Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजा सम्बन्धमा सुरक्षा परिषद्को मतदान रोक्ने अमेरिकी धम्की
गाजा सम्बन्धमा सुरक्षा परिषद्को मतदान रोक्ने अमेरिकी धम्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ६, २०८०

काठमाडौं– गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ ।

जनवरीको अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजराइलले गाजामा आफ्नो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफपल सुरु गरेको छ । फैसलामा अदालतले इजराइलले हमास लडाकूहरूलाई निशाना बनाइरहेको बताएको छ । 

एएफपीले शनिबार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो संस्करणमा ‘तत्काल मानवीय युद्धविरामको माग गरिएको छ र त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने’ उल्लेख छ । “प्यालेस्टिनी नागरिकको जनसङ्ख्याको जबरजस्ती विस्थापनलाई पनि अस्वीकार गर्दछ र सबै बन्धकलाई बिनाशर्त तत्काल रिहाइको माग गर्दछ”, प्रस्तावमा भनिएको छ । 

अक्टोबर ७ मा हमाससँग सुरु भएको गाजा युद्धमा इजराइलमा अधिकांश सर्वसाधारणसहितछ करिब एक हजार एक सय ६० नागरिक मारिएका थिए । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले गाजामा गरेको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २८ हजार आठ सय ५८ जनाको ज्यान गएको छ । 

Hardik health

अल्जेरियाले मङ्गलबार राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा मतदानका लागि आग्रह गरेको छ तर वासिङ्टनले उक्त मतदानमा विशेषाधिकार प्रयोग गर्नसक्ने सङ्केत दिएको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले अल्जेरियाको प्रस्तावित मस्यौदाबारे एक विज्ञप्तिमा भन्नुभयो, “अमेरिकी राष्ट्रपति जो बाइडेन इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र इजिप्ट तथा कतारका नेताहरूसँग बन्धक सम्झौतामा काम गरिरहनुभएको छ, यसले युद्धमा करिब छ साताको युद्धविराम ल्याउने छ ।”

“यसको विपरीत सुरक्षा परिषद्मा राखिएको प्रस्तावले यी परिणाम प्राप्त हुँदैन र वास्तवमा युद्धविरामको विपरीत हुनसक्छ”, उनले भने, “अमेरिका यो मस्यौदा प्रस्तावमा कारवाहीको समर्थन गर्दैन, यदि मस्यौदाअनुसार यसलाई मतदानका लागि लगियो भने त्यसलाई अपनाउन सकिँदैन ।”

इजराइल र अमेरिकाले विरोध गरेको पछिल्ला मस्यौदा प्रस्तावहरू जस्तै नयाँ मस्यौदा प्रस्तावमा हमासले गरेको अभूतपूर्व आक्रमणको निन्दा गरिएको छैन । यसै महिनाको प्रारम्भमा राजदूत थोमस–ग्रिनफिल्डले अल्जेरियाको पछिल्लो पहलबाट वार्तालाई जोखिममा पार्ने खतरा रहेको बताएका थिए । 

राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले हालै भनेका छन्, “अब सुरक्षा परिषद्का लागि मानवीय युद्धविरामको प्रस्तावमाथि निर्णय लिने समय आएको छ भन्ने हामीलाई विश्वास छ, सुरक्षा परिषद्का सदस्यहरूबीच मस्यौदा प्रस्तावको तत्वहरूका लागि ‘ठूलो समर्थन’ छ ।”

अक्टोबर र डिसेम्बरमा गाजाको बढ्दो मानवीय सङ्कटमाथि अन्तर्राष्ट्रिय दबाबका बावजुद वासिङ्टनले युद्धविरामको माग गर्ने सन्देशहरूमाथि विशेषाधिकार लगाएको थियो । सुरक्षा परिषद्ले अक्टोबर ७ पछि गाजालाई लिएर दुई वटा मात्र प्रस्तावलाई अपनाएको छ । यसमा प्यालेस्टिनी क्षेत्रमा ठूलो स्तरमा मानवीय सहायता पुर्याउन गरिएको आग्रह पनि समावेश छ । 
 


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP