Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #भव्य नगर
  • #कमला नदीको पक्की पुल
  • #उत्तराखण्ड बाढी
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादीप्रति आक्रामक नीति, गगनलाई रोक्ने विश्वप्रकाशको दाउ
कांग्रेस महासमिति बैठक माओवादीप्रति आक्रामक नीति, गगनलाई रोक्ने विश्वप्रकाशको दाउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ९, २०८०

हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।
गगन थापा
महामन्त्री

गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्नेजस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न । पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ । नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने विषयमा संस्थागत रूपले स्पष्ट छु ।
विश्वप्रकाश शर्मा
महामन्त्री

ललितपुर– गोदावरीको सन्राइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत नीति प्रस्तावमा खासै नयाँपन नदेखिएको महासमिति सदस्यहरुले बताएका छन् । उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्तावमा कुनै पनि विषय नयाँ नभेटिएको महासमिति सदस्य बुद्ध लामाले बताए । ‘नयाँपन केही देखिएन । पुरानै विषयहरु गोलमटोल राखिएका छन्,’ लामाले भने ।

माओवादीप्रति आक्रामक
मंगलबार सबैभन्दा सुरुमै उपसभापति खड्काले झण्डै तीन घण्टा लगाएर आफ्नो ४७ पृष्ठे नीति प्रस्ताव पेस गरेका थिए । खड्काले प्रस्तुत गरेको प्रस्तावमा अन्य दलसँगको सम्बन्ध शीर्षकमा कुनै दलप्रति दुश्मनीको साइनो नभएको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुश्मनीको साइनो छैन,’ खड्काले भनेका छन् । कांग्रेसले स्थापना गरेको सामाजिक जग शीर्षकमा भने खड्काले सत्तासाझेदार दल माओवादी केन्द्रमाथि प्रहार गरेका छन् । 

माओवादी युद्धका कारण मुलुकको विकास यात्रा अवरुद्ध भएको उनले उल्लेख गरेका छन् । ‘कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरु भयो । सशस्त्र द्वन्द्वको नाममा फेरि अर्को दलदलको भासमा फस्यो । विकास र समृद्धिको यात्रा अवरुद्ध भयो,’ खड्काले भनेका छन् ।

हैन द्वन्द्वपीडितको न्यायिक निरुपणसँग सम्बन्धित विषयमा माओवादीमाथि खड्काले निर्मम आलोचना गरेका छन् । ‘माओवादी हिंसाबाट पीडित पार्टीका हजारांै साथीहरुको पीडा र भावनालाई पार्टीको संरचनाभित्र उचित प्रतिनिधित्व गराउने व्यवस्था मिलाइने छ,’ प्रस्तावमा भनिएको छ, ‘माओवादी हत्या हिंसाको चपेटामा परी आमनागरिकसँगै सुरक्षा निकायका हजारौं व्यक्ति र सशस्त्र द्वन्द्वका पक्ष नै नरहेको तर विनाकारण जनधन गुमाउनुपरेका हिंसात्मक द्वन्द्वबाट पीडित निर्दोषहरुको सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र प्रचलनहरुको प्रतिकूल नहुनेगरी न्यायिक निरुपण गरिने छ ।’

दुई महामन्त्री एकअर्काको विरुद्ध
महासमितिको बैठकमा चुनावी गठबन्धन नगर्ने विषयमा जबरजस्त एजेण्डा बनेको छ । महामन्त्री गगन थापाले बैठकमा औपचारिक रूपमै चुनावी गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने भन्दै प्रस्ताव राखेका हुन् । उपसभापति खड्काको प्रस्ताव गठबन्धनबारे मौन छ ।

थापाले भने अब कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव महासमितिमा पेस गरेका छन् । ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ । तर, निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्णविश्वास दिलाउँदै, दृढ संकल्प गर्छ– हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं,’ थापाले भनेका छन् ।

सभापति देउवाले भने चुनावी गठबन्धनजस्तो विषय पार्टीको रणनीतिक विषय भएकोले पार्टीको नीतिमा अहिले नै राख्न नहुने बताएका थिए । सोमबार महासमिति बैठक उद्घाटन गर्दै देउवाले भनेका थिए, ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य सान्दर्भिकतालगायत विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्ने छ ।’
देउवाको अडानपछि पदाधिकारीबीच प्रस्ताव परिमार्जन गर्न बूढानीलकण्ठमा बैठक बसेको थियो । बैठकमा दुवै पक्षले आ–आफ्नो अडान राखेपछि गठबन्धन गर्नै नहुने शब्द हटाएर ‘रुखमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’ मात्र राखिएको छ । कांग्रेसले माओवादीसँग चुनावी गठबन्धनदेखि सत्तासम्मै तालमेल गर्दै आएको छ । माओवादीसँग मिल्न नहुने अधिकांश नेताहरुको मत रहेको देखिन्छ । यद्यपि निर्वाचन प्रणालीका कारण गठबन्धन बाध्यता भएको नेताहरुको तर्क रहेको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको तर्क गर्छन् । ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं । संघ र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ ।’

शर्माले अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने उल्लेख गरेका छन् । ‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्नेजस्ता विषय व्यक्तिगतस्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न । पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ । नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने विषयमा संस्थागत रूपले स्पष्ट छु,’ शर्माको प्रतिवेदनमा भनिएको छ ।

महामन्त्री शर्माले अर्का महामन्त्री थापालाई चुनावबाटै रोक्न सकिने प्रस्तावसमेत अघि बढाएका छन् । शर्माको प्रस्ताव पारित भएमा थापाले अब निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् । शर्माले अवस्था रुपान्तरण गर्न राजनीतिमा परिवर्तन भन्दै राष्ट्रपति एकपटक, प्रधानमन्त्री बढीमा दुईपटक, मन्त्री तीनपटक र सांसद अधिकतम चारपटक मात्र हुन पाउने संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

सांसदका रुपमा थापाको यो चौथो कार्यकाल हो । थापा २०६४ देखि लगातार सांसद छन् । त्यतिखेर समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएका थापा २०७०, २०७४ र २०७९ को निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए । थापालाई शर्माले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा संसदीय दलको नेतामा अघि बढाएका थिए । यद्यपि थापा देउवासँग पराजित भएका थिए ।

चारवटा समूह बनाएर छलफल
कांग्रेस महासमितिमा उपसभापति खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि आजबाट छलफल हुँदै छ ।
गोदावरीको सन्राइज सम्मेलन केन्द्रका विभिन्न चार हलमा विभाजन भएर महासमिति सदस्यहरुले यी प्रस्तावमाथि छलफल गर्ने र सुझाव संकलन गरिने कांग्रेसले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यहरु गोदावरी हलमा छलफल गर्ने छन् । सभापति देउवासँगै महामन्त्री शर्मा र डा. शेखर कोइराला यही हलमा हुने छन् । 
मधेस र कर्णाली प्रदेशका महासमिति सदस्यहरु विशंखुनारायण हलमा हुने छन् ।

फूलचोकी हलमा बागमती र गण्डकी प्रदेशका महासमिति सदस्यहरु हुने छन् । यो हलमा उपसभापति धनराज गुरुङ र महामन्त्री थापा पनि हुने छन् । कोञ्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरु हुने छन् ।

कोशी प्रदेशको सभापतित्व सहमहामन्त्री बद्री पाण्डे र संयोजन उद्वव थापाले गर्ने छन् । यसैगरी मधेस प्रदेशको सभापतित्व सहमहामन्त्री भीष्मराज आङ्देम्बेले र संयोजन कृष्ण यादवले गर्ने छन् । बागमतीको सभापतित्व सहमहामन्त्री फरमुल्लाह मन्सुरले गर्ने छन् । यो प्रदेशको संयोजन इन्द्र बानियाँले गर्ने गरी जिम्मेवारी तोकिएको छ । 

गण्डकी प्रदेशको सभापतित्व सहमहामन्त्री महेन्द्र यादवले गर्नेछन् । यस प्रदेशको संयोजन शुक्रराज शर्मा शास्त्रीले गर्ने छन् । लुम्बिनीको सभापतित्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले गर्नेछिन् भने अमरसिंह पुनले संयोजन । कर्णालीको सभापतित्व सहमहामन्त्री उमाकान्त चौधरीले पाउँदा संयोजनको जिम्मा ललितजंग शाहीलाई तोकेको छ । सुदूरपश्चिमको सभापतित्व सहमहामन्त्री किशोरसिंह राठौरले गर्ने छन् भने संयोजन वीरबहादुर बलायरले गर्ने छन् ।


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
रञ्जिताको अध्यक्ष पदसँगै साधारण सदस्यतासमेत खोसियो
रञ्जिताको अध्यक्ष पदसँगै साधारण सदस्यतासमेत खोसियो बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP