Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • एनआईसी एसिया बैंकको भित्री अवस्था निकै डरलाग्दो
एनआईसी एसिया बैंकको भित्री अवस्था निकै डरलाग्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ६, २०८०

काठमाडौं- एनआईसी एसिया बैंकको भित्री अवस्था निकै डरलाग्दो रहेकाे र यसको ढाकछोप गर्न राष्ट्र बैंकका अधिकारीहरू लागि परेको पाईको छ ।  
 
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नेप्सेमा सूचीकृत संगठित संघसंस्थाहरूको वर्गीकरण गर्दा उत्कृष्ट बैंक भनी प्रचारबाजी गर्दै आएको एनआईसी एसिया बैंक ‘ए’ समूहमा पर्न समेत असमर्थ रहेको छ र ‘बी’ समूहमा सूचीकृत भएको छ ।  ‘बी’ समूहमा सूचीकृत भएसँगै बैकको भित्री आर्थिक अवस्था भयावह बन्दै गएको स्पष्ट भएको छ ।

यस बैंकमा गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै गुप्रिएको बैंक र व्यवस्थापनले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला हुँदैमा प्राइम लोकेसनको धितो लिलामीको नाममा जफत गर्ने गरेको छ । 

त्यसरी लिलामी गरेर बैंकको नाममा राखिएको तर त्यसलाई लिलामी गरेर सर्वसाधारणलाई बेच्न आनाकानी गरिएकै सम्पत्ति तीन अर्ब ५० करोडभन्दा धेरै रहेको पाईएको छ । 

त्यस्तो, गैरबैंकिङ सम्पत्ति दुई वर्षभित्र लिलाम बिक्री गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, एनआईसी एसिया बैंकका व्यवस्थापक र सञ्चालकको लागि यो व्यवस्था लागु भएको पाइएको छैन । त्यसरी गैरबैंकिङ सम्पत्ति थुपारेर राख्नु राष्ट्र बैंकको नीतिविपरीत भए पनि राष्ट्र बैंकले कारबाही गर्न सकेको छैन । 

त्यसरी बैंकको नाममा घरजग्गा (गैरबैंकिङ सम्पत्ति) थुप्रिँदै जाँदा नगद मौज्दात कम हुँदै जान्छ जुन एनआईसी एसियामा पनि त्यही भइरहेको छ । अहिले नेपालमा भएका बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहेको छ। 


एनआईसीले निर्वाधरूपमा किस्ता तिर्न ढिलो भएका ऋणीहरूको घरमा सुरक्षागार्ड राखेर मानसिक यातना र सामाजिक बेइज्जती समेत गरेको थियो । जसमा राष्ट्र बैंकका अधिकारीहरूले मौन समर्थन जनाएका थिए । तर मिडियाले त्यसको उछित्तो काडेपछि बैंकले त्यसरी सेक्युरिटी गार्ड पठाउन बन्द गरेको छ ।

एनआईसी एसियामा लगभग तीन हजार कर्मचारी छन् । तीमध्ये आधाजति अर्थात् करिब एक हजार पाँच सयभन्दा बढी कर्मचारीलाई बैंक व्यवस्थापनले करारमा राखेको थियो र छ–छ महिनामा करार नवीकरण गर्ने गरेको थियो । तर त्यही बैंकमा राष्ट्र बैंकका अधिकारीहरूको सिफारिसमा राखिएका कर्मचारीहरूको हकमा भने त्यसरी करारमा बस्नुपर्ने बाध्यता थिएन । 

उनीहरू हाजिर भएको अर्को महिनादेखि नै स्थायी हुने प्रक्रिया सुरु गरेको थियो । बैंकको त्यस्तो नियमविपरीतको कार्य र विभेदकारी नीति राष्ट्रकै अधिकारीहरूको आडमा भएको थियो । 

तर राष्ट्र बैंकले त्यसलाई रोक्न लामो समयसम्म चासो देखाएन । त्यसमा पनि जब मिडियाले कुरा उठाउन थाल्यो अनि करारका कर्मचारीमध्ये केहीको करार नवीकरण नगरी निकालियो । अरूलाई स्थायी गर्ने प्रक्रिया सुरु गरियो । अहिले पनि बैंक व्यवस्थापनले तल्लो तहका कर्मचारीमाथि व्यापक दमन र विभिन्नखाले शोषण गरिरहेको छ । तर पनि त्यसका विरुद्ध न कसैले मुख खोल्न सकेका छन् ।

 न त नियमनकारी निकायले नै त्यस्तो काम रोक्न हस्तक्षेप गरेको छ । नियमनकारी राष्ट्र बैंकले एनआईसी एसिया बैंकको यस्ता कुकृत्यलाई मौन समर्थन गर्नेबाहेक केही गरेको छैन । बैंकले राष्ट्र बैंकका अधिकारीहरूकै आडभरोसामा यसैगरी निक्षेप र कर्जाका अनेकौं स्किमहरू सार्वजनिक गर्दै आएको छ । तर त्यसको सफल कार्यान्वयन र नियमन हुँदै नहुँदा बैंक व्यवस्थापनलाई ब्रह्मलूट मच्चाउन सजिलो भएको छ ।

 अर्को बैंक तथा वित्तीय संस्था कुनै पनि नपाएका त्यस्ता स्थायी योजनाहरू ल्याएर एनआईसी एसिया बैंकले मात्र गर्न पाउनुमा अरू बैंकका व्यवस्थापकहरूले पनि आश्चर्य मान्दै आएका छन् । मैतीदेवीमा रहेको एक ऋणीको छ करोड चलनचल्तीको धितो दुई करोडमा बैंकले कब्जा गरेको घटनाको रुवावासीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ भने कपिलवस्तुको शाखाका ब्रान्च म्यानेजर राजेश रावलले जाँड खाएर कर्मचारी पिटेको घटना पनि त्यत्तिकै भाइरल भएको छ । बेलाबखत ऋणीहरूले एनआईसी एसिया बैंकका कुकृत्यविरुद्ध विरोध जुलुस र नाराबाजी गर्दै आएका घटनाहरू पनि यसअघि सार्वजनिक भएकै हुन् ।

एनआईसी एसिया बैंकले अधिकांश लगानी घरजग्गामा गर्दै आएको छ । घरजग्गामा पाइने ब्याज सहुलियतमा समेत एनआईसी एसिया बैंकले दुरुपयोग गरेको आशंकामा अन्तर्राष्ट्रिय मुद्रा कोषको दबाबमा राष्ट्र बैंकले अडिट गर्नुपर्ने अवस्था आएको छ । एनआईसी एसियाले किस्ता नतिर्ने ऋणीलाई सहुलियत दिने किस्ता तिर्ने ऋणीलाई सहुलियत नदिने विभेदकारी नीति लिँदै आएको छ र एक खर्बभन्दा बढी किस्ता नतिरेका घरजग्गा कर्जाको फर्जी ऋणीहरूको विवरण बनाएर सहुलियत दुरुपयोग गरेको आशंकामा आइएमएफले इन्टरनेसनल अडिटको दबाब दिएको हो ।

यी र यस्ता कुकृत्यको प्रपञ्च मिलाउने जिम्मा बैंकको एमजी अर्जुन खनियाँले लिँदै आएका छन् । उनले नै राष्ट्र बैंकका अधिकारीहरूलाई व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय बैंकमा भएका बदमासी एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गएपछि एनआईसीका सकुनी भनेर कर्मचारीमा चिनिएका खनियाँ बिरामी भएको बहानामा अस्पताल गएको जवाफ दिएर समाचारको मुखबाट उम्किने प्रयास गरिरहेका छन् भने डीसीईओ सन्तोष राठी मौनता साँधेर पन्छिँदै आएका छन् । त्यहाँभित्र खनियाँ र सीईओ रोशन न्यौपानेले सञ्चालकको निर्देशनमा गरेको कुकृत्यको साक्षी बन्न अस्वीकार गर्दै अवकाशको मुखमा पुगेका सुधीर पाण्डेले राजीनामा दिएको आफ्नो प्रतिक्रियामा बताएका छन् । तर स्वयम् सीईओ न्यौपाने अब बिस्तारै अप्ठेरो अवस्थामा पुगेका छन् । बैंकभित्रका बदमासी थेग्नै नसक्ने गरी बिस्तारै बाहिर आउन थालेपछि निक्षेपकर्ताले धमाधम आफ्नो निक्षेप निकाल्न थालेका छन् ।

 गत एक माघ महिनामा मात्र बचतकर्ताले १४ अर्ब रुपैयाँभन्दा बढी रकम निकालेको देखिएको छ । फागुन लागेपछि त्यो क्रम झनै बढ्दै गएको छ । पुस महिनामा बैंकको कुल निक्षेप तीन खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो भने माघमा त्यो रकम घटेर तीन खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । बैंकको यो गिर्दो अवस्था रोक्न सक्ने सामान्य सीईओ न्यौपानेमा देखिएको छैन । चल्तापूर्जा ठानिएको खनियाँ समेत कान ढालेर लुक्ने बाटो खोज्न थालेका छन् ।

बैंकले निक्षेप र कर्जाको सम्पूर्ण प्रक्रियालाई थाँती राखेर पुल्चोकको हुनेको श्री लालीगुराँस बहुद्देश्यीय सहकारीले जस्तै गरी रिकभरीमा ध्यान केन्द्रित गरेको छ । तर अहिलेको आर्थिक मन्दीमा कर्जा चुक्ता गर्ने सामथ्र्य कुनै पनि ऋणीसँग देखिएको छैन । यस्तो अवस्थामा एनआईसी एसियाको रिकभरीको एक सूत्रीय अभियान डुबेका सहकारी संस्थाहरूको रिकभरीको मनचिन्ते अभियान यस्तै बन्न पुगेको छ । तर पनि आफ्नो गल्ती र बदमासी छोप्न र टाउको लुकाउन एनआईसी एसिया बैंकको व्यवस्थापनले एड समाचारलाई विज्ञापनको रूपमा (कन्टेन्ट एड) छापेर सामाजिक सञ्जाल रंगाइरहेको छ । नियमनकारी निकाय त्यसलाई देखेकोनदेख्यै गरेर बसिरहेको छ ।


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ समाचार
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै मंगलबार, जेठ २७, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत आइतबार, जेठ ४, २०८२
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड शनिबार, जेठ ३, २०८२
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट सोमबार, चैत २५, २०८१
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर बिहीबार, चैत १४, २०८१
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी मंगलबार, चैत १२, २०८१
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP