Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतीय किसानद्वारा दिल्लीमा पुनः आन्दोलन सुरु
भारतीय किसानद्वारा दिल्लीमा पुनः आन्दोलन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ९, २०८०

भारत– बालीको उच्च मागमा सरकारसँग सम्झौता गर्न असफल भएपछि ट्र्याक्टरमा सवार हजारौँ किसान बुधबार नयाँदिल्लीतर्फ जानका लागि फेरि तयार भएका छन् । 
    
विरोध प्रदर्शनले राजधानीमा राजमार्गहरूको वर्षभरिको घेराबन्दीलाई सफलतापूर्वक दोहोर्याउने आशा गरिएको छ । उक्त विरोध प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि सन् २०२१ मा आफ्नो कृषि सुधार योजनाहरूलाई त्याग्न दबाब दिएको थियो । 

प्रहरीले गत सातादेखि नै शम्भूको सानो गाउँनजिकै उनीहरूको गन्तव्यको उत्तरमा धेरै घण्टाको दूरीमा कृषि मेसिनरीमा किसानहरूको एक माइल लामो स्तम्भलाई रोकेर राखेको छ । प्रदर्शनकारीहरूले अश्रु ग्यासको ब्यारेजहरू प्रयोग गरेर उनीहरूलाई तितरबितर गर्ने प्रयासलाई विफल बनाएका छन् र उनीहरूको प्रगति रोक्नका लागि धातु स्पाइकहरू र कङ्क्रिट बेरिकेड्सको डरलाग्दो नाकाबन्दी पार गर्ने वाचा गरेका छन् । 

“हामी अवरोधहरू तोड्नेछौँ भन्ने तपाईंलाई आश्वासन दिन्छौँ”, ४५ वर्षीय किसान जगमोहन सिंहले एएफपीलाई भने, “एकपटक हामीले यो अवरोधलाई तोडेपछि दिल्लीमा मात्र रोकिनेछौँ ।”

किसान युनियनहरूले चामल, गहुँलगायत प्रमुख खाद्यान्नका लागि पहिलेदेखि नै रहेको सरकारी योजनालाई विस्तार गर्दै सबै बालीमाथि न्यूनतम मूल्य निर्धारण गर्नका लागि कानून बनाउन माग गरिरहेका छन् । उनीहरूले ६० वर्ष वा त्योभन्दा बढी उमेरका किसानका लागि ऋण मिनाहा र विश्वव्यापी पेन्सनसहित अन्य छुटको पनि माग गरेका छन् । 

Hardik health

सरकारका मन्त्रीहरू र युनियनहरूबीच वार्ताको परिणामको प्रतीक्षा गर्नका लागि प्रदर्शनकारीहरूले गत साता दिल्लीमा आफ्नो जुलुसलाई अस्थायीरूपमा रोकेका थिए । यद्यपि धेरै चरणको वार्ता कुनै नतिजामा पुग्न असफल भएको छ । 

फार्म लियर जगजीत सिंह दल्लेवालले सोमबार राति प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) लाई केही तर सबै बालीका लागि मूल्यको ग्यारेन्टी विस्तार गर्ने पछिल्लो सरकारी प्रस्ताव ‘किसानको हितमा नभएको’ बताए । 

भारतको एक अर्ब ४० करोड जनसङ्ख्यामा दुई तिहाई मानिस कृषिबाट आफ्नो जीविका चलाउँछन् । यो मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब पाँच भागको एक भाग हो । यद्यपि पछिल्ला केही दशकदेखि कृषि आम्दानी धेरै हदसम्म स्थिर बनेको छ र यो क्षेत्रलाई लगानी र आधुनिकीकरणको नितान्त आवश्यकता छ । 

गरिबी, ऋण र जलवायु परिवर्तनले लगातार खराब मौसमी अवस्थाबाट प्रभावित बालीका कारण प्रत्येक वर्ष हजारौँ भारतीय किसानले आत्महत्या गर्छन् । आफ्नो विशाल सङ्ख्याका कारण किसानहरूको राजनीतिक प्रभाव छ र अप्रिलमा सुरु हुने राष्ट्रिय निर्वाचनअघि नयाँ सिराबाट विरोध प्रदर्शन हुँदैछ ।

सन् २०२० नोभेम्बरमा कृषि सुधार कानूनविरुद्धको अभियानमा हजारौँ किसानले एक वर्षभन्दा लामो समयसम्म दिल्लको सडकलाई घेरेका थिए । किसानको विरोधका कारण मोदी सरकार पछि हट्नुपर्यो र उसले एक वर्षपछि कानूनलाई निलम्बन गर्नुपर्यो ।


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि सोमबार, माघ ५, २०८२
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन सोमबार, माघ ५, २०८२
भियतनाममा पार्टी काङ्ग्रेस सुरु
भियतनाममा पार्टी काङ्ग्रेस सुरु सोमबार, माघ ५, २०८२
जापानमा मध्यावधि चुनावको घोषणा हुने
जापानमा मध्यावधि चुनावको घोषणा हुने सोमबार, माघ ५, २०८२
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP