Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १०, २०८२

काठमाडौँ - सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।सोमबार आयोजित कार्यक्रममा नव-नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नयाँ नेतृत्वसँग निरन्तर सहकार्य गर्दै यातायात क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।उनले बदलिँदो समयसँगै भित्रिएको नयाँ प्रविधि, विशेषगरी बीएस–६ मापदण्डले ल्याएका चुनौतीहरूलाई सामना गर्न चालक तथा व्यवसायीलाई प्राविधिक तालिम र सचेतना आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार सिप्रदीले नेपालका भौगोलिक अवस्था र सडक संरचनालाई ध्यानमा राख्दै आफ्ना सवारी साधनहरूको परीक्षण गरिसकेको छ । साथै, देशभर मर्मत सम्भार सेवालाई सुदृढ बनाउन प्राविधिक जनशक्ति उत्पादन र वर्कसप स्तरोन्नतिमा कम्पनीले तयारी गरिसकेको उनले बताए ।निजी मेकानिक्सहरूलाई समेत तालिम दिने कार्य अघि बढाइएको उल्लेख गर्दै उनले नयाँ प्रविधिमा सहज अनुकूलनका लागि सबै पक्षबिच सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

Ncell
Hardik health

त्यसैगरी, महासंघका अध्यक्ष बानियाँले स्वदेशी यातायात व्यवसाय संरक्षणका लागि नीति तथा नियमन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भारतीय सवारी साधनको निर्बाध प्रवेशले नेपाली व्यवसायमा असर परेको उल्लेख गर्दै यसको व्यवस्थापन र नियमनमा ध्यान दिन सरकारसमक्ष आग्रह गरे ।

विदेशी सवारीको बढ्दो प्रयोगले स्वदेशी लगानी र रोजगारीमा असर परेको उनको भनाइ थियो ।उनले २० वर्षे सवारी साधन विस्थापन नीतिप्रति पनि प्रश्न उठाउँदै नेपालको सन्दर्भअनुसार व्यावहारिक नीति आवश्यक रहेको बताए ।साथै, नयाँ बीएस–६ प्रविधिका सवारी साधनहरूको प्रभावकारी प्रयोगका लागि निजी मेकानिक्सहरूलाई तालिम, देशभर स्तरीय वर्कसप विस्तार र सुलभ दरमा जेनुइन पार्ट्स उपलब्ध गराउन कम्पनीसँग आग्रह गरे ।

कार्यक्रममा टाटा मोटर्सका सवारी साधनले नेपाली बजारमा ओगटेको महत्वपूर्ण हिस्सा, आपूर्ति व्यवस्थामा पुर्‍याएको योगदान तथा सिप्रदी र महासंघबिचको लामो सहकार्यबारे पनि चर्चा गरिएको थियो ।कार्यक्रममा व्यवसायी, सरकार र उपभोक्ताबिचको समन्वयमार्फत नेपालको यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने आवश्यकता औंल्याइएको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय शुक्रबार, भदौ २६, २०८३
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले शुक्रबार, भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण शुक्रबार, भदौ २६, २०८३
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग बिहीबार, भदौ २५, २०८३
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक बिहीबार, भदौ २५, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP