Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • युक्रेनका प्रधानमन्त्रीले पुनर्निर्माणमा सहयोग गर्न जापानलाई आग्रह गरे
युक्रेनका प्रधानमन्त्रीले पुनर्निर्माणमा सहयोग गर्न जापानलाई आग्रह गरे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ७, २०८०

एजेन्सी -  युक्रेनका प्रधानमन्त्री डेनिस स्मिगलले सोमबार जापान सरकार र निजी क्षेत्रसँग मुलुकको पुनर्निर्माणका लागि सहयोग बढाउन आग्रह गरेका छन् । साथै उहाँले रुससँगको करिब दुई वर्ष पुरानो युद्ध समाप्त भएपछि ‘आर्थिक चमत्कार’ हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

“पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि जापानले युक्रेनलाई १० अर्ब डलरभन्दा धेरै विभिन्न सहयोग प्रदान गरेको छ, यसबाट जापान युक्रेनलाई वित्तीय सहयोग गर्ने चौथौ सबैभन्दा ठूलो मुलुक बनेको छ”, जापान र युक्रेनका करिब तीन सय सरकारी तथा व्यापारिक नेताहरूको एक सम्मेलनमा उनले भने, “रुसका कारण भएको भीषण युद्धका क्रममा उक्त कोषका लागि धन्यवाद, लाखौँ युक्रेनी बाँच्न सक्षम भएका छन् ।”

ap1708329781.jpg
    
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि भिडियो लिङ्कमार्फत टोक्योमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम थियो तर यसलाई पछि रद्द गरियो । आयोजकले यसबारे विस्तारमा केही बताएका छैनन् । 

Hardik health

“युक्रेनमा पुनर्निर्माण प्रयासका लागि निजी क्षेत्र प्रमुख इन्जि हो, हामी युक्रेनको आधुनिकीकरण र पुनर्निर्माणमा जापानसँग मिलेर काम गर्न चाहन्छौँ, तपाईंहरू सबै युक्रेनका लागि आर्थिक चमत्कारको हिस्सा बन्नुहोस् भन्ने हामी चाहन्छौँ”, प्रधानमन्त्री स्मिगलले भने, “जति कम्पनीले अहिले युक्रेनी अर्थतन्त्रमा लगानी गर्छन् अहिले तपाईंहरूले विश्वास गर्न नसक्ने गरी उनीहरू आगामी केही वर्षमा लाभ र अवसर प्राप्त गर्न सक्षम हुनेछन, युक्रेनको सफलता हाम्रो मात्र सफलता होइन, यो तपाईंहरूको पनि सफलता हो ।”

जापानले गत वर्ष तयारी मालसामानको निर्यात नियन्त्रणलाई खुकुलो बनाएको छ । यसबाट उसलाई अमेरिकाजस्ता युक्रेनको हतियारको प्रमुख आपूर्तिकर्ताहरूबीच रक्षा उपकरणहरूमा अन्तरलाई भर्न सहयोग प्राप्त भएको छ । 

टोक्योले युक्रेनलाई विमान पत्ता लगाउने प्रणाली र मोबाइल विद्युत् जेनेरेट जस्ता ‘गैर–घातक सहयोग’ पनि प्रदान गरेको छ ।   गत साता विश्व बैंक, युरोपेली सङ्घ (इयु) र संयुक्त राष्ट्रसङ्घले एउटा संयुक्त प्रतिवेदनमा आगामी दशकमा युक्रेनको पुनर्निर्माणको लागत चार खर्ब ८६ अर्ब डलर हुने अनुमान गरेका थिए । यसमा सन् २०२४ मा मात्रै १५ अर्ब डलर पनि समावेश छ । 

संयुक्त विज्ञप्तिअनुसार जापानी प्रधानमन्त्री फुमियो किसिदाले सोमबार युक्रेन र युक्रेनी जनताको स्वतन्त्रताको रक्षा र क्षेत्रीय अखण्डता कायम गर्नमा सहयोग गर्नका लागि जापानको प्रतिबद्धताको पुष्टि गरेका छन् । विज्ञप्तिमा उनले युक्रेनको अर्थतन्त्रको स्थिरता सुनिश्चित गर्नका लागि आवश्यक दीर्घकालीन सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएका छन् । 

दुवै पक्षले आधारभूत संरचनाको पुनर्निर्माण, उत्खनन, कृषि र सुशासन अभिवृद्धिलगायत धेरै सम्झौतामा हस्ताक्षर गरेका छन् । जापान भ्रमण गर्ने युक्रेनी व्यवसायीहरूका लागि भिसा नियमलाई खुकुलो बनाउने विषयमा पनि जापान सरकार सहमत भएको छ । रुसी सेनाले पूर्वी युक्रेनी किल्ला अभ्दाइभ्कालाई पुनः कब्जा गरेपछि र अमेरिकामा ६० अर्ब डलरको सैन्य सहयोग कांग्रेसमा रोकिएपछि उक्त सम्मेलन भएको हो । 
 


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि सोमबार, माघ ५, २०८२
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन सोमबार, माघ ५, २०८२
भियतनाममा पार्टी काङ्ग्रेस सुरु
भियतनाममा पार्टी काङ्ग्रेस सुरु सोमबार, माघ ५, २०८२
जापानमा मध्यावधि चुनावको घोषणा हुने
जापानमा मध्यावधि चुनावको घोषणा हुने सोमबार, माघ ५, २०८२
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP