Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजा सम्बन्धमा सुरक्षा परिषद्को मतदान रोक्ने अमेरिकी धम्की
गाजा सम्बन्धमा सुरक्षा परिषद्को मतदान रोक्ने अमेरिकी धम्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ६, २०८०

काठमाडौं– गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ ।

जनवरीको अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजराइलले गाजामा आफ्नो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफपल सुरु गरेको छ । फैसलामा अदालतले इजराइलले हमास लडाकूहरूलाई निशाना बनाइरहेको बताएको छ । 

एएफपीले शनिबार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो संस्करणमा ‘तत्काल मानवीय युद्धविरामको माग गरिएको छ र त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने’ उल्लेख छ । “प्यालेस्टिनी नागरिकको जनसङ्ख्याको जबरजस्ती विस्थापनलाई पनि अस्वीकार गर्दछ र सबै बन्धकलाई बिनाशर्त तत्काल रिहाइको माग गर्दछ”, प्रस्तावमा भनिएको छ । 

अक्टोबर ७ मा हमाससँग सुरु भएको गाजा युद्धमा इजराइलमा अधिकांश सर्वसाधारणसहितछ करिब एक हजार एक सय ६० नागरिक मारिएका थिए । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले गाजामा गरेको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २८ हजार आठ सय ५८ जनाको ज्यान गएको छ । 

Hardik health

अल्जेरियाले मङ्गलबार राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा मतदानका लागि आग्रह गरेको छ तर वासिङ्टनले उक्त मतदानमा विशेषाधिकार प्रयोग गर्नसक्ने सङ्केत दिएको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले अल्जेरियाको प्रस्तावित मस्यौदाबारे एक विज्ञप्तिमा भन्नुभयो, “अमेरिकी राष्ट्रपति जो बाइडेन इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र इजिप्ट तथा कतारका नेताहरूसँग बन्धक सम्झौतामा काम गरिरहनुभएको छ, यसले युद्धमा करिब छ साताको युद्धविराम ल्याउने छ ।”

“यसको विपरीत सुरक्षा परिषद्मा राखिएको प्रस्तावले यी परिणाम प्राप्त हुँदैन र वास्तवमा युद्धविरामको विपरीत हुनसक्छ”, उनले भने, “अमेरिका यो मस्यौदा प्रस्तावमा कारवाहीको समर्थन गर्दैन, यदि मस्यौदाअनुसार यसलाई मतदानका लागि लगियो भने त्यसलाई अपनाउन सकिँदैन ।”

इजराइल र अमेरिकाले विरोध गरेको पछिल्ला मस्यौदा प्रस्तावहरू जस्तै नयाँ मस्यौदा प्रस्तावमा हमासले गरेको अभूतपूर्व आक्रमणको निन्दा गरिएको छैन । यसै महिनाको प्रारम्भमा राजदूत थोमस–ग्रिनफिल्डले अल्जेरियाको पछिल्लो पहलबाट वार्तालाई जोखिममा पार्ने खतरा रहेको बताएका थिए । 

राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले हालै भनेका छन्, “अब सुरक्षा परिषद्का लागि मानवीय युद्धविरामको प्रस्तावमाथि निर्णय लिने समय आएको छ भन्ने हामीलाई विश्वास छ, सुरक्षा परिषद्का सदस्यहरूबीच मस्यौदा प्रस्तावको तत्वहरूका लागि ‘ठूलो समर्थन’ छ ।”

अक्टोबर र डिसेम्बरमा गाजाको बढ्दो मानवीय सङ्कटमाथि अन्तर्राष्ट्रिय दबाबका बावजुद वासिङ्टनले युद्धविरामको माग गर्ने सन्देशहरूमाथि विशेषाधिकार लगाएको थियो । सुरक्षा परिषद्ले अक्टोबर ७ पछि गाजालाई लिएर दुई वटा मात्र प्रस्तावलाई अपनाएको छ । यसमा प्यालेस्टिनी क्षेत्रमा ठूलो स्तरमा मानवीय सहायता पुर्याउन गरिएको आग्रह पनि समावेश छ । 
 


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि सोमबार, माघ ५, २०८२
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन
अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि : प्रतिवेदन सोमबार, माघ ५, २०८२
भियतनाममा पार्टी काङ्ग्रेस सुरु
भियतनाममा पार्टी काङ्ग्रेस सुरु सोमबार, माघ ५, २०८२
जापानमा मध्यावधि चुनावको घोषणा हुने
जापानमा मध्यावधि चुनावको घोषणा हुने सोमबार, माघ ५, २०८२
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण
इरानको सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण सोमबार, माघ ५, २०८२
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो
चीनको जनसङ्ख्या लगातार चौथो वर्ष घट्यो सोमबार, माघ ५, २०८२
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP