्वाचन सुवास नेम्बाङको उत्तराधिकारी को ?
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, फागुन १४, २०८०

काठमाडौं– संविधानसभा अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त इलाम–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा एमालेले सुवासकै छोरा सुहाङलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सुहाङलाई उम्मेदवार बनाउन सकारात्मक देखिन्छन् । अवसर पाए उम्मेदवार बन्ने सुहाङको भनाइ छ । सुहाङ अधिवक्तासमेत हुन् ।एमालेबाट उम्मेदवार बन्न युवा नेताहरू उमेश गुरुङ र रवीन्द्र सुवेदी आकांक्षी छन् । गुरुङ एमाले इलाम सचिव र सुवेदी उपसचिव हुन् । जिल्ला समन्वय समितिका पूर्वप्रमुख गणेश बराल पनि आकांक्षी छन् । अर्का नेता उदय राई पनि उम्मेदवार हुने दौडधुपमा छन् । तर, उम्मेदवारको टुंगो लाग्न भने बाँकी छ । 

यस क्षेत्रमा दिवंगत नेता नेम्बाङ अढाइ दशकसम्म अवच्छिन्न जनप्रतिनिधि भएका थिए । गत वर्षको ४ मंसिरमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका इलाम सभापति डम्बर खड्कालाई झिनो मतान्तर (११४ मत)ले पराजित गरेका थिए । नेम्बाङले ३० हजार २० मत र डम्बरले २९ हजार ९०६ मत पाएका थिए । 

कांग्रेसका डम्बरलाई त्यसबेला नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन थियो । समानुपातिकमा माओवादीले पाँच हजार १५३, जसपाले ९०६ र एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए । यी तीन दलको कूल मत छ हजार ६४५ हो ।

Hardik health

हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा गठबन्धन नगर्ने विषय जोडले उठ्यो । यदि, गठबन्धन नगरिए कांग्रेसलाई इलाम–२ मा चुनाव जित्न असहज हुने देखिएको छ । किनभने माओवादी, एकीकृत समाजवादी र जसपाको साढे छ हजार मत कांग्रेस उम्मेदवारले पाउने छैनन् । जसको क्षति चुनावी नतिजामा पर्न सक्छ ।

तैपनि कांग्रेसबाट डम्बरका अलवा नेताहरू केशव थापा र भेषराज आचार्य पनि आकांक्षी देखिएका छन् । उम्मेदवार बन्ने बढी सम्भावना भने डम्बरकै रहेको चर्चा छ । तर, गठबन्धनविना डम्बर होस् या अन्य कुनै कांग्रेसी उम्मेदवारलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्ने अवस्था छ । 

सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा हुने बताइसकेका छन्  । ‘हाम्रो आफ्नो हैसियत थाहा पाउन पनि चुनाव एक्लै लड्नुपर्ने देखियो । लड्ने तयारीमा जुटिसक्यौं । यसका लागि अस्तिको राष्ट्रिय सभा चुनावको नतिजाले पनि दबाब दियो ।’

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा माओवादीकी चम्पादेवी कार्कीले कांग्रेसका सांसद र स्थानीय तहका जनप्रतिनिधिले धोका दिँदा चुनाव हारेकी थिइन् । त्यसपछि रुष्ट माओवादी एक्लै चुनाव लड्ने पक्षमा उभिएको हो । त्यहाँबाट माओवादीले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चा थियो । हालसम्म उनले कुन दलबाट चुनाव लड्ने खुलाएका छैनन् । तर, उनी चुनावमा भने होमिइसकेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै भने, ‘मैदान– वैशाख १५ ।’

उनीे चुनवाकेन्द्रित गतिविधिमा सक्रिय भइसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर ‘इलाम–सिंहदरबार’ जोड्ने अभियान भन्दै लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको तर्फबाट ज्ञापनपत्र बुझाएको तस्बिर सार्वजनिक गरेका छन् । यस क्षेत्रमा जातिगत रूपमा लिम्बूू जातिको बाहुल्यता छ । स्थानीयवासीसमेत रहेका लिम्बूू पछिल्लो समय दृष्टि साप्ताहिकका सम्पादक छन् । स्रोतका अनुसार उनी माओवादी केन्द्रबाटै उम्मेदवार बन्ने सम्भावना छ । 

कांग्रेस प्रदेश सभापति उद्धव थापाले भने उपनिर्वाचन गठबन्धन दलहरू मिलेरै लड्ने दाबी गरे । ‘यो गठबन्धन पाँच वर्ष नै कायम राख्ने भन्ने हो । नेताहरूबीच भएको समझदारी यही हो,’ उनले भने, ‘त्यही भएर गठबन्धनमा दायाँबायाँ हुँदैन । मिलेरै लड्ने हो चुनाव ।’
यस क्षेत्रमा गत निर्वाचनमा यहाँ रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार ३८० मत पाएका थिए ।

मंगोेल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूले एक हजार ३६३, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार खड्गप्रसाद पालुङ्वाले एक हजार २७२ मत र जसपाका उम्मेदवार यामप्रसाद लिम्बूले ७२४ मत पाएका थिए । कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार गोविन्द लिम्बूले ६८४ मत र राप्रपा उम्मेदवार गणेश दुलालले ५१० मत पाएका थिए । यस क्षेत्रमा २०५६ पछि हरेकपटक एमालेबाट सुवासचन्द्र नेम्बाङले चुनाव जितेका थिए । यहीँको जनमतले संसद् आइरहने नेम्बाङ पुनःस्थापित प्रतिनिधिसभाका सभामुख र संविधानसभाका अध्यक्ष भए ।

बझाङ प्रदेश–१ पनि उपनिर्वाचन
सवारी दुर्घटनामा परी ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको चुनाव क्षेत्र बझाङ–१ पनि उपनिर्वाचन हुँदै छ । गत ६ जेठमा मन्त्री भएपछि पहिलोपटक चुनाव क्षेत्र जाँदै गर्दा सवारी दुर्घटनामा परी मन्त्री सिंहको मृत्यु भएको थियो । सिंहको मृत्युपछि सांसदविहीन त्यस क्षेत्रमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले आइतबार निर्णय गरेको हो । 

गत वर्षको ४ मंसिरमा भएको चुनावमा उनले गठबन्धनबाट चुनाव जितेका थिए । १२ वर्षसम्म बझाङ कांग्रेसको सभापति बनेका उनले चुनावमा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई तीन हजार ३६९ मतान्तरले पराजित गरेका थिए ।

मतदाता नामावली दर्ता स्थगित
उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेश–१ मा मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेपछि मतदाता नामावली दर्ता कार्य स्थगित गरेको हो ।आयोगका प्रवक्ता थानेश्वर भुसालका अनुसार निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता नगर्ने कानुनी व्यवस्था भएका कारण आयोगले आइतबारदेखि नै मतदाता नामावली दर्ता स्थगित गर्ने निर्णय गरेको हो । 

‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमार्फत उनले भने ।
 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म 
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म  सोमबार, चैत २३, २०८२
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्दै गृहमन्त्री गुरूङ
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्दै गृहमन्त्री गुरूङ सोमबार, चैत २३, २०८२
ओली  र  लेखकको  रिटको सुनुवाइ हुँदै  ,निर्णय आजै आउने
ओली र लेखकको रिटको सुनुवाइ हुँदै ,निर्णय आजै आउने सोमबार, चैत २३, २०८२
कोशी प्रदेशसभाको बैठक आज बस्दै
कोशी प्रदेशसभाको बैठक आज बस्दै सोमबार, चैत २३, २०८२
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने सोमबार, चैत २३, २०८२
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP