Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध 
पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ८, २०८०

सल्लेरी – पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।

खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए । अधिकांश विदेशी नगदका लागि एटिमएममा निर्भर हुने भएकाले विद्युत्का कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले बताएका छन् ।

नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताए। विद्युत्को भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत् नहुनेबित्तिकै काम प्रभावित हुने गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । “जिल्लामा रिपोर्टिङ गर्ने काम धेरै हुने भएकाले समस्या भएको छ”, हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ, विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ, जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले हामी एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ”, उनले भने।

Hardik health

विश्वको पर्यटकको ध्यान केन्द्रित हुने ठाउँ भएकाले आफूहरूले निगरानीमा राखेको भए पनि नाम्चेमा विद्युत् नहुँदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए । उनले भने, “नाम्चे क्षेत्रमा हामीले दुई हप्तादेखि सञ्चार सम्पर्क गर्न पाएका छैनौँ निकै कठिन भइरहेको छ, अझ त्यहाँ पुग्ने पर्यटकको अवस्था के होला रु कल्पनाभन्दा बाहिरको कुरा छ ।” विद्युत्को जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले रासससँग बताए ।

चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उनको भनाइ छ । उनले भने, “हामी प्रयासरत छौँ, हावाहुरीले रुख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ–सात ठाउँको लाइनमा क्षति पुगेको थियो । जमिनमाथिको तारको समस्या समाधान भयो तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो, समस्या समाधान हुन अझै करिब आठ–दश दिन लाग्छ ।” 

जमिनमुनिको करिब सात सय ५० मिटर तार फेर्नुपर्ने भएको कम्पनीले जनाएको छ । काठमाडौँबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले बताए । विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरुद्ध हुँदा खुम्बु–काठमाडौँ सम्पर्कमा समस्या भएको उनले बताए। सन् १९९३ मा निर्माण गरिएको नौ सय ३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको नौ सय ४० घरधुरी उपभोक्ता रहेका छन् । 
 


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन आइतबार, चैत १, २०८२
धार्मिक महत्वको लुङबुक गुफा
धार्मिक महत्वको लुङबुक गुफा आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP